Home / प्रडक्ट इन्फो / इन्टेक्सका नया मोबाइल नेपाली बजारमा

इन्टेक्सका नया मोबाइल नेपाली बजारमा

नेपाली बजारमा इन्टेक्सका ५ मोडलका नयाँ स्मार्टफनोन भित्रिएका छन् । सिजी डिजिटल प्रालिले भित्र्याएका अक्वा कर्भ (aqua curve) मा ५ इन्चको क्युएचडी वन ग्लास सोलुसन कर्भ डिस्प्ले छ । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसरबाट सञ्चालित यस फोनमा ८ मेगापिक्सलको अटो फोकस सहितको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । त्यसैगरी aqua i15 मोडलको स्मार्टफोनमा ६ इन्चको आइपिएस क्युएचडी डिस्प्ले छ । यो सेटमा पनि ८ मेगापिक्सलको रियर र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ भने ब्याट्री २४०० एमएएच क्षमताको छ । सिजीले इन्टेक्सका क्लाउड Y12, Y11 मोडलका स्मार्टफोन पनि बजारमा ल्याएको छ । यस्ता सेटहरु ४ हजार ५ सय रुपियादेखि २३ हजार रुपियासम्मका रहेको कम्पनीले जनाएको छ ।

Check Also

निर्वाचन अायाेगले ल्यायाे माेबाइल एप र कल सेन्टर

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । …

साओमी रेडमी ४ एक्स नेपाली बजारमा

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले रेडमी सिरिज अन्तर्गतको रेडमी ४ एक्स (Red Mi …

Leave a Reply

Your email address will not be published. Required fields are marked *