Home / Featured / के हो लिनक्स ?

के हो लिनक्स ?

युनिक्सजस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलार्इ दिइने नाम हो । लिनक्स खुला तथा स्वतन्त्र सङ्खटवेयरमध्येको अभूतपूर्ण उदाहरण हो । लिनक्स अथवा जिएनयु र लिनक्स कम्प्युटरका लागि एउटा free and open source software, operating system हो । याे भनेको स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर हो । यसमा free भनेको निःशुल्क होइन, स्वतन्त्रतापूर्वक प्रयोग हो । लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो । लिनक्सलाई मोबाइल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्युटर र सुपर कम्प्युटरजस्ता विभिन्न हार्डवेयर उपकरणमा प्रयोग गर्न सकिन्छ ।

खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरू सित्तैमा पाइन्छ । यी सफ्टवेयरहरूलाई इन्टरनेटबाट कुनै शुल्कविना डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । त्यस्तै यी सफ्टवेयरहरूको चाहेजति प्रतिलिपि बनाउन सकिन्छ, जुन सुविधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरमा छैन । लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफूले चाहेजस्तै परिवर्तन गरी चलाउन सकिन्छ । लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सफ्टवेयरले खुला file format हरू प्रयोग गर्ने गर्दछन्, जसले गर्दा कुनै फाइल खोल्नका लागि एउटै सफ्टवेयरमा बाँधिएर बस्नु पर्दैन । जसले नै सफ्टवेयर स्वतन्त्रता र डकुमेन्ट फ्रिडम डे कुराहरू व्यापक रूपमा आउन थालेका छन् ।

लिनक्स एउटा प्रमुख सर्भर सञ्चालन प्रणाली हाे र विश्वका १० प्रमुख सुपर कम्प्युटरहरूले यसको प्रयोग गर्छन् । लिनक्सको विकास स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितीय उदाहरण हो । लिनक्सको सम्पूर्ण स्रोत कोडलाई कसैद्वारा पनि GNU( General Public License) जस्ता लाइसेन्स र अनुमतिपत्रअनुसार प्रयोग, परिमार्जन र वाणिज्य वा गैरवाणिज्य रूपमा वितरण गर्न सकिन्छ । डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई वितरणका रूपमा प्याकेज गरिएको हुन्छ ।

लिनक्सअन्तर्गतका केही वितरण प्याकेजहरू

  • उबुन्टु
  • फेडोरा कोर
  • नेपालिनक्स
  • चितवनिक्स
  • सुजे
    म्यानड्रिभा
  • स्ल्याकवेयर
    नोपिक्स
  • ड्याम स्मल लिनक्स
  • डेवियन
  • जेन्टु
  • मोब्लिन
  • मिन्ट लिनक्स
  • सबायोन
  • पप्पी
  • आर्क
  • ब्याक ट्र्याक

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *