Home / प्रडक्ट इन्फो / कोरियन ब्रान्डको ‘सेऊ पीओएस बिलिङ प्रिन्टर’

कोरियन ब्रान्डको ‘सेऊ पीओएस बिलिङ प्रिन्टर’

sewoo-lk-d30-dot-matrix-receipt-printer-silveseraph-1204-27-silveseraph@6

सागर डिष्ट्रिब्युशन प्रा.लि. ले कोरियन ब्रान्डको सेऊ पीओएस (प्वाइन्ट अफ सेल्स) बिलिङ् प्रिन्टरहरु नेपाली बजारमा भित्रयाएको छ । डिपार्टमेन्टल स्टोर, स्कुल, कलेज, अस्पताल लगायतका अन्य संस्थाहरुमा प्रयोगका लागि उपयुक्त बिलिङ् प्रिन्टरका दुईवटा मोडल एलके–टिइ २१२ (LK–TE 212) र एलके–डी ३० (LK–D30)को जानकारी सार्वजनिक गरिएको छ ।

सेऊ (Sewoo)एलके–टिइ २१२ इनर्जी स्टार रेटीङ प्राप्त थर्मल बिल प्रिन्टर रहेको छ । इनर्जी स्टार रेटीङ प्राप्त गर्ने विद्युतीय उपकरणहरुले एकदमै कम बिद्युत खपत गर्ने गर्छ । यस द्रुत गतिको प्रिन्टरले एक सेकेन्डमा २०० एमएम सम्म प्रिन्ट गर्न सक्ने कम्पनिले दाबि गरेको छ । १८० डीपीआइ रेजोलुसनमा प्रिन्ट गर्न सक्ने यस बिल प्रिन्टरमा ५० एमएम देखि ८२.५ एमएम सम्म चौडाई भएको थर्मल पेपरको प्रयोग गर्न सकिन्छ । मसी, टोनर वा रिवन केही पनि प्रयोग गर्न नपर्ने र डाइरेक्ट थर्मल प्रिन्टिङ् गर्ने यस प्रिन्टरमा अटोमेटिक पेपर कटरको साथसाथै पेपर सकिएको, कम भएको, कभर खुल्ला रहेको बेलामा जानकारी गराउने सेन्सरको पनि सुबिधा रहेको छ ।
03_sewoo_lk_t210_213

त्यसै गरि सेऊ एलके–डी ३० द्रुत गतिको ९ पिन सिरियल डट म्याट्िरक्स बिल प्रिन्टर रहेको छ । यस प्रिन्टरले एक सेकेन्डमा ५ लाइन सम्म प्रिन्ट गर्न सक्छ । दुईवटा कलरमा प्रिन्ट गर्न सक्ने यस प्रिन्टरमा ७६.२ एमएम चौडाईको पेपरको प्रयोग गर्न सकिन्छ । यस प्रिन्टरबाट एकै चोटी एउटा ओरिजिनल र दुईवटा कपि गरि जम्मा ३ वटा प्रिन्ट निकाल्न सकिन्छ । यस बिल प्रिन्टरमा एकदमै सजिलो तरिकाले पेपररोल राख्न मिल्छ । यी दुवै प्रिन्टर प्राय जुनसुकै ब्यबसाय जसलाई बिल, रिसिप्ट, रिपोर्ट आदि प्रिन्ट गरिराख्नु पर्ने हुन्छ, त्यसका लागि एकदमै उपयोगी रहेको छ । यी दुवै प्रोडक्ट एक वर्षको वारेन्टी सहित उपलब्ध छ ।
sewoo logo_091126

Check Also

youtube live streaming

युट्युबकाे नयाँ फिचर, माेबाइलबाटै लाइभ गर्न सकिने

भिडियो अपलोड गर्न, हेर्न र सेयर गर्न सकिने लोकप्रिय वेबसाइट युट्युबले प्रयोगकर्ताका लागि नयाँ फिचर …

13059399_815188995279019_552368565_n

सिद्धार्थ बैंकले पनि ल्यायाे इएमभी चिप कार्ड, क्यासलेस ट्रान्जेक्सनकाे सुरक्षामा सहयाेग पुग्ने विश्वास

सिद्धार्थ बैंकले इएमभी चिप कार्ड स‌ंचालनमा ल्याएको छ । बैंकले दिँदै आएको विभिन्न कार्ड सेवाहरु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *