September 20, 2014, Saturday
पछिल्लो अपडेट
Home / Article / चुनावको रौनक सोसियल मिडियामा

चुनावको रौनक सोसियल मिडियामा

शिव बस्नेत । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा पुरानै किसिमका प्रचारप्रसार सामग्रीको प्रयोग बढी भयो । माइकिङ, पोस्टर र पम्प्लेट, आमसभा, र्‍याली, घरदैलो लगायतलाई मतदाता आकर्षणको औजार ठानियो । तर, ६ वर्षभित्र नेपालले सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेको छ । अब चुनावी प्रचारका लागि हाई–टेक स्टाइलका आइटी टुलले ठाउँ लियो र ती पुर ाना विधिहरू आइटीको विकल्पमा परे । दूरसञ्चारको क्षेत्रमा आएको क्रान्तिले पनि आइटीको प्रभावकारितामा अझ मलजल गरिरहेको छ ।

साथै, आइटी प्रयोगबाट दोहोरो सञ्चार प्रणाली सम्भव हुने यथार्थलाई नेपालीहरूले पनि अंगीकार गरेका छन् । हाल देशमा २० मिलियन (७० प्रतिशत)को हारहारीको संख्यामा मोबाइल बोक्नेहरू छन् भने साढे दुई मिलियन नेपालीले फेसबुक र ट्वीटर चलाउने गरेका छन् । साथै प्राय: सबै घरहरूमा रेडियो वा टेलिभजिनको पहँुच छ । यसकारण पनि अब हुने दोस्रो संविधानसभाको चुनावका लागि सामाजिक मिडियाले महइभ्वपूर्ण भूमिका खेल्न सक्नेछन् । राजनीतिक दलहरूले अब फेरि पनि परम्परागत प्रचार शैली पछ्याउन छाडी अनलाइन  माध्यमलाई चुनावी हतियार बनाउनेछन् र सडक र सार्वजनिक स्थानको सट्टामा फेसबुक र ट्वीटरमा स्ट्याटस र ट्वीट गर्नेछन् । यस्ता नेटवर्किङ साइटहरू तीव्र प्रभावी छन्, जसले एकै समयमा कम्प्युटरको बटन क्लिक गरेको भरमा लाखौंलाई एकैपटक जोड्नेगर्दछन् ।

पार्टीको चुनावी रणनीति सफल पार्न नेताहरूले आइटी क्षेत्रबाट मनग्गे फाइदा लिन सक्ने देखिन्छ । महाशक्ति राष्ट्र अमेरिकाकै कुरा गरौं, वर्तमान राष्ट्रपति बाराक ओबामाले दुई पटकसम्म चुनाव जित्नुका पछाडि अरू कसैको भूमिका थियो भने त्यो अनलाइन माध्यम चुनावको रौनक सोसियल मिडियामा नै थियो । उनले आइटी टुलहरू–इन्टरनेट भिडियो, सामाजिक सञ्जाल, अनलाइन विज्ञापनका साथै व्यक्तिगत तथा डेमोक्र्याटिक पार्टीको वेबसाइट र ब्लगको भरपूर प्रयोग गरेका थिए । मतदाताले पनि अनलाइनबाटै उनको विस्तृत प्रोफाइल हेर्ने मौका पाए र जिताए पनि । त्यस्तै अन्य विकसित मुलुकमा पनि अनलाइन माध्यमबाटै व्यापक चुनावी प्रचार प्रसार गरेको पाइन्छ । समयको मागको सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरूले पनि आगामी संविधानसभाको आमुखमा अनलाइन प्रचारलाई नै विशेष प्राथमिकतामा राखेका छन् ।

 

 

चुनावी हतियार बन्दै सामाजिक मिडिया
मिडिया दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा चुनावमा सहभागी सबै राजनीतिक दलहरू प्रचार दौडाहामा लागेका छन् । के ठूला, के साना, कुन कम्युनिष्ट, कुन प्रजातान्त्रिक अनि कुन क्षेत्रीय सबै दलहरू आ–आफ्ना चुनावी एजेण्डा लिएर जनतासामु जाँदै छन् । तर उनीहरूबीच एउटै समानता के छ भने सबै पार्टीहरूले चुनावका लागि अनलाइन अभियानलाई नै प्राथमिकतामा राखेका छन् । शीर्षस्थ नेतादेखि कार्यकर्ता तहसम्म सामाजिक मिडियाको
प्रयोग भएको छ । ठूला रेञ्जका वेबसाइटहर भनेर चिनिने सामाजिक सञ्जालहरूले एकै पटक लाखौं मानिसलाई जोड्दछ । फेसबुक, ट्वीटर, गुगल प्लस, माइस्पेस, फ्लिकर, बलगजस्ता सामाजिक नेटवर्किङ साइटहरूबाट आमजनतामा पार्टीले रणनीतिक प्रचार मात्रै सम्भव गराएका छैनन्, उनीहरूको मन पनि
जित्न सकेका छन् । एकीकृत नेकपा माओवादीले आगामी चुनावलाई लक्षित गर्दै कृष्णसेन अनलाइनबाट पार्टीको एजेण्डा, विचार तथा कार्यक्रमहरू आमजनतामा दिइरहेको छ । पार्टीको वेबसाइट www.ucpnmaiost.org छ भने विभिन्न नेता कार्यकर्ताहरूलाई अनलाइन मिडियामा देख्न सकिन्छ । यस्तोमा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई अग्रपंक्तिमा देख्न सकिन्छ । उनलाई विशेष गरी ट्वीटरमा देख्न सकिन्छ । ४०,००० ले उनलाई फलो गरेका छन् भने उनको निजी वेबसाइट www.baburambhattarai.com मा पनि उनका गतिविधिलाई हेर्न सकिन्छ । त्यस्तै पार्टीको अनलाइन संस्करण www.krishnasenonline.org रहेको छ । साथै, उसले फोन र एसएमसको प्रचुर प्रयोग गरिरहेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा आइटीको प्रयोग नगरिए चुनावी अभियान सफल नहुने बताउँछन् । लिभिङ विथ आइसिटीसँग कुरा गर्दै उनले पार्टीले आइटी टुलको प्रयोग गरेर मतदातालाई आकर्षण गरिरहेको जनाए । उनले पार्टीको नाममा स्थानीयस्तरसम्म फेसबुक, ब्लग चलिरहेको बताउँदै उम्मेदवारले समेत यही प्रक्रियाबाट मत माग्ने व्यवस्था मिलाउन सके उत्तम हुने विचार व्यक्त गरे । 

तर, शहरी क्षेत्रले मात्रै आइटीकोप्रतिनिधित्व गरिरहेको सन्दर्भमा ग्रामीण क्षेत्रमा अझै पनि ‘टिपिकल क्याम्पियन’ ९घरदैलो, माइकिङ, पोस्टर, पर्चा आदि० गर्ने पनि उनले जानकारी दिए । प्रवक्ता सापकोटाको भनाइलाई सापटी लिने हो भने सूचना र प्रविधिको पहुँच भएको क्षेत्रमा परम्परागत शैलीका प्रचार अभियान गर्नु व्यर्थ छ । आधुनिक प्रविधिसँग अभ्यस्त भएका तेस्रो पुस्तालाई सोही अनुकूल आकर्षण गर्ने कला हरेक राजनीतिक दल र नेतामा हुनु अनिवार्य छ । आइटी टुल नै चुनावी प्रचारको माध्यम कसरी बन्न सक्छ त रु नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारी भन्छन्, ‘यो समयको माग हो । अब चुनावी प्रचारका लागि मान्छेहरू जम्मा गरी भाषण गर्न परेन । सामाजिक सञ्जालले नै प्रचार गरिरहेको छ । जुन पार्टीले आइटीको अधिकतम प्रयोग गर्न सक्छ, ऊ नै सफल हुन्छ ।’ उनको विचार लाई मान्ने हो भने पार्टीहरू

अब आफ्ना एजेण्डा प्रस्तुत गर्न अनलाइनमुखी भएका छन् । एकै समयमा लाखौं मानिससँग सजिलै जोड्ने यस्ता सञ्जालबाट
तत्कालै प्रतिक्रियासमेत पाउन सकिन्छ । उनी स्वयम्ले पनि फेसबुक र ट्वीटर एकाउन्टबाट विचार प्रवाह गरिरहेका छन् भने उनको वेबसाइट धधध।चबदष्लमचबबमजष्पबचष्।अयm पनि रहेको छ । नेकपा एमालेले अहिले चुनाव प्रचार का लागि पार्टीकै वेबसाइट धधध।अउलगm।ियचन प्रयोग गरिरहेको छ भने हाइटेक स्टाइलका आइटी टुलहरू प्रगोग गर्ने पार्टीगत निर्णय भइसेको छ । त्यस्तै पार्टी अध्यक्ष झलनाथ खनालले आफ्नो वेबसाइट धधध।वलपजबलब।िअयm चलाउँछन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई धधध।mबमजबखलभउब।िअयm मा देख्न सकिन्छ ।

उता नेपाली कांग्रेसका नेता–कार्यकर्ताले संविधानसभाको चुनावमा ठूलो दल बन्नका लागि प्रत्यक्ष रूपमै सामाजिक मिडियाहरूको सहयोग लिइरहेका छन् । उसले पार्टीको वेबसाइट धधध।लभउबष्अियलनचभकक।यचन बाट चुनावी चहलपहललाई निरन्तरता दिएको छ भने शीर्षस्थ नेताहरूको समेत सामाजिक मिडियामा दरिलो सहभागिता छ । तैपनि दोस्रो पुस्ताका नेता कार्यकर्ताहरू नै अनलाइन प्रयो गर्नेमा अगाडि आउँछन् । पार्टीमा धेरै अनलाइनको प्रयोग गर्नेमा नेता डा। र ामशरण महत अगाडि आउँछन् । आफ्नै वेबसाइट धधध।चबmकmबजबत।अयm चलाउने उनले ट्वीटरमा गरेको ट्वीटलाई
हजारौंले फलो गर्छन् नै । डा। महतले त्यसमै जनतासँग अन्तरक्रिया समेत गर्दछन् । उनलाई ट्वीटरमा १ हजार ५ सयले फलो गरेका छन् । त्यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको फेसबुक पेजलाई १४ हजारले लाइक गरेका छन् । त्यस्तै युवा नेता गगन थापा पनि त्यति कार्यक्रममा भाषण गर्न पुग्दैनन्, बरु आफ्ना विचार निकै सुझबुझ तरिकाबाट सामाजिक मिडियामा सेयर गर्छन् र श्रम शक्ति र समयको बचत गर्छन् । यसबाट उनी स्वयम्ले पहिलेको
भन्दा सामाजिक हैसियत र उत्तरदायित्व बढे को महसुस गरेको हुनुपर्छ । उनलाई ट्वीटर मा १७ हजारहाराहारीले फलो गरेका छन्, फेसबुकमा ८३,००० ले उनलाई फलो गरिरहेका छन् भने उनको आफ्नै वेबसाइट धधध।नबनबलतजबउब।अयm रहेको छ । ठूला दलहरूले मात्रै होइन, सामाजिक मिडियामा साना पार्टीहरूले पनि त्यत्तिकै मात्रामा उपस्थिति जनाएका छन् । सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले अनशन सफल पार्न र राजनीतिक अभियान पूरा गर्न ट्वीटर प्रयोग गरिन्, हाल उनलाई ६,८०० ले फलो गरेका छन् । त्यस्तै आइटी क्षेत्रलाई माया गनेर् र यसको प्रतिनिधित्वसमेत गरेर मन्त्री समेत भएका ई। गणेश शाहले पनि सामाजिक मिडियामा उपस्थिति जनाएका छन् । साथै नयाँ र जनीतिक संगठनलाई पनि पब्लिसिटी गर्नका लागि यही सामाजिक मिडिया बेस्ट प्लेटफर्म बने को छ । सामाजिक सञ्जालप्रति क्रेज बढ्नुका पछाडि जनता पनि अनलाइन युजर बन्नु हो । अर्घाखाँची घर भई हाल रत्नराज्य क्याम्पसमा

बिए तेस्रो वर्ष अध्ययन गर्ने विष्णु आचार्य भन्छन्, ‘रेडियो, पत्रपत्रिका र टेलिभिजन हेरिरहेन फुर्सद नै कसलाई हुन्छ र अब π कुन पार्टीका कुन नेता कस्तो भनेर कम्प्युटर छेउ बस्नेबित्तिकै थाहा हुन्छ ।’ उनले नेताहरू डा। बाबुराम भट्टराई, डा। रामशरण महत, गगन थापा, रवीन्द्र अधिकारी, सरिता गिरीलगायतका ट्वीट फलो गरिरहेको जानकारी पनि दिए । दुरूपयोगको सम्भावना पनि उत्तिकै साना राजनीतिक दलका लागि अझ अनलाइन अभियान प्रभावकारी बनिरहेको छ । मधेश पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा सहभागी भएका पार्टीहरूलगायत निर्वाचन आयोगमा नाम लेखाएका सबै राजनीतिक पार्टीलाई चुनावी एजेण्डा प्रचारप्रसार गर्ने उत्तम थलो यही सामाजिक मिडिया भएको छ । तर, यही बीचमा आधुनिक समयको माग विपरीत अधिकांश चुनावका उम्मेदवार नै सूचना प्रविधिप्रति बेखबर हुने गरेको तीतो सत्य जगजाहेर छ । बाँकी अन्य आइटी जानकार ने ताबाट पनि सही सूचना प्रवाह भएको पाइँदै न । पछिल्ला दिनमा न्युज ब्रेक गर्नै नाममा आमसञ्चार माध्यमले भ्रामक र अस्पष्ट सूचना दिइरहेका घटना सामान्य भइरहेका बेला अझअनलाइन माध्यमलाई निशाना बनाएर यस्ता सूचना दिइरहँदा पत्रकारिताको मूल्यमान्यता हरण भइरहेको छ ।

नागरिक पत्रकारिताको पगरी पाएको अनलाइन मिडियाको दुरूपयो ग गर्नेमा पनि उत्तिकै मात्रामा राजनीतिक बोलवालाकै हात छ । कार्यकर्ता रिझाउन र विपक्षीलाई उक्साउन गरिने यस्ता प्रचारबाजीसूचना ९इन्फर्मेशन लिजार्डले निष्पक्ष चुनावको वकालत गर्दैनन् । त्यसैले यस्ता चुनौती चिर्नु आजको आवश्यकता हो । हाल सामाजिक सञ्जालहरूको चरम प्रयोग भइरहँदा यसको पहुँच केन्द्रदेखि गाउँस्तरसम्म छ । राजनीतिक पार्टीले आफ्नो नाममा वेबसाइट, फेसबुक पे ज ब्लगहरू खोली एकतर्फी र प्रचारबाजी सूचना दिइरहेका छन् भने कार्यकर्ताहरूले यसलाई मलजल गरिरहेका छन् । यसरी विपक्षी पार्टीलाई तथानाम गाली गरी आफू चोखो हुन खोज्ने नियतले फलतस् सामाजिक सञ्जालमा नै युद्धको रूप देखाएको छ । आसन्न चुनावलाई सफल पार्न राजनीतिक दलहरूले आफू निकटका पत्रकारलाई उम्मेदवारसमेत बनाउन पहल गरेका छन् । आमसञ्चार माध्यममा पहुँच राख्ने यस्ता पत्रकारले सजिलै जनमानसलाई पार्टीप्रति आकर्षण गर्न सक्छन् भन्ने बुझाइ नेताहरूको छ । यसरी पत्रकार समेत टिकट खोज्दै पार्टीको झण्डामुनि जाँदा पत्रकारिताको मूल्यमान्यताप्रति प्रश्नचिह्न खडा भएको छ ।

 

सस्ता प्रचारबाजी मात्रै छैनन् 

अनलाइन मिडियाको दुरूपयोग मात्रै भएको छैन । यसको महइभ्वबारे सचेत वर्गले समाजमा सकारात्मक सन्देश दिँदै परिवर्तनका लागि एकजुट हुन पहल पनि गरिरहेका छन् । यस्तै युवाहरूको सक्रियतामा स्थापना आएको विवेकशील नेपाली पार्टीले सुरुवातदेखि नै सूचना र प्रविधिको व्यापक प्रयोग गरेर जनजीविकाको सवालमा मुद्दा उठाइरहेको छ । ‘म विवेकशील नेपाली हँु, अहिले नगरे कहिले ? हामीले नगरे कसले ? ’जस्ता नारा बोकेर जनतालाई राष्ट्रप्रति उत्तरदायी बनाउन उसले फेसुबक, ट्वीटहरू, युट्युब, वेबसाइटलगायतबाट दबाबमूलक सामग्री दिइरहेको छ । बिल्कुलै राजनीतिक स्वार्थबाहिर रहेर संगठित भएका युवाले प्रचार का लागि राजनीतिक भाषण, आमसभा वा र्‍यालीलाई पछ्याएका छैनन्, न त कसैलाई गाली नै गरेका छन् । विवेकशील नेपाली पार्टी प्रतिनिधि उदाहरण मात्रै हो, सामाजिक मिडियालाई विज्ञानको वरदान मानेर प्रयोग गनेर् सचेत वर्गले समाजको नेतृत्वसमेत गर्न सक्ने मा दुईमत छैन ।

राम्रो नेता कसरी छान्ने ?
विघटित संविधानसभामा अधिकांश अनुहार आधुनिक सूचना प्रविधिका ज्ञाता थिएनन् । चुनावमा उनीहरूकै हालिमुहाली थियो । यस्तो अवस्थामा उनीहरूबाट आइटी क्षेत्रको विकास र प्रवद्र्धनमा सिन्कोसम्म भाँचिन्छ भनी अपेक्षा राख्नु समेत बेकार थियो । तर, ६ वर्षपछि फेरि उही चुनाव फिर्दै आएको छ । अब भने जनतासामु सुनौलो अवसर छ, आइटी क्षेत्रलाई सम्मान गर्ने उम्मेदवारलाई राम्ररी चिन्ने । देश विकासका लागि प्राविधिक जनशक्तिको उत्पादन र परिचालन गर्न सक्ने योग्य उम्मेदवारबाट समग्र राष्ट्रकै अर्थतन्त्र उकालो लाग्न सक्ने सम्भावना छ । र, यस्ता व्यक्तिलाई संविधानसभामा पठाउन सकियो भने आइटी क्षेत्रले न्याय पाउने थियो । तर, आगामी चुनावका लागि उम्मेदवारका रूपमा चर्चामा आएका नेताहरूको प्रोफाइल मूल्यांकन गर्दा कम्प्युटरको ज्ञानसमेत नभएकाहरू पनि उत्तिकै छन् । यिनीहरूले चुनाव जिते भने जनतालाई कम्प्युटर सिकाउँछन् कि आफैले सिक्छन् ? यही प्रश्न नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीलाई राख्दा उनले भने, ‘यस्ता नेताबाट अपेक्षा राखी चुनाव जिताउनु नै मूर्खता हो । नेता भइसकेपछि कम्प्युटरको पहँुच अवश्य पुगेको हुन्छ । र, कम्प्युटरप्रति अनभिज्ञ हुनु उनीहरूकै लाचारी हो । यस्ता उम्मेदवारलाई समयमै चिनिराख्नआमजनतासामु आग्रह गर्दछु ।’ नेता अधिकारीले भनेजस्तै अहिले हाम्रो नेताभन्दा राम्रो नेता को हो भनी चिन्नु आवश्यक छ । सामाजिक सञ्जालमा गरिएका अनर्गल प्रचार विश्वास गरी अमूल्य मत खेर नफाल्न पनि अधिकारीले सुझाव दिन्छन् । उम्मेदवारको व्यक्तिगत प्रोफाइल हेरी उसको हालसम्मको योगदानबारे जानकार भएर मात्र नेता छनोट गर्नुपर्छ । आइटी क्षेत्रको समेत संविधानसभामा उचित सहभागिता भएमा देशले यथास्थितिबाट कोल्टो फेर्ने अवसर पाउने थियो । त्यसकारणले योग्य छवि भएका उम्मेदवार चिन्नु सबै आममतदाताको आवश्यकता हो ।

(ऋसोज कात्तिक अकंबाट साभार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>