Home / प्रडक्ट इन्फो / बि क्युका सस्ता स्मार्टफोन नेपाली बजारमा

बि क्युका सस्ता स्मार्टफोन नेपाली बजारमा

होराइजन इन्टरप्राइजेजले बि क्यु मोबाइल नेपाली बजारमा ल्याएको छ । गत सातौ आइसिटी ब्राण्डिङ एक्स्पोको अवधिमा सार्वजनिक गरिएको बि क्यु मोबाइलका मोडलहरुमा स्मार्टफोन तर्फ एस ३७ र एस ६० रहेका छन् भने फिचर फोन तर्फ के २२,के १२, के १५,के २६, के २९,के६०, के ५० रहेका छन् । हङकङ, भारत, अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले निकट भबिष्यमा नै अन्य देशहरुमा पनि कारोबार सुरु गर्ने तयारी गरेको कम्पनीले बताएको छ ।
बि क्यु मोबाइलको स्मार्ट फोन एस ३७ ले नेपाली मार्केटको अग्रस्थान हातपार्ने कम्पनीले दाबी गरेको छ । सबैभन्दा सस्तो मुल्यको थ्रीजी स्मार्टफोन मानिएको यो फोन ३.५ इन्च डिस्प्ले, थ्रीजी नेटवर्क, डयुअल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा, वाइफाइ, फ्लास लाइट रहेको छ भने यो फोनमा ४.२.२ जेलीबिन एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । १८ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनकोमुल्य ६ हजार ९ सय ९९ तोकिएको छ ।
यसैगरि अर्को स्मार्ट फोन एस ६० मा ८ मेगा पिक्सलको ब्याक क्यामेरा रहेको छ भने २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ५ इन्च क्युएचडि आइपिएस टच सिस्टम रहेको छ । ४.२.२ जेलिबिन एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.२ क्वाट कोर प्रोसेसर रहेको छ । १ जिबी ह्याम र ४ जिबी इन्टरनल मेमोरी रहेको यो फोनमा २२ सय एमएएचको ब्याट्री रहेको छ ।

Check Also

मङ्सिर १५ देखि आइफोन एक्सको बिक्रि, मूल्य डेढ लाखको हाराहारी

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले …

नेपालमा बनेको नेपाली साइकल

 सन् २००७ मा अमेरिकी नागरिक केलभ स्पेयर नेपाल आएका थिए,उनले काठमाडौँ देखि नजिकैक गाउँहरु घुम्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *