Home / Featured / मिस मंगोलको टेक्नो लाइफ

मिस मंगोलको टेक्नो लाइफ

सपना रोका मगरले ‘मिस मंगोल २०१२’ जिते पछि उनको दिन चर्यामा निकै बदलाव आएको छ । सामान्य रुपमा चल्दै आएको सपनाको जीवनमा यसले ठूलो भूमिका र चर्चा कमाएको छ । अन्तरवार्ता, फोटो सुट र विभिन्न कार्यक्रममा अतिथि बन्नलाई भ्याइ नभ्याई भएकोले उनी निकै व्यस्थ देखिन्छिन् । सपना अहिले बालसंरक्षण मञ्चमा आवद्ध भएर सडक बालबालिका लागि काम गरिरहेकी छिन् । डाइनामिक इर्नर्जी ड्रिकको गुडुल एम्बेस्टर र अल्कोहलिक रिकभरिङ भ्वाइस नेपालको गुडुल एम्बेस्टरमा पनि बनेकी छिन् |

कलाकारिता क्षेत्रमा खासै रुचि नराख्ने सपना हिजोआजको जमानामा ग्याजेट बिना बाच्नै नसक्ने बताउँछिन् । परिवार र आफन्तबाट टाढा बसेकी सपनाका लागि फुसर्दको साथी र आफन्त भनेको ग्याजेटस् नै हो रे ? सपना भन्छिन् – ग्याजेटस् नहुदो हो त मेरो के हाल हुने थियो होला । म कल्पना पनि गर्न सक्दिन । सपनाले नोकिया एन ९७, एच.पी ल्यापटप र एप्पलको आइ प्याट प्रयोग गछिन् । स्मार्ट ट्याब्लेटमा फोटोसुट गर्दा सपना झनै स्मार्ट देखिएकि थिइन् । आइटी एण्ड ब्युटी सपनाको केहि तस्विरहरु ।


 

Check Also

एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने

नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध …

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *