Home / Featured / रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस

रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस


ऋशब न्यौपाने

सामसुङ्ले फ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेनमा अप्रत्यासित रुपमा देखिएको ब्याट्री पड्कने समस्याबाट नराम्रो झड्का बेहोरेको सामसुङ्गले यस स्मार्टफोन सार्वजनिक गरेको हो । ब्याट्री पड्कने समस्याकै कारण नोट ७ आइफोन ७ र ७ प्लस सँगको प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यस फोनलाई बजारमा ल्याएसँगै यसले आइफोनलाई कडा टक्कर दिने आङ्गलन गरिएको छ ।


यी फोनहरुमा भएका परिवर्तन मध्ये होम बटनलाई हटाएर स्क्रीनमा नै टच सेन्सेटिभ बटनको प्रयोग गरिएको छ । साथै यी फोनमा आइफोन ७ भन्दा ठिक विपरित हेडफोन ज्याक समेत समावेस गरिएको छ । अघिल्ला संस्करणहरु झै यसमा पनि वाटर प्रुफिङ्ग र वायरलेस चाजिङ्गलाई निरन्तरता दिइएको छ । यस्ता छन यस फोनका थप विषेशता ः

डिस्प्ले

सामसुङ्ग ग्यालेक्सी एस ८ को सबैभन्दा आकर्षक पक्ष यसको आकर्षक इन्फीनिटी डिस्प्ले हो । सामसुङ्ग ग्यालेक्सी एस ७ र एस ७ प्लसमा सफल हुन पुगेको गभर््ड डिस्प्ले लाई निरन्तरता दिँदै एस ८ र ८ प्ल्समा समेत यसको प्रयोग गरिएको छ । एस ८ मा ५.८ इन्चको डिस्प्ले प्रयोग गरिएको छ भने एस८ प्लसमा ६.२ इन्चको डिस्प्ले जडान गरिएको छ ।

सुपर एमोलेड क्यापिसिटीभ डिस्पले रहेको सो स्मार्टफोनमा १४४०×२९६० पिक्सेल रिजोलुसन हुनुका साथै स्मार्टफोनमा कर्निङ्ग गोरिला ग्लास ५ ले सुरक्षित गरिएको छ जसका कारण फोन अधिक्तम स्क्रयाच प्रुफ रहेको कम्पनीले बताएको छ ।

र्याम, मेमोरी र प्रोसेसर

सामसुङ्ग ग्यालेक्सी एस८ र एस८ प्लस मा ४ जिबीको र्याम प्रयोग गरिएको छ भने यी दुवै फोन ६४ र १२८ जिबी संस्करणमा उपलब्ध छन । साथै यी मोडलमा माइक्रो एसडी कार्डको प्रयोग गरेर मेमोरी २५६ जिबीसम्म थप गर्न सकिन्छ । दुवै मोडलमा क्लक स्पीड २.३ गीगाहर्ज रहेको क्वालकमको स्न्यापड्रागन ८३५ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । यसका अलावा हेन्डसेटमा एड्रेनो ५४० र माली गीपीयू (ग्राफिक्स प्रोसेसर) प्रयोग गरिएको छ ।

क्यामेरा

सामसुङ्गले एस ७ बाट एस८ सम्म आइपुग्दा क्यामेराको क्षेत्रमा आमुल परिवर्तन गर्न सफल भएको छ । ग्यालेक्सी एस ८ को आर्कर्षक पक्ष यसमा प्रयोग गरिएको क्यामेरा हो । ८ मेगापिक्सेलको सेल्फी क्यामेरा प्रयोग गरिएको यस स्मार्टफोनको पछाडीपट्टि १२ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । यी दुवै क्यामेरको एपेरेचर भने समान ारज्ञ।ठ रहेको छ । अप्टीकल इमेज स्टेबलाइजेसन, फोर के रिजोलुसन भिडीयो रेकर्डिङ्ग, स्लो मोसन आदि यस फोनमा रहेको क्यामेराका विषेश फिचर रहेका छन ।

अपरेटिङ्ग सिस्टम र बिक्सबी

ग्यालेक्सी एस ८ मा गुगलको पछिल्लो एन्ड्रोइड संस्करण एन्ड्रोइड ७.० नोउगाट अपरेटिङ्ग सिस्टम प्रयोग गरिएको छ । यसका साथै सामसुङ्गले आफ्नै डिजिटल एसिस्टेन्ट विक्सबीलाई यस फोनसँगै सार्वजनिक गरेको छ । आइफोनको सिरि, गुगलको आफ्नै गुगल एसिस्टेन्ट र माइक्रोसफ्टको कोर्टाना जस्तै सामसुङ्गले पनि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स सहितको डिजिटल एसिस्टेन्ट बिक्सबी सार्वजनिक गरेको छ जसले प्रयोगकर्तालाई मोबाइल चलाउदाको अनुभवमा नविनता प्रदान गर्ने छ ।

सेक्यूरिटी र ब्याट्री

यस मोबाइल विकासकर्ताले मोबाइलको सुरक्षा पक्षलाई विषेश ध्यान दिएको पाइएको छ । यस फोनमा एन्ड्रोइडका परम्परागत सेक्यूरिटी फिचर्स पिन, प्यार्टन र पासवर्डका अलावा आइरिस स्क्यानर, फिङ्गरप्रिन्ट सेन्सर र फेस डिटेक्सन फिचर समाबेस गरिएको छ । यी अत्याधुनिक फिचर समावेस गर्नाले प्रयोगकर्तालाई पासवर्ड सम्झनुपर्ने झन्जट बाट छुटकारा मिल्ने कम्पनीको भनाइ छ । सामसुङ्ग एस८मा ३००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ भने एस८ प्लसमा ३५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

मूल्य र रङ्ग

मिडनाइट ब्लाक, अर्किड ग्रे, आर्टिक सिल्भर, कोरल ब्लू र म्यापल गोल्ड गरि पाँच रंङ्गमा उपलब्ध एस ८ र एस ८ प्ल्सको मूल्य नेपाली बजारमा ८८ हजार ९०० र ९८ हजार ९०० तोकिएको छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *