Home / Featured / वेबसाइट प्रतिस्प्रधाको रजिस्ट्रेसन फ्रेब्रुअरीसम्म

वेबसाइट प्रतिस्प्रधाको रजिस्ट्रेसन फ्रेब्रुअरीसम्म

शास्त्र नेटवर्कले क्यान्को सहकार्यमा आयोजना गरिरहेको राष्ट्रव्यापी बेबसाइट डेभलपमेन्ट प्रतिस्पधाको रजिस्ट्रेसन अवधि फ्रेब्रुअरी महिनाभर जारी राखेको छ । प्रतियोगिताको रजिस्ट्रेसन जनवरी २ तारिखबाट सुरु भएको थियो ।

काठमाण्डौका अधिकांश आइटी कलेजहरु यो समयमा विदामा भएका कारण रजिस्ट्रेसन प्रक्रियाको लागि समय थप गरिएको शास्त्र क्रिएसनका प्रवन्ध निर्देशक बिनम्र ढकालले जानकारी दिएका छन् । कार्यक्रमको अन्य सेड्युलमा भने कुनै असर पनि नपर्ने पनि उनको भनाई छ । कार्यक्रममा सहभागी हुन बेवसाइट http://webcompetitionnepal.com मा गएर अनलाइन फर्म भर्नुपर्छ । अहिलेसम्म १ सय भन्दा बढि समुहले सहभागिता जनाएको शर्माले जानकारी दिए ।

पुस १८ (जनवरी २) देखी नाम दर्ता सुरु भएर विभिन्न तहमा छनोटको प्रतिस्पर्धा हुर्दै चैत्र ३० (अप्रिल १२) मा अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा नेपालभरका कलेज तथा विश्वविद्यालयमा अध्ययनत प्रोफेशनल डिजाइनर, तथा विद्यार्थीेहरुले भाग लिन सक्नेछन् । सो प्रतिस्पर्धामा प्रथम विजेताले पचासा हजार,द्धितिय हुनेले पच्चिस हजार ,त्यस्तै तृतिय हुनेले पन्ध्र हजार पाउनेछन् ।

प्रतिस्पर्धामा उत्कृष्ठ डिजाइनरलाई पन्ध्र हजार, उत्कृष्ठ कोडिङ गर्नेलाई पन्ध्र हजार र बेष्ट इनोभेटिभ आइडिया र जुरी मेम्वरले पन्ध्र पन्ध्र हजार पुरस्कार पाउनेछन् । यसवाहेक पनि उत्कृष्टले अन्य थुप्रै अवसर र पुरस्कारहरु प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । इस्लिङ्टन कलेजले यस कार्यक्रमको मुख्य स्पोन्सर्ड गरेको छ भने लिभिङ विथ आईसिटी अफिसियल मिडिया रहेको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *