Home / Featured / इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ र? १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार निकै साँघुरो र प्रतिस्प्रधी बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुने रैछ ।

१.एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् ।
२. गुगलमा ६ लाख ९४ हजार ४४५ क्युरी तथा प्रश्नहरुको खोजी भइरहेको हुन्छ ।
३. ६ हजार ६ सय तस्विरहरु फ्लिकरमा अपलोड हुन्छन् ।
४. ६ सय भिडियोहरु युट्युबमा अपलोड हुन्छन्, जुन सबै जोड्दा २५ घन्टा बढिको भिडियो कन्टेन्ट हो ।
५. ६ लाख ९५ हजार स्टाटस फेसबुकमा अपडेट हुन्छन भने ७९ हजार ३ सय ६४ वाल पोस्ट हुन्छ र ५ लाख १० कमेन्टहरु फेसबुकमा प्रकाशन हुन्छ ।
६. ६० सेकेण्डमा ७० वटा नया वेबसाइट डोमेनहरु दर्ता हुन्छन् ।
७. यही अवधिमा १ सय ६८ मिलियन इमेलहरु पठाइन्छ ।
८. ६० सेकेण्डमा ३२० नया एकाउन्ट र ९८ हजार ट्विटहरु प्रकाशन हुन्छन ट्विटरमा ।
९. १३ हजार आइफोन एप्लिकेशनहरु डाउनलोड हुन्छ एक मिनटको अवधिमा ।
१०. ब्लगमा २० हजार नयाँ पोस्टहरु प्रकाशन हुन्छन ।
११. एक मिनटको अवधिमा नै १ हजार ७ सय फायरफक्स ब्राउजर डाउनलोड हुन्छ ।
१२ं ब्लगिङको वर्डप्रेस प्लाटफर्म ५० पटक भन्दा बढि डाउनलोड हुन्छ ।
१३ं प्रोफेसनल नेटवर्किङ साइट लिङ्दिनमा १०० एकाउन्टहरु बन्ने गर्दछन ।
१४. याहु एन्सर डटकममा ४० नया प्रश्नहरु सोध्ने गरिन्छ ।
१५. त्यसैगरी ६० सेकेण्डको अवधिमा आस्क डटकममा १०० बढि प्रश्नहरु सोध्ने गरिन्छ ।
१६. अर्वान डिस्कनरी डटकममा एउटा नया परिभाषा थपिइरहेको हुन्छ ।
१७. क्राइज्सलिस्टमा १ हजार २ सय विज्ञापनहरु सृजना भइरहेका हुन्छन ।
१८. एक मिनट अर्थात ६० सेकेण्डको अवधिमा स्काइमार्फत ३ लाख ७० हजार मिनटको भ्वाइस कल भइरहेको हुन्छ ।

Check Also

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार …

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *