Home / Featured / १० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड 

१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड 

यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबोटिक्सजस्ता क्षेत्रमा भित्रिएका नवीन प्रविधिले समाजको स्वरूप बदल्दै छन् । हामीले यस रिपोर्टमा सूचना प्रविधिको क्षेत्रमा विकास भएका प्रविधि र ट्रेन्डको चर्चा गर्दै छौं । पश्चिमा देशमा बिग डाटा, क्लाउड कम्प्युटिङ, मोबाइल कम्प्युटिङ, मनी २.०, भर्चुअल रियालिटी, आर्टिफिसियल इन्टेलिजेन्स, अगमेन्टेड रियालिटी, टेलिमिडिया इकोसिष्टमजस्ता प्रविधिको सफल अभ्यास भइरहेको छ । यस्ता आश्चर्यजनक प्रविधि विकसित मुलुकमा विकास भएको केही समयमै नेपालमा समेत भित्रिन थाल्छन् । हामीले पछिल्लाे समय विश्वमा देखिएका इमर्जिङ टेक्नोलोजी ट्रेन्डलार्इ उल्लेख गरेका छाैं :

सबैतिर कम्प्युटिङ
कम्प्युटिङका विकसित रूपहरू आएसँगै हरेक क्षेत्रले अब यसलाई अनिवार्य प्रविधि ठानेका छन् । खासगरी धेरै इलेक्ट्रोनिक्स उपकरणमा रहेका सूचना तथा तथ्यांकलाई एउटै क्लाउडबाट संरक्षण गर्न हाल अप्टिकल कम्प्युटिङ, क्वान्टम कम्प्युटिङजस्ता प्रविधिको विकास भएको छ । नेपालमा सरकारीस्तरमा क्लाउड कम्प्युटिङको अभ्यास भइनसके पनि सूचना प्रविधि विभागले पहिलो चरणमा सरकारका सबै एजेन्सीका आइटी सिष्टम एउटै सफ्टवेयरमा ल्याउने तयारी गरिरहेको छ ।

बिग डाटा एनालाइटिक्स
साधारण डाटाबेस व्यवस्थापन प्रोग्रामबाट संग्रह तथा मूल्याङ्कन गर्न असम्भव हुने ठूला आकारका डाटालाई बिग डाटा भनिन्छ । व्यावसायिक हिसाब, ई–मेल सन्देश, फोटो, सर्भेयिन्स भिडियो, ब्लग तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका ठूला डाटासमेत यसमा पर्दछन् । यस्ता डाटा संग्रह र मूल्यांकन गर्ने कार्य बिग डाटा एनालाइटिक्स हो । नेपालको सन्दर्भमा डाटा कलेक्शन गर्न कठिनाइ भए पनि गभर्नेन्स, स्वास्थ्य, शिक्षाजस्ता विकासका क्षेत्र यो प्रविधि उपयोग गर्न सकिए चाँडै नै प्रगति गर्न सकिने विज्ञहरू बताउँछन् ।

फाइभजी सेवा
टेक्सटाइल इन्टरनेटका रूपमा चिनिएका फाइभजी नेटवर्कको सफल परीक्षण भएको खबर पुरानो भइसकेको छ । सन् २०२० सम्ममा फाइभ जी वायरलेस इन्टरनेटले अरु इन्टरनेट सेवालाई उछिन्दै व्यापारी र उपभोक्ताको मन जित्ने अपेक्षा गरिएको छ । नेपालमा हालै फाेरजी सेवा विस्तार भएकाे छ ।

साइबर सेक्युरिटी
भाइरस, हानिकारक कोड तथा अन्य थ्रेटबाट बेलैमा जोगिनु साइबर प्रयोगकर्ताका लागि अनिवार्य भइसकेको छ । क्लाउड स्टोरेजलगायत सञ्चय सुविधाको अत्यधिक प्रयोगका कारण यसकाे आवश्यकता झन् बढ्न थालेको छ । नेपालजस्ता विकासोन्मुख देशमा साइबर सेक्युरिटीको कमजोर चेतनास्तर छ भने इमर्जेन्सी रेस्पोन्स सिष्टमको समेत अभाव देखिन्छ ।

औद्योगिक इन्टरनेट
अर्को इमर्जिङ ट्रेन्डका रूपमा विकास भएको प्रविधिको नाम हो ओद्योगिक इन्टरनेट । मानिस, डाटा तथा मेशिनसम्म पहुँच बनाउन तथा तिनलाई नियन्त्रण गर्न यसको प्रयोग गर्न सकिन्छ । क्लाउड स्टोरेज, कम्प्युटिङ सुविधा तथा विभिन्न सफ्टवेयरको उपयोग गर्दै सेन्सरका सहायताले मेशिन चलाउन यसले सहयोग गर्छ । जेट इञ्जिन, ग्यास टर्बाइनदेखि मेडिकल स्क्यानरलगायत उपकरण मद्दतले चल्छन् । सही व्यक्तिलाई सही समयमै उचित जानकारी दिने क्षमतायुक्त यो प्रविधिले भविष्यमा निकै लोकप्रिय पाउने अनुमान छ ।

आग्र्युमेण्टेड रियालिटी
गुगलजस्ता टेक जायन्टले गुगल ग्लास बनाएका घटनाबाट वेरेबल रिभोलुसन (wearable revolution)  भएको मानिन्छ । भौतिक संसारमा रहेका चिजबिजको जानकारी बटुलेर आँखासामु ल्याउन सघाउने यस्ता प्रविधिलाई आग्र्युमेण्टेड रियालिटी भनिन्छ । यस्ता उपकरणकाे मद्दतले वर्तमान कामले भविष्यमा के हुन्छ भन्ने जानकारी दिन्छ । छिमेकी देश भारतले विकासको मोडलमा आग्र्युमेन्टेड रियालिटीको अभ्यास भइरहेको देखिन्छ ।

भर्चुअल रियालिटी
भर्चुअल रियालिटीलाई अर्को नाम इमर्सिभ मल्टिमिडियाका नामले पनि चिनिन्छ । भौतिक कुरालाई वास्तविक अनुभूति दिलाउने प्रविधिहरूको विकास भइरहँदा अब यस्ता मल्टिमिडियाको प्रयोगबाट भर्चुअल स्वाद, दृष्टि, गन्ध, ध्वनि वा स्पर्शलाई वास्तविक अनुभूति दिलाउन सम्भव भएको छ । पछिल्लोेपटक फेसबुकले भर्चुअल रियालिटी हेडसेट निर्माण कम्पनी किनेको खबर आएको थियो भने गुगलले हालसालै स्मार्टफोनका लागि भर्चुअल रियालिटी टुल्स do-it-yourself stereoscopic viewer) बनाएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स
मेसिन र सफ्टवेयरले प्रदान गर्ने इन्टेलिजेन्स नै आर्टिफिसियल इन्टेलिजेन्स हो । आज गेम र एप्स क्षेत्रमा यसको प्रयोग अत्यधिक भइरहेको छ । फोटोग्राफी, डिजाइन प्याटर्नमा आएको क्रान्तिले यसको लोकप्रियता बढाउँदै लगेको छ ।

एडभान्स्ड म्यानुफ्याक्चरिङ
सूचना प्रविधिस“ग सम्बन्धित प्रणाली र उत्पादकले आफ्नो उत्पादनकोे गुण्स्तर वृद्धि गर्न उपयोग गर्ने विभिन्न उपायको एकीकृत रूपलार्ई नै एडभान्ष्ड म्यानुफ्याक्चरिङ भनिन्छ । प्रयोगकर्ताको माग तथा चाहनाका आधारमा अहिले उत्पादनहरूमा अत्याधुनिक प्रविधिको प्रयोगले व्यापकता पाउन थालेको छ, जसले गर्दा तिनको प्रयोगसमेत कठिन हुन थालेको छ । यस्ता उत्पादन तयार गर्न धेरै समय तथा लगानीको आवश्यकता पर्दछ । यसरी मूल्य तथा समयको लागतमा कमी ल्याउन ¥यापिड प्रोटोटाइपिङ र कम्प्युटर मोडलिङलगायत उपाय अपनाउने गरिन्छ ।

एजाइल डेभलपमेण्ट मेथड
सूचना प्रविधिको सुविधालाई थप सहज बनाउने सिद्धान्तको उपज हो– एजाइल डेभलपमेण्ट मेथड । एजाइल सफ्टवेयर विकास प्रक्रियाले कोडलाई सहज, बढी अनुसन्धान तथा प्रयोगकर्तालाई थप सहज अनुभव दिने उद्देश्य राख्छ । यसले ग्राहकलाई एकैपटक ठूला तथा कठिन उपकरण दिनुभन्दा उपकरणकाे विकासक्रममै तिनको आवश्यकताअनुसार ससाना परिमार्जन गर्दै त्यसको विकास गरिन्छ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *