Home / Featured / बुटवलमा बिहिबारदेखि क्यान इन्फोटेक मेला, सम्पूर्ण तयारी पुरा, यस्ता छन् अाकर्षण

बुटवलमा बिहिबारदेखि क्यान इन्फोटेक मेला, सम्पूर्ण तयारी पुरा, यस्ता छन् अाकर्षण

कम्प्युटर एशोसिएशन अफ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा बिहिबारदेखि छैटाैं संस्करणको इन्फोटेक अायाेजना हुँदैछ । क्यान महासंघले गत वर्षदेखि सुरू गरेकाे क्षेत्रीय अवधारणाअन्तर्गत विभिन्न ठाउँमा क्यान इन्फाेटेक गर्ने याेजनाअनुरूप बुटवलमा याे मेला गर्न लागिएकाे हाे । केही वर्षको अन्तरालपछि हुन लागेकाे याे प्रविधिको महामेला १६ गतेसम्म सञ्चालन हुनेछ ।

रामनगरस्थित बुटवल मण्डपमा हुन लागेकाे इन्फोटेकको टाइटल स्पाेन्सरमा डिजिकम र एशोसिएट स्पोन्सरमा इन्फोडेभलपर्स रहेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विश्वमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेलामा राष्ट्रिय–अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुका १ सय ५० स्टल रहनेछन् । प्रदर्शनी क्षेत्रमा चारैतर्फ सिसिटिभी क्यामेराबाट प्रदर्शनी स्थललगायत सम्पूर्ण गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्ने क्यानका रुपन्देहीका अध्यक्ष रोशन कँडेलले जानकारी दिए ।01 (2)16754512_1595553030462091_918583256_n

मेलामा विभिन्न ब्राण्डका कम्प्युटर, ल्यापटप, इन्टरनेट सेवा प्रदायक कम्पनी, सफ्टवेयर डेभलपर, मोबाइल, एसेसोरिज, आइटी कलेज, ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलहरु सहभागी रहनेछन् । इन्फोटेकको अवसरमा आइसिटी कन्फ्रेन्स पनि आयोजना हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट स्मार्ट सिटी, डिजिटल लुम्बिनी, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेसन, स्मार्ट हेल्थ आदि विषयमा कार्यपत्रहरु पेस हुनेछ । क्यान महासंघले अनलाइन प्रविधिबाट उपत्यकाबाहिर पहिलोपटक बारकोडको प्रयोग गरी प्रवेश गर्ने व्यवस्था मिलाएको छ । प्राविधिक शिक्षा तथा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा प्रविधिको प्रयोग र सुरक्षालाई जोड दिइएको छ ।

डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर’ नामक सूचना प्रविधि मेलामा करिब ५० लाख रुपैयाँ खर्च हुने इन्फोटेकमा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालकाे अग्रणी अाइसिटी मिडिया कार्यक्रम लिभिङ विथ अाइसिटीले बुटवलमा पनि इन्फाेटेक विशेष न्युजलेटर प्रकाशन गर्ने भएकाे छ ।Capture

 

Check Also

एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने

नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध …

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *