Home / Featured / के तपार्इलार्इ लिनक्सबारे थाहा छ ?

के तपार्इलार्इ लिनक्सबारे थाहा छ ?

हामी जुन संसारमा छौ, त्यो प्रविधिको युग हो । सबै कुरा प्रविधि हो । एउटा सानो कलमदेखि ठुल्ठुला युद्धमा चलाइने हवाइजहाजहरू सबै प्रविधिको विकासको देन हो । अब प्रत्येक कुरा कम्प्युटरबाट सञ्चालन गर्न सकिन्छ । यो विशाल प्रविधिको समयमा हामी केही समय कम्प्युटिङ संसारका केही पक्षहरू बारे ज्ञान रfखौं । अाज हामी ओपन सोर्स, फ्रि र ओपन सफ्टवेयरकाे चर्चा गर्दैछाैं :

सन् १९८३ तिरको कुरा हाे । त्यतिखेरको बजारमा Apple को OS-X, Microsoft sf] Windows  र At & T को UNIX मात्र अपेरिटङ सिष्टम उपलब्ध थिए । यी सबै निजी संस्था र कम्पनीले बनाउने र डिष्ट्रिब्युट गर्ने काम गर्थे र ती चलाउन निकै महँगो पथ्र्यो । तिनीहरूलाई proprietary operating system भनिन्थ्यो । अर्थात् किनेर प्रयोग गर्नुपर्ने थियो । कम्प्युटर सिष्टमको मुख्य हिस्सा भनेको अपरेटिङ सिष्टम हुन् र विना कुनै सफ्टवेयर कुनै कम्प्युटर सञ्चालन हुन सक्दैनन् । त्यसकारण मानिसहरू बाध्य भएर तिनीहरू किन्छन् कम्प्युटर रन गर्नका लागि ।

एउटा windows अथवा UNIX सिष्टम (विनाहार्डवेयर) करीब २०० डलर पर्छ खरिद गर्दा । अपरेटिङ सिष्टम कम्प्युटर हार्डवेयर र सफ्टवेयर चल्न धेरै महत्त्वपूर्ण हुने भएकाले यो सबैको पहुँचमा हुनुपर्दछ । केही मानिसहरूले अगाडि बढेर कम्पनीहरूलाई सोर्स कोड भिजिबल राख्न भने ताकि त्यो सबैले प्रयोग गर्न सकून् । तर, कम्पनीहरूले नसुनेजस्तो गरे । किनभने, उनीहरूले निकै पैसा ती ओएस बेचेरै कमाइरहेका थिए ।

सन्दर्भ माेडाैं । युनिक्सजस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलार्इ दिइने नाम हो । लिनक्स खुला तथा स्वतन्त्र सङ्खटवेयरमध्येको अभूतपूर्ण उदाहरण हो । लिनक्स अथवा जिएनयु र लिनक्स कम्प्युटरका लागि एउटा free and open source software, operating system हो । याे भनेको स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर हो । यसमा free भनेको निःशुल्क होइन, स्वतन्त्रतापूर्वक प्रयोग हो । लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो । लिनक्सलाई मोबाइल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्युटर र सुपर कम्प्युटरजस्ता विभिन्न हार्डवेयर उपकरणमा प्रयोग गर्न सकिन्छ ।

खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरू सित्तैमा पाइन्छ । यी सफ्टवेयरहरूलाई इन्टरनेटबाट कुनै शुल्कविना डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । त्यस्तै यी सफ्टवेयरहरूको चाहेजति प्रतिलिपि बनाउन सकिन्छ, जुन सुविधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरमा छैन । लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफूले चाहेजस्तै परिवर्तन गरी चलाउन सकिन्छ । लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सफ्टवेयरले खुला file format हरू प्रयोग गर्ने गर्दछन्, जसले गर्दा कुनै फाइल खोल्नका लागि एउटै सफ्टवेयरमा बाँधिएर बस्नु पर्दैन । जसले नै सफ्टवेयर स्वतन्त्रता र डकुमेन्ट फ्रिडम डे कुराहरू व्यापक रूपमा आउन थालेका छन् ।

लिनक्स एउटा प्रमुख सर्भर सञ्चालन प्रणाली हाे र विश्वका १० प्रमुख सुपर कम्प्युटरहरूले यसको प्रयोग गर्छन् । लिनक्सको विकास स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितीय उदाहरण हो । लिनक्सको सम्पूर्ण स्रोत कोडलाई कसैद्वारा पनि GNU( General Public License) जस्ता लाइसेन्स र अनुमतिपत्रअनुसार प्रयोग, परिमार्जन र वाणिज्य वा गैरवाणिज्य रूपमा वितरण गर्न सकिन्छ । डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई वितरणका रूपमा प्याकेज गरिएको हुन्छ ।

लिनक्सको किन उपयोगी ?
विण्डोज फ्रिमा उपलब्ध छैन र माइक्रोसफ्टले पब्लिक सर्भिस दिइरहेको छैन । तपाइले पिसी किन्दा तिर्ने पैसाबाट ५० डलर देखि २०० डलर माइक्रोसफ्टले पाइरहेको छ । लाखौँ लाख पिसीहरू वर्षेनि बनिरहेका छन् त्यसैले माइक्रोसफ्ट संसारकै धनी कर्पोरेसन बन्नु कुनै ठूलो कुरा होइन । माइक्रोसफ्टका प्रोडक्टहरूमा सेक्युरिटीका समस्या छन् जसले हामीलाई काम गर्न अप्ठ्यारो पार्छ र डाटा लस बनाएर दुःख दिन्छ । विण्डोज टेनिङमा भाग लिने जो कोही व्यक्तिहरूलाई Ctrl + Alt + Del’ कि किबोर्ड कम्बिनेसन चलाउन सिकाउँछ जसले गर्दा तपाईं क्र्यासपछि रिकभर गर्न सक्नुहुन्छ ।

के तपाई सेक्युरिटीको समस्याबाट सधैंका लागि टाढा जान चाहनुहुन्छ, भाइरस इन्फेक्सनबाट चिन्ता लिन चाहनुहुन्न र कुनै फिचर मिस गर्न चाहनुहुन्न ? यसको विकल्प पनि छ । लिनक्सको दुनियाँमा तपाईंलाई स्वागत छ । हामी तथ्यहरू फेस गरौँ । विण्डोज समस्याहरूले भरिएको छ, यो धेरै सेक्युर छैन र प्रत्येक दिनजसो एउटा सेक्युरिटी होल खुलिरहेको छ । यसले गर्दा खराब प्रोग्रामरहरूले बनाएको वोमहरूको निर्माण हुन्छ । वोमहरू साना प्रोग्रामहरू हुन्, जसले इन्टरनेटबाट दु्रत गतिमा एक कम्प्युटरबाट अर्कामा सर्छ । उदाहरणका लागि स्यासर जसले तपाई अनलाइन हुनेबित्तिकै तपाईंको कम्प्युटर क्र्यास हुन्छ र सर्टडाउन हुन्छ ।

त्यसपछि भाइरसहरू जुन लाखौँ लाखको संख्यामा छन् । यसले गर्दा एउटा सिंगो उद्योग बन्यो एन्टिभाइरस प्रोग्रामको । यदि तपाईं विण्डोज चलाउनुहुन्छ र डाटा लस चाहनुहुन्न वा फाइल चोरिएको चाहनुहुन्न भने तपाईंले एन्टिभाइरस चलाउनैपर्छ । केहीले के तर्क गर्छन् भने विण्डोज धेरै चलेको कारणले धेरै भाइरसको सिकार बनेको हो । तर, यिनीहरूले विण्डोजको सेक्युरिटी होलको फाइदा उठाएका हुन् । उदाहरणका लागि एउटा भाइरसले बगको फाइदा लियो जसले गर्दा तपार्इं एउटा इमेल म्यासेज हेर्दा तपाईंको कम्प्युटर नै इफेक्ट गरिदियो । हामी यो क्वालिटीको सफ्टवेयरका लागि पैसा तिर्दै छौ ।

लिनक्सअन्तर्गतका केही वितरण प्याकेजहरू

  • उबुन्टु
  • फेडोरा कोर
  • नेपालिनक्स
  • चितवनिक्स
  • सुजे
    म्यानड्रिभा
  • स्ल्याकवेयर
    नोपिक्स
  • ड्याम स्मल लिनक्स
  • डेवियन
  • जेन्टु
  • मोब्लिन
  • मिन्ट लिनक्स
  • सबायोन
  • पप्पी
  • आर्क
  • ब्याक ट्र्याक

(निराेज विष्टकाे सहयाेगमा तयार पारिएकाे)

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *