Home / Featured / माेबाइलबाटै आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने एप ‘बसाई’

माेबाइलबाटै आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने एप ‘बसाई’

घरमै बसेर आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने माेबाइल एप निर्माण भएकाे छ । नेपालमा पर्यटन क्षेत्रको प्रवद्धन गर्ने र मुलुकलाई डिजिटलाइजेसनतर्फ लग्ने उद्देश्यले ‘बसाई’ नामक एप संचालनमा ल्याइएको नेपाल बसाई ट्राभल एण्ड टुर सर्भिस प्रालिका प्रबन्ध निर्देशक सिद्धान्त ज्ञवालीले बताए ।

अाफूले खाेजेकाे हाेटल, काेठा र त्यसकाे मूल्य घरबाटै बुक गर्न सकिने याे सुविधाबाट मुख्यतः स्वदेशी पर्यटक लाभान्तवित हुने छन् । यसका लागि कम्पनीले हालसम्म मुलुकको भैरहवा, लुम्बिनी, बुटवल, चितवन, पोखरा, काठमाडौं, धुलिखेल र नगरकोटको गरी ७० वटा होटलसगँ सम्झौता गरिसकेको छ ।

ज्ञवालीका अनुसार कम्पनीसगँ सम्झौता भएको सबै शहरहरुमा पर्यटकले चाहे जस्तो सस्तोदेखि महंगो सम्मका होटलहरु एप मार्फत बुक गर्ने सक्नेछन् । एपमार्फत बुक गरेको कोठामा १० प्रतिशतसम्म छुट दिइने कम्पनीले बताएको छ । कम्पनीले अहिले एक तारे देखि ३ तारेसम्मका होटलहरुसगँ सम्झौता गरिसकेको छ । ५ तारे होटलहरुसँग सम्झौताको तयारी रहेको बताएको छ ।

होटलको कोठा बुक गर्नका लागि सर्वप्रथम एन्ड्रोइड सिस्टमको मोबाइल खोली प्ले स्टोरमा गई ‘बसाई’ Basaiyee नामक एप्लीकेशन खोजेर मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लीकेशन प्रवेश गरी युजर नेम र पाससवार्ड राखेर साइन इन गर्नुपर्छ । त्यसपछि आफुले खोजेको शहरमा विभिन्न होटलहरुको विभिन्न किसिमका कोठाहरुको मुल्य सहितको विवरण आउनेछ । त्यसपछि आफुले चाहेको अवधीभरका लागि कोठा बुक गर्न सकिन्छ ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *