Home / Featured / सगुनमा विश्वभरका २ हजार बढी रिटेल इन्भेस्टर्स, ५ वर्षमा १० अर्ब डलरको कम्पनी बन्ने दाबी

सगुनमा विश्वभरका २ हजार बढी रिटेल इन्भेस्टर्स, ५ वर्षमा १० अर्ब डलरको कम्पनी बन्ने दाबी

नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ मार्च २७ देखि बन्द हुने भएको छ। सर्वसाधारणका लागि खुलाएको सेयर बन्द हुने र संस्थागत लगानीकर्ताका लागि अाइपिअाे निस्कासन हुनेछ। यसैबीच अाइतबार साँझ फेसबुक लाइभमा बाेल्दै संस्थापक गाेविन्द गिरीले सगुन रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीमा विश्वभरका दुई हजार बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेका छन् ।

‘हामी रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं ।’ यसअघि इलियोमोले मिनी आइपिओबाट १ करोड ७० लाख डलर संकलन गरेको थियो । त्यसपछि आइपिओमा गएर १ अर्ब २० करोड डलर संकलन गरेको थियो । उनका अनुसार अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक स्टार्टअप कम्पनीको सुरुवाती चरणमा सर्बसाधारणलाई लगानी गर्ने अबसर सगुनले दिएको हो ।

अमेरिकामा अहिले देखिएका ठूला कम्पनीहरु फेसबुक, गुगल, स्न्याप च्याट, आइबिएम लगायतका कम्पनीमा सुरुवाती चरणमा सर्बसाधारणले लगानी गर्न पाएका थिएनन् । तिनमा भेन्चर क्यापिटालिस्ट र धनीहरुले मात्र लगानी गर्न पाएका थिए । ‘कम्पनीको सुरुआतमै अमेरिकी सेयर बजारमा लगानी गर्ने अबसर आएकाले हामीले विदेशमा बस्ने नेपालीलाई प्राथमिकता दिएका हौं,’ गिरीले भने ।

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन् । पछिल्लो जानकारी अनुसार भने सगुनले इच्छुक लगानीकर्तालाई वायर ट्रान्सफर मार्फत कम्तीमा ५ सय डलर लगानी गर्न भनेको छ । सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो । अमेरिकी एक्स्चेन्जमा सेयर निष्कासन गर्ने अनुमति पाएसगै सगुनको बारेमा बिश्वभरी चर्चा सुरु भएको हो । एउटा नेपालीले सुरु गरेको कम्पनीले अमेरिका पाएको यो सफलतालाई सेयरका जानकारहरुले नजिकबाट हेरेको बताइन्छ ।

ग्लोबल सेयर मार्केटमा आफ्नै दाजुभाइले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर लगानी गरेका छन् । प्रवासमा रहेका नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई अभूतपूर्व अबसरका रुपमा लिएका छन् । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरिसकेकाले नेपालमा समेत तरंग ल्याएको छ । सगुनका संस्थापक गिरीले अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ताले लगानी गरेको बताए ।

गिरीले आगामी ५ बर्ष्भित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरे । ‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्,’ उनले भने, ‘हामीले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं । हाम्रा युजरको संख्या १ करोड नाघ्ने छ,’ उनले भने ।

सगुनका संस्थापक गिरी युजरलाई मोनिटाइजेसन गर्ने सिस्टम आफूहरुले बनाइरहेको बताउँछन् । यस्तो सिस्टम फेसबुक, ह्वाट्स एप, स्न्याप च्याटलगायतका कुनै एपमा नभएको उनको दावी छ । ‘यो हाम्रो सबै सामाजिक संजालभन्दा विल्कुलै फरक प्रोडक्ट हो,’ उनी भन्छन्, ‘प्रत्यक युजरले सामाजिक संजालमा दिने समयबाट कसरी कम्पनीले रेभेन्यु जेनरेट गर्ने भन्नेमा हामी लागेका छौं ।

यसका लागि हामीले सोसियल स्मार्ट कार्डको कन्सेप्ट ल्याएका हौं । यसमा हामी पाइनियर हौं ।’ विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका छन् । यसले समय किल गरिरहेको छ । ‘हामीले युजरको समय सगुनलाई दिएपछि त्यसबापत उसले हाम्रो रेभेन्युको हिस्सा पाउनु पर्छ भन्ने कन्सेप्ट ल्याएका छौं’, गिरीले भने । सगुनले हरेक युजरले आफ्नो समय खर्च गर्दा जेनरेट गर्ने रेभेन्युको ५ प्रतिशत उसलाई दिने योजना बनाएका छौं ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *