Home / Featured / यी हुन् सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला

यी हुन् सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला

शेरिल सान्डबर्ग
सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनुअघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रेसिडेन्ट थिइन् । उनी पछिल्लाे पटक सन् २०१६ मा फाेर्ब्स म्यागेजिनले गरेकाे अनुसनधानबाट ‘माेस्ट पावरफुल वुमन इन टेक्नाेलाेजी’ भएकी छन् भने समग्र महिलामा साताै भएकी छन् ।

उनी विलियन सम्पत्ती र टप ब्रान्डकाे कार्यकारी मात्रै नभर्इ घर र अफिस दुवैमा महिलाकाे सम्मानजनक उपस्थितिका लागि सशक्तिकरणकाे अभियानमा पनि सरिक छन् । महिला एक्टिभस्ट, लेखकसमेत रहेकी उनले २०१३ मा प्रकाशन गरेको Lean In: Women, Work and the Will to Lead प्रकाशन गरेको एक हप्तामै १ लाख ५० हजार प्रति पुस्तक विक्री भएको थियो, जुन बेस्ट सेलरभित्र पर्दछ । हाल उनले फेसबुकमा आफ्नो आधाभन्दा बढी शेयर विक्री गरेकी छन् ।

सुसन वज्किकीसान्डवर्गपछिकी सूचना प्रविधिकी शक्तिशाली महिला हुन्, सुसन वज्किकी । १९५८ मा क्यालिफोर्नियामा जन्मिएकी सुसन वज्किकी युट्युबकी सिइओ हुन् । गुगलका निकै लाेकप्रिय प्रडक्टहरू AdWords, AdSense, DoubleClick, Google Analytics  अादि ल्याउन सबैभन्दा बढी याेगदान दिएकी उनलाई मोस्ट इम्पोटमेन्ट पर्सन इन एडभर्टाइजिङ र मोस्ट इम्पोर्टमेन्ट गुगलरको रुपमा चिनिन्छ । खासगरी गुगल एडलाई व्यावसयिक रुपमा विश्वव्यापी लिड गर्ने अभिभारा उनले पूरा गर्दै आएकी छिन् ।

मेग ह्विटम्यानसन् १९५६ मा जन्मिएकी मेग ह्विटम्यान एचपी कम्पनीकी प्रेसिडेन्ट तथा सिइओ हुन् । २०११ के जनवरीमा एचपीको डाइरेक्टर बोर्डमा ज्वाइन भएकी ह्विट्सम्यान त्यही वर्षको सेम्टेम्बरमा सिइओ बन्न सफल भइन् । यसअघि उनी इबेकी सिइओ र त्यसपछि सल्लाहकारको भूमिकामा थिइन् । फरच्युन म्यागजिनले प्रकाशित गरेको उत्कृष्ट पाँच शक्तिशाली महिलाभित्र पर्न सफल उनी हारवर्ड बिजनेशको रिभ्युमा आठौं बेस्ट परफर्मिङ सिइओभित्र पर्न सफल भएकी थिइन् ।

भर्जिनिया रोमेट्टीसन् १९५७ मा जन्मिएकी भर्जिनिया रोमेट्ट्ी इन्टरनेशनल बिजनेश मेसिन्स कर्पोरेशन (आइबिएम)की प्रमुख सिइओ हुन् । यसअगाडि त्यही कम्पनीमा वरिष्ठ भाइस प्रेसिडेन्ट रहेकी थिइन् । उनी २०१६ मा फाेर्ब्स म्यागेजिनले प्रकाशन गरेका उत्कृष्ट टेक महिलामा चाैथाेमा रहन सफल भइन् । आइबिएम सय वर्ष पुरानो कम्पनी हो जहाँ हाल ४ लाख ३४ हजार भन्दा बढीले रोजगारी पाइरहेका छन् । उनी क्लाउड कम्प्युटिङ र बिजनेश सफ्टवेयरको मार्केटमा लगानी गर्न अग्रसर छिन् । उनी आफ्नो कम्पनीलाई इनोभेटिभ कम्पनी भन्छिन् । निरन्तर परिवर्तनमा जोड दिइएको बताउँछिन् ।

याेसँगै एप्पल कम्पनीकी वरिष्ठ उपाध्यक्ष एन्जेला अरेन्स, जेरक्सकी प्रमुख तथा सिइओ उर्सुला बर्नस्, अार्याकल कर्पाेरेशनकी को प्रेसिडेन्ट तथा चिफ फाइनान्सियल अफिसर सफ्रा कट्ज, याहूकी सिइओ मरिसा माएर, एचटिसी करपाेरेशनकी को–फाउन्डर र सिइओ चेर वाङ, अल्फाबिटकी सिइअाे रथ पाेरट,  सिस्काे सिस्टम्सकी  वरिष्ठ उपाध्यक्ष तथा चिफ टेक्नोलोजी एण्ड स्ट्राटेजी अफिसर पद्मश्री वारियर, इन्टेलकी वरिष्ठ उपाध्यक्ष तथा डाटा सेन्टर ग्रुपकी जनरल म्यानेजर डेनी ब्रायन्ट पनि सूचना प्रविधि क्षेत्रका शक्तिशाली महिला हुन् ।

Check Also

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार …

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *