Home / Featured / एनसेलले ल्यायो नयाँ डाटा प्याकहरु

एनसेलले ल्यायो नयाँ डाटा प्याकहरु

एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारालाई निरन्तरता दिदै नयाँ डेटा प्याकहरु सार्वजनिक गरेको छ ।  विहीबारदेखि लागू भएको नयाँ डेटा प्याकअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्छन् ।

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबि, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबी, रु १५० मा ६०० एमबि र मात्र रु २५० मा १२०० एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबि डेटाको मजा लिन सक्नेछन् ।

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबि र १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र ५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै करसहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

Check Also

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार …

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी …

One comment

  1. Surrndra mandal

    Hi ncell company.ma request garna chahnxu ki data pack ko same recharg card hunu paryo kinki gharma mahila harulai aapthayro hunxa yo 12317 bat data pack lina.thank u

Leave a Reply

Your email address will not be published. Required fields are marked *