Home / Featured / पोखरामा आठौं संस्करणको क्यान इन्फोटेक र मोबाइल एक्स्पो सुरु, यस्ता छन् आकर्षण

पोखरामा आठौं संस्करणको क्यान इन्फोटेक र मोबाइल एक्स्पो सुरु, यस्ता छन् आकर्षण

कम्प्युटर एशोसिएशन नेपाल महासंघ, कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह-आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘आठौं जेरोक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ सुरु भएकाे छ । सूचना, प्रविधि तथा सञ्चार क्षेत्रमा नेपालमा भित्रिएका नवीनतम प्रविधिहरूका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पुर्याउने लक्ष्यले क्यान कास्कीले २०६५ सालदेखि निरन्तर इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।
IMG_6995
विहिबार नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले मेलाकाे उद्घाटन गरे । मेला उद्घाटन गर्दै सचिव गुरुङले अधुनिक सुचना प्रविधि भित्र्याएर मात्रै नहुने र त्यसको प्रयोगका लागि चेतना दिलाउन सुचना प्रविधि मेला उपयुक्त थलो रहेको बताए । सञ्चार मन्त्रालय सुचना प्रबृद्धी विस्तारको लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सधै तयार रहेको उनले बताए । सचिव गुरुङलेसुचना प्रविधिमा आधिरित सरकारी सेवा प्रवाहमा जोड दिएको स्पष्ट पार्दै सरकारी सेवालाई प्रविधि मैत्री बनाउने प्रयास भैरहेको बताए । प्रविधिको विस्तारमा नेपाल सरकारले भन्दा नीजि क्षेत्रले गरेको काम प्रशंसनिय रहेको उनले उल्लेख गरे ।

IMG_7020IMG_7014

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले सरकारले सुचना प्रविधिको प्रयोग र विस्तारमा प्रथामिकता दिएको स्पष्ट पारिन् । सुचना प्रविधिको क्षेत्रलाई पनि उद्योगको रुपमा स्थापित गरेको उनले बताइन् । कम्प्युटर एसोसिएसन अफ नेपालका केन्द्रिय अध्यक्ष इन्जिनियर विनोद ढकालले सरकारले सुचना प्रविधिलाई प्रथामिकतामा नराखेको आरोप लगाए । सुचना प्रविधिको विकास र विस्तारका लागि सरकारी निकायले प्रथामिकता नदिएको उनको गुनासो छ ।IMG_6963

कार्यक्रममा क्षेत्रीय सिंचाई निर्देशनालय पोखराका निर्देशक शिशिर कोईराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा इलेक्ट्रोनिक्स व्यावसाय संघका अध्यक्ष श्रीप्रसाद घले, क्यान कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, सचिव विश्वास भण्डारी लगायतले क्यान इन्फोटेकको महत्वका वारेमा बोलेका थिए ।

फागुन ८ गते सम्म चल्ने मेलामा सूचना प्रविधि तथा सञ्चार सम्बन्धी विभिन्न कम्पनीका १ सय २६ वटा स्टल राखिएको छ । इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फेरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण आदिको प्रदर्शनी गरिँदै छ । यसपटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ र मोबाइल डिलर एशोसिएशनसँग सहकार्य गरी मोबाइल एक्स्पो समेत गरिएकाले यो मेला भव्य र विशेष हुने क्यान कास्कीका महासचिव रुक्माङ्गद भण्डारीले बताए ।IMG_6959

मेलामा सूचना प्रविधि तथा सञ्चारसम्बन्धी विभिन्न कम्पनीका १ सय २६ वटा स्टल रहेका छन् । जेरोक्स कम्पनीको मुख्य प्रायोजन रहेको मेलामा डायमन्ड स्पोन्सर रिको, गोल्ड स्पोन्सर पोखरा इन्टरनेट, सिल्भर स्पोन्सर नेटिस र हिटाची, टिकेट स्पोन्सर एक्सेस वल्र्ड र बैंकिङ पार्टनर नेपाल बैंक रहेका छन् । त्यस्तै इन्सुरेन्स पार्टनर युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनर चिठ्ठा डटकम, आइटी पार्टनर आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल र प्रिन्टिङ स्पोन्सर क्यानोन रहेका छन् । यसैबीच, क्यान इन्फोटेक २०१७ मा नेपालमा विस्तार भएका २५ भन्दा बढी चर्चित मोबाइल ब्राण्डहरूले नयाँ एवं पछिल्ला मोबाइल प्रदर्शनीमा राखेका छन् ।IMG_7036

मेलामा प्रदर्शनीकर्ताले आफ्ना वस्तु र सेवामा विशेष छुट र अफर दिएका छन् । सूचना तथा प्रविधिमा भइरहेको नवीनतम गतिविधिहरूलाई एउटै छाना मुनिबाट प्रस्तुत गर्नुका साथै प्रतिस्पर्धात्मक बजारको सृजना गरी सुपथ मूल्यमा गुणस्तरीय आइटी प्रोडक्टहरूको विक्री तथा वितरण गर्न इन्फोटेक आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए । उनका अनुसार ४ दिनसम्म चल्ने मेलामा करिब १ लाख दर्शक आउने अनुमान गरिएको छ ।IMG_7037

पुराना र नयाँ अधिकांश मोबाइल ब्राण्डको प्रदर्शनी गरिएको छ । नेपाली बजारमा पछिल्लो समय भित्रिएका साओमी, ओप्पो, जोप्पो, वानप्लस जस्ता ब्राण्ड पनि आएका छन् । लिएगो पहिलोपटक पोखरामा यही मेलामार्फत आएको छ । साथै, सामसुङ, हुवावे, जियोनी, सोनी, माइक्रोम्याक्स, इनफोकस लगायतको पनि विशेष प्रदर्शनी भइरहेको छ ।  मेलामा ग्राहकहरुका लागि मोवाईल खरिदमा ५० प्रतिशतसम्म छुट दिइने आयोजकले जनाएको छ । मेलामा विभिन्न मोवाईल कम्पनीका स्टल सहितको मोबाइल एक्स्पोमा नेपालमा विस्तार भएका चर्चित ब्राण्डहरूको उपस्थिति छ ।IMG_7040

क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाले ग्रामिण क्षेत्रसम्म सूचना र प्रविधिको पहुँच पुर्याउनका लागि मेला निकै उपयोगि हुने विश्वास ब्यक्त गरे । मेलाको झण्डै १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

इन्फाेटेकमा सूचना प्रविधिकाे अग्रणी मिडिया लिभिङ विथ अाइसिटीकाे पनि स्टल रहेकाे छ । मेलाकाे अवसरमा रू. एक हजार २ सयमा म्यागेजिनकाे ग्राहक बन्दा बुलगार्ड इन्टरनेट सेक्युरिटी/एन्टिभाइरस, मिदास र्इ-क्लास र पावर बैंक नि:शुल्क दिइएकाे छ । साथै मेला अवधिमर म्यागेजिनले इन्फाेटेक विशेष न्युजलेटरहरू प्रकाशन गरिरहेकाे छ ।

फाेटाे- राेशन श्रेष्ठ/राजेश अधिकारी

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *