Home / Featured / स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल नेपाल आन्टप्रेनर्स हबका सह–संस्थापक हुन् । नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवम् स्टार्टअप कम्युनिटीलाई सहयोग गर्न स्टार्टअप विकेन्ड, स्पार्क मेन्टरिङ, स्पार्क इम्प्याक्ट एवम् स्पार्क टक र विभिन्न ह्याकाथन र मिटअपहरु गरिरहेको छ । फुयाल इस्लिङ्टन कलेजका प्रबन्ध निर्देशकसमेत हुन् ।

नेपालमा सूचना प्रविधिमा आधारित स्टार्टअप प्रडक्टहरूले अपेक्षित सफलता नपाउनुको मुख्य कारण केलाई मान्नुहुन्छ ?
हामी अहिले स्टार्टअप कल्चरको अर्ली स्टेज (सुरुवाती चरण)मै छौं । यही कारण राम्रा प्रडक्ट आउन नसकेका हुन् । बाहिरको अवस्था हेर्ने हो भने आन्ट्रप्रेनरहरु रातारात सफल नभई ५ वर्ष, १० वर्षको चरण पार गरेर आएका छन् । नेपालको सन्दर्भमा स्टार्टअपहरु चाँडै ‘डाई डाउन’ भइरहेका छन् । उनीहरु त्यति वर्ष कुर्न सकेनन् । कतिपय प्रडक्ट मार्केटभन्दा चाँडै आएका छन् । मार्केट साइज सानो छ । युजरको पेइङ क्यापासिटी कमजोर छ । यसकारण प्रडक्ट एडप्ट हुन सकिरहेका छैनन् । अर्को कुरा मार्केटमा गएर प्रपर मार्केटिङ गर्न नसकेका प्रडक्ट पनि छन् । समग्रमा प्रडक्ट चाँडै ल्याउनु, लक्षित उपभोक्तामा पुग्न नसक्नु र बिजनेश पावर नभएका कारण स्टार्टअप प्रडक्ट फेलर भइरहेका हुन् ।

असफल भएका प्रडक्ट मार्केटले अप्रिसिएट गर्दागर्दै पनि मोनिटाइजेशनमा चुकेको देखिन्छ, किन होला ?
म आफै पनि विगत ६÷७ वर्षयता स्टार्टअप सिनारियोमा काम गरिरहेको छु, स्टार्टअपलाई मेन्टर गरिरहेको छु । हामी नेपालीहरु आइडियालाई ठूलो मान्छौं । तर, त्यो आइडियालाई एक्ज्युकेशन लेभल र मोनिटाइजेशन गर्ने भनेर सुरुमा सोच्दै सोच्दैनौं । मार्केटमा मेरो आइडिया चल्छ भनेर सोच्छौं । तर, भोलि यसले आर्थिक लाभ दिन्छ कि दिँदैन भनेर सोच्दैनौं । यसमा नेपालका स्टार्टअपहरुको ‘स्ट्रेस’ कम देखिरहेको छु ।

नेपाली स्टार्टअपहरूमा मिलेर काम गर्ने संस्कृतिको पनि अभाव देखिएको हो ?
यो कल्चरल प्रोब्लम नै हो । यहाँ पार्टनरसिपमा काम गर्ने वा धेरै पार्टनरहरु बनाउने प्रचलन एकदमै थोरै छ । आफ्नो आइडिया भएका कारण त्यसको मालिक आफै बन्नुपर्ने सोच छ । फेसबुक, गुगल, एप्पलको कुरा गर्नुहुन्छ भने पनि त्यहाँ आइडिया इनिसिएटर वा सिइओको मात्रै सेयर हुँदैन । नेपालमा बरु सानो कम्पनी खोली आफै म्यानेजिङ डाइरेक्टर बन्न खोज्ने तर ५०औं करोडको मल्टिपार्टनरसिपका कम्पनी रन गर्ने सोच देखिँदैन । यसले मार्केट साइजलाई पनि रोक्छ ।

नेपालमा भेन्चर क्यापिटल र सिड फन्डिङको अभावमा पनि धेरै स्टार्टअपहरूको स्केल अप नभइरहेको बताइन्छ नि ?
हामी विदेशको मार्केट हेर्छौं र त्यस्तै मार्केटको परिकल्पना नेपालमा बसेर गर्छौं । वास्तवमा त्यहाँको मार्केट ‘मच्योर्ड’ भइसकेको छ, आन्ट्रप्रेनरहरु ‘मच्योर्ड’ भएर आइरहेका छन् । त्यहाँ ‘इन्भेस्टर’ले आइडियामा लगानी गर्ने होइनन्, मान्छे (आन्ट्रप्रेनर÷टिम)मै गर्ने हुन् । भोलि नेपालमा भेन्चर्स क्यापिटल वा सिड फन्डिङ आउँदा पनि आन्ट्रपे्रनरमाथि नै इन्भेस्ट गर्नेछन् । बाहिर एक लाख युजर भइसक्दा पनि ऊ स्टार्टअप नै हुन्छ र उसको भविष्यको बिजनेशलाई हेरेर लगानीकर्ता आउने हुन् । नेपालमा ५ जना युजर भए पनि ऊ स्टार्टअप हुन्छ । यस्तो अवस्थामा इन्भेस्टर्स पाउन मुस्किल हुन्छ ।

आगामी स्टार्टअपहरूका लागि तपाईंका टिप्स ?
मेरो पहिलो टिप्स– नडराउनुहोस् फेल भएर केही हुँदैन । किनकि, विश्वमा ९० प्रतिशत प्रडक्ट सुरुमा फेल हुने गर्छन् । आन्ट्रपे्रनरको हिम्मतले निर्धारण गर्छ भोलिको बिजनेश । बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस् । अहिले आफ्नो आइडियालाई भ्यालुएट गर्ने, एक्सिलेरेट गर्ने, मेन्टरसिप पाउने थुप्रै प्लेटफर्म छन्, त्यसको सहयोग लिनुहोस् । आइडिया कसैले चोर्ला भनेर चिन्तित हुन छाडिदिनुहोस्, तपार्इंको एक्ज्युकेशन कसैले चोर्न सक्दैन । मार्केटमा प्रडक्ट टेस्ट गर्ने, प्रपर सर्भे गर्ने र व्यावसायिक रुपमा हरेक कोणबाट पहिल्यै अध्ययन गर्नुहोस् ।

Check Also

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार …

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी …