Home / Featured / एलजीको चौथो जेनेरेशनको ‘मल्टी भी फोर’ एसी पहिलोपटक नेपालमा

एलजीको चौथो जेनेरेशनको ‘मल्टी भी फोर’ एसी पहिलोपटक नेपालमा

नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्स प्रालिले एलजी ब्राण्डको भीआरएफ (भेरिएबल रेफ्रिजेरेण्ट फ्लो) एयर कण्डिशनर (एसी)बजारमा ल्याएको छ । एलजीको चौथो जेनेरेशनको ‘मल्टी भी फोर’ एसी पहिलोपटक नेपालमा विक्री शुरू गरिएको एलजी इलेक्ट्रोनिक्स नेपालका नायव प्रबन्धक विवेक ज्ञवालीले बताए ।

कम्पनीले नेपालमा सिजीको सतुङ्गलस्थित इलेक्ट्रोनिक कार्यालय, चितवनको मेघौलीस्थित रिसोर्ट, केसर मल र नेपाल एसबीआई बैङ्कमासमेत यो एसी जडान भैसकेको बताएको छ ।

यो एसीको सम्पूर्ण कम्प्रेसर इण्टेरियर प्रविधिमा आधारित छ । यसका कारण आउट डोरमा राखिएको केन्द्रीकृत युनिटबाट नै सबै कोठाको तापक्रमको सन्तुलन मिलाउन सकिन्छ । यसको पाइपलाई १ हजार मिटर परसम्म पनि पु¥याउन सकिने ज्ञवालीको भनाइ छ ।

विशेषगरी ठूला व्यावसायिक भवन, कर्पोरेट हाउस, बैङ्क, अस्पताल तथा औद्योगिक कारखानामा यो बढी उपयुक्त हुने कम्पनीले बताएको छ ।  यसको प्रयोगमा विद्युत् खपत अत्यन्तै कम हुने कम्पनीको दावी छ ।

त्यस्तै, यसलाई कम ठाउँमा पनि सजिलै जडान गर्न सकिन्छ । यसको आउट डोर युनिट एक ठाउँमात्र हुने हुँदा यसले भवनको सौन्दर्य बिगार्दैन । यो एसीको आयु २० वर्षभन्दा बढी हुने कम्पनीको दावी छ ।

अहिले प्रयोग गर्दै आएको स्प्लीट एसीमा कोठा भित्र एसी हुन्छ र त्यसलाई चलाउन बाहिर एउटा छुट्टै बक्स राखिएको हुन्छ । त्यसले ठुल्ठूला मल, होटल, हाउँजीङलगायत स्थानको सुन्दरतालाई घटाउँछ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *