Home / Featured / पुसेट कलेजमा ‘अर्ड्विनाे डे २०१७’ को आयोजना हुदै

पुसेट कलेजमा ‘अर्ड्विनाे डे २०१७’ को आयोजना हुदै

पुसेट क्लबअफ रोबोटिक्स एन्ड टेक्नोलोजीले क्यान मोरङ महासंघसँगको सहकार्यमा अर्डुइनो डे २०१७ अायोजना गर्ने भएको छ । सो कार्यक्रम चैत्र १९ गते विराटनगरस्थित पुसेट कलेजमा हुने भएको छ ।

अर्ड्विनाे डे (Arduino day) २४ घण्टा लामो विश्वव्यापी इभेन्ट हो जहाँ अर्डुइनोमाचासो राख्ने सबैले आफ्नो अनुभर सिकाईलाई आदानप्रदान गर्दछन् । कार्यक्रममा अर्ड्विनाे फ्लाटफर्ममाआधारित सफ्टवेर तथा हार्डवेर तथा विभिन्न प्रोजेक्टहरु देखाइने कुरा आयोजकले जनाएको छ । विभिन्न शिक्षण संस्थातथा संस्थाहरुको प्रतिनितिधित्व गर्ने सहभागिहरुले उनीहरुको प्रोजेक्ट प्रस्तुत गर्ने छन् ।

कार्यक्रम औपचारिक र अनौपचारिक हुने छ । औपचारिक कार्यक्रमअन्तर्गत अर्ड्विनाेबारे किनोट स्पिच, अर्ड्विनाेमा आधारित प्रोजेक्टहरुको प्रस्तुति, रोबो–कुस्ती हुनेछन् भने यसपछि अनौपचारिक कार्यक्रम सबैका लागि खुला हुने पीसिआरटीका अद्यक्ष नबिन दाहालले जानकारी दिए ।

यसमा विद्यार्थी, प्रोफेसनल इन्जिनियरदेखि डिजाइनर सबैको सहभागिताका लागि खुला रहेकोे छ । आयोजकका अनुसार पुर्वी क्षेत्रका विद्यार्थी तथा इच्छुकहरुमा धेरै राम्रो प्राविधिक ज्ञान भएपनि प्रोत्साहन तथा भेला हुन नपाउँदा मेकर तथा डेभलपरको कम्युनिटी बनाउन नसकिएको अवस्था छ । यो खाडललाई पुर्ने उद्देश्यका साथ इन्जिनियरिङ कलेज, सिएसआइटी, साइन्स कलेज तथा विभिन्न विद्यालयमा विद्यार्थीको इन्भोभेटिभ कम्युनिटी बनाउने कार्यमा आयोजकले जोड दिएको छ ।

कार्यक्रम विहान १० बजेबाट सुरुहुने कुरा आयोजकले बताएको छ ।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *