Home / Featured / नेपालका स्कुलमा बढ्यो सफ्टवेयरको प्रयोग

नेपालका स्कुलमा बढ्यो सफ्टवेयरको प्रयोग

नेपालमा पनि विद्यालयको व्यवस्थापन, शैक्षिक वातावणलाई लक्षित गरिर विभिन्न सफ्टवेयरहरुको विकास हुने क्रम जारी छ । यस्ता सफ्टवेयरहरुमा विशेषतः स्कुल म्यानेजमेन्ट सफ्टवेयरदेखि क्लाउडमा उपलब्ध सफ्टवेयरहरु रहेका छन् ।

स्कुल म्यानेजमेन्ट सफ्टवेयर
स्कुल म्यानेजमेन्ट सफ्टवेयर विद्यालयको व्यवस्थापनका लागि अत्यावश्यक पक्षहरुलाई सफ्टवेयरमा समावेश गरेर विकास गरिएको प्याकेज हो । यस्तो प्याकेजमा बिलिङ/अकाउन्टिङ, परीक्षा, लाइब्रेरी, विद्यार्थी तथा शिक्षक व्यवस्थापनजस्ता महत्वपूर्ण काम एउटै म्यानेजमेन्ट सफ्टवेयरबाट सम्भव हुन्छ । राम्रो म्यानेजमेन्ट सिष्टमबाट यी सबै महत्वपूर्ण पक्षहरु एउटै प्याकेजबाट सम्भव हुन्छ ।

अकाउन्टिङ सिष्टमभित्र मल्टी अकाउन्ट ग्रुप/लिडर सेटअप र कन्फिगरेशन, जनरल भौचर तथा अन्य भौचर फिचर, बिएस, पिएल, ट्राइल, ग्रुप समरी, लेजर समरी स्टेटमेन्ट, डे बुक, क्यास फ्लो, फन्ड फ्लो, क्यास बुक, ट्रान्सपोर्टेशन तथा होस्टल ट्रान्जेक्सन सिष्टम, इन्भेन्ट्री स्टकलगायतका कामहरु गर्न सकिन्छ । स्टुडेन्ट म्यानेजमेन्ट सिष्टमअन्तर्गत विद्यार्थी दर्ता, अकाउन्टका साथ सेमेस्टर तथा वार्षिक कार्यक्रमअनुसार विद्यार्थी व्यवस्थापन, क्लास सेटिङ, यातायात तथा अन्य खर्च व्यवस्थापन, प्रयोगात्मक विषयको दर्ता, इन्ट्रान्स तथा रिजल्ट रजिस्ट्रेशन, विद्यार्थी ट्रान्सफरलगायत फिचरहरु हुन्छन् ।

यसैगरी, परीक्षा सिष्टमअन्तर्गत विभिन्न रिपोर्ट कन्फिगरेशनसहित परीक्षा सेटिङ, विभिन्न मार्कसिट रिपोर्ट फम्र्याट कन्फिगरेशन, मार्क राउन्डअप तथा डेसिमल प्लेस सेटिङ, क्लास टप, समग्र कक्षा, ग्राफ फम्र्याटमा स्कुल रिपोर्टलगायत छन् । यसैगरी, लाइब्रेरी सिष्टममा क्याटेगोरी, लेखक, प्रकाशकका अधारमा पुस्तकको दर्ता, पुस्तक लिएको तथा बुझाएको रिपोर्ट, जरिवाना तथा एक्स्पायर डेटजस्ता आवश्यक सबै फिचरहरु समावेश गरिएका हुन्छन् । यसैगरी, स्कुल म्यानेजमेन्ट सफ्टवेयरका अन्य फिचरहरुमा शैक्षिक क्यालेन्डर, स्टाफ प्रोफाइल म्यानेजमेन्ट, स्टाफ प्रोफाइल म्यानेजमेन्ट सिष्टमलगायत रहेका छन् ।

नेपालमा विभिन्न सफ्टवेयर तथा आइटी कम्पनीहरुले स्कुल म्यानेजमेन्ट सफ्टवेयर नेपाली बजारमा भित्र्याएका छन् । यस्ता केही कम्पनीहरुमा मिदास टेक्नोलोजिज प्रालि, ई–जोन, हाइटेक सोलुशन्स एन्ड सर्भिसेस प्रालि, नेपारिका टेक्नोलोजी, सिमेन्टिक सफ्टवेयर प्रालिलगायतका दर्जनौं छन् ।

वेब/क्लाउडमा आधारित स्कुल सफ्टवेयर
म्यानेजमेन्ट सफ्टवेयरको अलावा शैक्षिक वातावरण सुधार गर्न र अभिभावक र विद्यालयबीचको दूरीलाई कम गर्ने उद्देश्यले केही कम्पनीले वेब/क्लाउडमा आधारित सफ्टवेयरहरुको विकास गरेका छन्, जसमा जिपिएस प्रविधिलाई पनि समेटिएको छ । जसले गर्दा परम्परागत शैक्षिक व्यवस्थापन तथा पठनपाठनमा त सहयोग पु¥याएको छ नै, छिटोछरितो र प्रविधिमैत्री वातावरण बनाउन मद्दत पुर्याएको छ ।

यस्ता सफ्टवेयर विशेषतः अभिभावक र विद्यालयबीचको दूरीलाई हटाउने उद्देश्यका साथ बनाइएका छन् । विद्यालयले यसप्रकारका सफ्टवेयर प्रयोग गरिसकेपछि अभिभावकले घरमै बसेर अफ्ना छोराछोरी स्कुलमा गए–नगएको, स्कुलबाट निस्किएको समय, जिपिएस सिष्टमको माध्यमबाट कुन ठाउँमा बस आइपुगेकोजस्ता जानकारी प्राप्त गर्न सक्दछन् । नेपालमा नेपारिका टेक्नोलोजी, इजी एक्सेसलगायतका कम्पनीले बेबमा पनि आधारित सफ्वेरको विकास गरेका छन् ।

मोबाइल एपमा स्कुल कलेज
स्कुल म्यानेजमेन्टसँग सम्बन्धित र स्कुलको शैक्षिक वातावरणलाई आधुनिकीकरण गर्न र नवीन प्रविधिको प्रयोग गरी स्कुल तथा कलेजलाई डिजिटलाइज गर्ने कार्यमा मोबाइल एपले भूमिका खेल्न सक्छ । मोबाइल एपको प्रयोग गरेर विशेषतः कलेजका शैक्षिक गतिविधिहरुको सूचना अभिभावकसमक्ष पु¥याउने उद्देश्यका साथ मोबाइल एपको विकास गरिएका छन् । मोबाइल एपको प्रयोग गरेर परीक्षाको सूचना, सिलेबस, स्कुल क्यालेन्डर, हाजिरी, फि रिमाइन्डर, बस रुट, असाइन्मेन्टलगायतका फिचर समावेश गरेर विकास गरिएका छन् ।

नेपालको एक सफ्टवेयर कम्पनी विधि प्रालिका सिइओ सुवास सापकोटाका अनुसार मोबाइल एपको प्रयोगबाट विद्यालयको दैनिक शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउन र डिजिटलाइज गर्न ठूलो भूमिका खेल्नेछ । विधि, आउटलाइन रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, ई–जोन, सेमिकोलन, यासा टेक, प्रोलोजिक सोलुसनलगायतका कम्पनीले स्कुललाई लक्षित गरेर मोबाइल एपको विकास गरेका छन् ।

 

नेपालमा शैक्षिक सफ्टवेयर र यसकाे बृहत् जानकारीका लागि हाम्राे म्यागेजिन अनलाइनबाटै खरीद गर्न सक्नुहुनेछ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *