Home / Featured / उकालाे लाग्दै सफ्टवेयरकाे बजार, १० हजारदेखि १० करोडसम्मका प्रोजेक्ट गर्ने कम्पनी

उकालाे लाग्दै सफ्टवेयरकाे बजार, १० हजारदेखि १० करोडसम्मका प्रोजेक्ट गर्ने कम्पनी

शिव बस्नेत
रुद्र पाण्डेले १६ वर्षअघि डिटुहकाइ कम्पनी खोल्दा नेपालमा आइटी व्यवसायहीहरुको कुनै ‘भ्यालु’ थिएन । बजार निकै सानो थियो । आइटी भनेकै कम्प्युटर हार्डवेयरको आयात र वितरण गर्नु भन्ने बुझिन्थ्यो । सफ्टवेयर र आइटी सोलुसनमा नेपाली जनशक्तिको क्षमता निम्नस्तरको थियो । डिटुहकाइको उदयले यो क्षेत्रलाई प्रतिष्पर्धी बनायो । उसले कर्मचारीलाई आकर्षक तलब दियो र क्वालिटी प्रोडक्ट बनाउन थाल्यो ।

‘आइटीमा स्कोप छ र मेनपावरको भ्यालु छ भनेर प्रमाणित गरेको डिटुहकाईले हो,’ एफवान सफ्ट इन्टरनेश्नलका संस्थापक एवं अध्यक्ष विश्वास ढकाल भन्छन्, ‘डोमेन एक्सपर्टिज भएकै कारण उसले एकपछि अर्को क्वालिटी प्रडक्ट बनाउन सफल भयो ।’ विश्वास जस्तै धेरैले डिटुहकाईलाई नेपालको आइटीमा ‘ट्रेन्ड चेन्ज’ गर्ने कम्पनीको रुपमा लिन्छन् । उसले अमेरिकी क्लाइन्टका सफ्टवेयर नेपाली जनशक्तिमार्फत बनाई निकासी गर्न थाल्यो ।

डिटुहकाई आउनु २० वर्षअघि नै नेपालबाट सफ्टवेयर आउटसोर्सिङ कार्य भएको देखिन्छ । सन् १९८० को सुरुमा अमेरिकी नागरिक मिलरले काठमाडौंमा ‘डाटा सेन्टर इन्ट्रिगेशन’ नामको कम्पनी खोली सफ्टवेयर आउटसोर्सिङ गरेका थिए । नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टाइलले सन् १९८८ मा नबिल बैंकका लागि नेबसफ्ट नामको बैंकिङ सफ्टवेयर बनाएको थियो ।

मर्कन्टाइलले पुनः विन्डोज १० मा चल्ने पुमरी सफ्टवेयर बनायो, जुन धेरै बैंक र आर्थिक क्ष्ँेत्रमा प्रयोग हुन थाल्यो । सन् २००३ अघिसम्म केही मात्रामा बैंक, एअरलाइन्स र सरकारी कार्यालयका लागि सफ्टवेयर बनाइएको भएपनि सफ्टवेयरमा चेतना कम र भएका कम्पनीले गुपचुप विदेशकै काम गर्दा नेपालको सफ्टवेयर उद्योग बन्न सकेन ।

५० प्रतिशत डेभलपमेन्टको काम विदेशमा र २५ प्रतिशत डेभलपमेन्टको काम स्थानीय बजारमा हुने गरेकाे छ । साथै, उसले सफ्टवेयर कम्पनीमा ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाको उपस्थिति छ । अफसोर र डोमेस्टिक मार्केटका लागि पिएचपी प्राेगामिङ ल्याङवेज सबैभन्दा बढी प्रयोग हुने देखिएको छ ।

हुन त अधिकांश कम्पनीले अझै सफ्टवेयर, एप्स, गेमलगायतको आउटसोर्सिङ गरिरहेका छन् । यसमध्य डाटा बेस डिजाइन तथा मूल्याकंन, माइएसक्युएल र एमएसक्यसएल कोडिङ, एडभान्स एक्सएमएल, जुम्ला प्राेगामिङ, मोबाइल एप्स डेभलपमेन्ट, टुडी, थ्रीडी एनिमेसन, तथा मूल्याकंन, वेब पेज निर्माण, एप्स डेभलपमेन्ट, सिएसएस डेभलपमेन्ट, ई-कमर्स डेभलपमेन्ट र जिआइएस प्रविधिका काम बढी भइरहेको छ ।

योसहित विदेशी कम्पनीका बिजनेश प्राेसेससम्बन्धी काम कम्पनी वा व्यक्तिगत रुपमा गरी विदेशी मुद्रा कमाउने प्रचलन पनि बढेको छ । अनलाइन फर्म, अनलाइन सर्वेक्षेण, डाटा इन्ट्री, डाटा स्क्यानिङ, कस्टुमर सपोर्टलगायतका प्राविधिक काम गर्ने कम्पनीको संख्या २ सयको हारहारीमा रहेको क्यान महासंघ, सफ्टवेयर तथा बिपिओ डेभलपमेन्ट समितिका सभापति अभिजित गुप्ता बताउँछन् ।

महासंघले केही समयअघि गरेको सफ्टवेयर क्षेत्रकाे सर्वेक्षणले नेपालमा स्थानीय र विदेशी बजारका लागि काम हुने गरेको भन्दै ५० प्रतिशत डेभलपमेन्टको काम विदेशमा र २५ प्रतिशत डेभलपमेन्टको काम स्थानीय बजारका लागि हुने तथ्य ल्याएको छ । साथै, उसले सफ्टवेयर कम्पनीमा ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाको उपस्थिति हुने कुरा बाहिर ल्याएको छ । उसले अफसोर र डोमेस्टिक मार्केटका लागि पिएचपी प्राेगामिङ ल्याङवेज सबैभन्दा बढी प्रयोग हुने देखाएको छ । त्यस्तै जाभा, एचटिएमएल समेत बढी लोकप्रिय छन् ।

नेपालमा सरकारी क्षेत्रले सफ्टवेयर प्रविधिमार्फत सेवासुविधा सञ्चालन गर्ने हो भने यसको माग झन् बढ्ने वरिष्ठ आइसिटी विज्ञ मनोहरकुमार भट्टराई बताउँछन् । मिडिया र बैंकहरुमा पनि आइटी प्रविधिको प्रयोगले त्यस्ता प्राविधिकहरुले अवसर पाएका छन् । नेपाल टेलिकम, एनलेस, वल्र्डलिंक जस्ता आइएसपीहरुले पनि यस्ता प्राविधिकलाई आकर्षक तलब दिएका छन् ।

अमेरिका, अष्ट्रिलया, क्यानडा, नेदरल्याण्डलगायतका देशबाट अस्पताल, होटल, स्कुललगायतका लागि सफ्टवेयरको माग आउने गरेको छ । ठूला प्राेजेक्ट गरिरहेका भेरिस्क, डियर वाक, जाभ्रा, योमरी, क्लाउड फ्याक्ट्रीलगायतका कम्पनीले नेपालमा डेभलपमेन्ट सेन्टरको रुपमा काम गरिरहेका छन् ।

नेपालमा कस्ता सफ्टवेयर बन्छन् ?
नेपालको सफ्टवेयर उद्योग आउटसोर्सिङमा निर्भर छ, जहाँ १० हजारदेखि १० करोडसम्मका प्रोजेक्ट गर्ने कम्पनी छन् । अधिकांश कम्पनीले विदेशकै प्रोजेक्टमा काम गरिरहेका छन् । यसमध्ये पनि अफसोर आउटसोर्सिङ अर्थात् बाहिरसमेत उपस्थिति (कार्यालय) बनाएका कम्पनीले ठूला प्राेजेक्टमा दख्खलता देखाइरहेका छन् । नेपाल डेभलपमेन्ट सेन्टर मात्रै बनेको छ ।

उनीहरुले सफ्टवेयरका अतिरिक्त जिआइएस प्रविधिको काम, एप डेभलपमेन्ट, कोडिङलगायतका काम गर्छन् । अर्कोतिर एउटै क्ष्ँेत्रका मात्रै (भर्टिकल ओरियन्टेशन) सफ्टवेयर बनाउने प्रवृत्ति पनि सुरु भएको छ । जस्तो भेरिस्कले मेडिकेयरसम्बन्धी सफ्टवेयर अमेरिकाका लागि बनाइरहेको छ भने नेपालमा मिदासले शिक्षा र इन्फोडेभलपर्सले माइक्रोफाइनान्सका लागि सफ्टवेयर बनाइरहेका छन् ।

बिजनेश प्राेसेस गर्ने, वेब र मोबाइल एप्स बनाउने र थ्रिडी एनिमेशनका काम नेपाली युवाले गर्न सक्छन् । तर, बिजनेश सफ्टवेयरको कुरा गर्नुहुन्छ भने त्यही देशको लोकल बिजनेश बुझ्ने र विश्वस्तरीय प्रडक्ट बनाउने एक्सपर्टिज नेपालीहरुमा कमै छ ।

अमेरिका, अष्ट्रिलया, क्यानडा, नेदरल्याण्डलगायतका देशबाट अस्पताल, होटल, स्कुललगायतका लागि सफ्टवेयरको माग आउने गरेको छ । ठूला प्राेजेक्ट गरिरहेका भेरिस्क, डियर वाक, जाभ्रँ, योमरी, क्लाउड फ्याक्ट्रीलगायतका कम्पनीले नेपालमा डेभलपमेन्ट सेन्टरको रुपमा काम गरिरहेका छन् । अर्थात् हेडक्वार्टर विदेशमै भएका यस्ता कम्पनीले उतैबाट प्राेजेक्टको मास्टर प्लान तयार पार्छन् र नेपालमा काम पठाउछन् । नेपाललाई डेभलपमेन्ट सेन्टरको रुपमा प्रयोग गरिरहेका छन् । यी कम्पनीहरुले अमेरिकाको हेल्थ केयर र शिक्षाका सफ्टवेर निर्माण गर्नुका साथै यससम्बन्धी जोडिएका अन्य सेवा पनि दिइरहेका छन् ।

त्यस्तै नेपालमै कर्पोरेट, बैकिङ वा सरकारी कार्यालयका लागि काम गर्ने कम्पनीहरु एफवान सफ्ट, मिदास, इन्फोडेभपलर्स, ई-जोन इन्टरनेश्नल, सफ्टवेक फाउन्डेशनलगायतले न्यूनतम एक लाखदेखि १० करोडसम्मका प्रोजेक्ट गरिरहेका छन् । एफवानले पेमेन्ट सिष्टम र एप्स क्षेत्रमा नयाँ सम्भावना कोरिदिएको छ । उसले नेपालमै पहिलोपटक पेमेन्ट गेटवे ई-सेवा सुरु गर्यो भने फोन पे, क्यास अन एडजस्ता एप्स र सफ्टवेयर ल्यायो, जसले धेरैको प्रशंसा पनि पायो । अहिले ३५ लाख नेपालीहरुले मोबाइलमा बैंकिङ सेवा पाइरहेका छन् । ‘सबै खाले सेवा गरेर हामी ५१ लाख प्रयोगकर्तामाझ पुगिसकेका छौं । यो संख्यामा उनीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिन सक्नु नै हाम्रो उपलब्धी हो,’ अध्यक्ष विश्वास ढकालले भने ।

त्यसाे त सरकारी कार्यालयको लेखा कम्प्युटर प्रणालीबाट राख्ने व्यवस्था अनिवार्य भएपछि यसका लागि आवश्यक सफ्टवेयर र प्राविधिक सपोर्ट स्वदेशी डेभलपरहरुबाटै गराउन थालिएको छ । नेपालमा सफ्टेक फाउन्डेशन, प्रोफेसनल कम्प्युटर सिष्टम, ई–जोन इन्टरनेशनल, सफ्ट यन्त्र, रेडियन्ट इन्फोटेक आदिले सरकारी प्रोजेक्ट गर्ने गरेको पाइन्छ । यस्ता प्रोजेक्ट विश्व बैंक, युएनडिपीजस्ता अन्तर्राष्ट्रिय विकास एजेन्सीको सहयोगमा निर्माण भएका छन् ।

केही वर्ष अघिसम्म कमर्शियल बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स इन्स्टिच्युट्सले मात्रै सफ्टवेयर प्रयोग गर्दथे । अहिले माइक्रोफाइनान्स र सहकारीका लागि दर्जनौं सफ्टवेयर बजारमा उपलब्ध छन् । साथै यस्ता कम्पनीले पनि इन्टरनेट र मोबाइल बैंकिङ सेवा दिन थालेका छन् ।

सरकारी, कर्पोरेट, बैंकिङ क्षेत्र आदिका लागि मात्रै नभई शिक्षण क्षेत्रमा पनि एटेन्डेन्स, एकाउन्टिङ, म्यानेजमेन्ट सफ्टवेयर र एजुकेशन कन्टेन्ट (लर्निङ) प्रदान गर्ने सफ्टवेयर उत्पादन हुने क्रम बढ्दो छ । र्इ-जोन इन्टरनेश्नलले ल्याएको ई-स्कुल, ई-पेरोल सफ्टवेयर निकै लोकप्रिय बनिरहेको छ । उसले ई-फाइनान्स, ई-ट्राभल, ई-अफिसजस्ता सफ्टवेयर पनि ल्याएको छ । त्यस्तै ज्ञान स्कुल एण्ड कलेज म्यानेजमेन्ट सफ्टवेयर र एकाउन्ट सफ्टवेयर पनि प्रचलनमा छ । स्वस्तिक कम्प्युटर प्रालि नामक कम्पनीले पनि यस्ता सफ्टवेयर निर्माण गरेको देखिन्छ ।

बजारमा क्रसओभर नेपालले ल्याएको कलेज म्यानेजमेन्ट सफ्टवेयर आई–क्याम्पस पनि उपलब्ध छ । त्यस्तै हाम्रो स्कुल डटकमले स्कुलहरुको फाइनान्स र विद्यार्थीको रेकर्ड राख्ने डेस्कटप सफ्टवेयर, मोबाइल सफ्टवेयर र वेब सफ्टवेयर ल्याएको छ । यस्ता शैक्षिक सफ्टवेयर १५÷२० हजारदेखि १५ लाख रुपैयाँसम्मका रहने ई-जोनका प्रबन्ध निर्देशक दामोदर अधिकारी बताउँछन् ।

केही वर्ष अघिसम्म कमर्शियल बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स इन्स्टिच्युट्सले मात्रै सफ्टवेयर प्रयोग गर्दथे । अहिले माइक्रोफाइनान्स र सहकारीका लागि दर्जनौं सफ्टवेयर बजारमा उपलब्ध छन् । साथै यस्ता कम्पनीले पनि इन्टरनेट र मोबाइल बैंकिङ सेवा दिन थालेका छन् । यसमा  इन्फोडेभलपर्सले ल्याएका सहकारीका सफ्टवेयर पनि निकै लोकप्रिय छन् ।

त्यस्तै डियरवाक, भेरिस्कजस्ता कम्पनीले बनाएका सफ्टवेयर अमेरिकाका प्रयोग भइरहेका छन् । ‘वास्तवमा यी सफ्टवेयरको मास्टर प्लान अमेरिकामै बनेका हुन् । डंकी वर्कमात्रै नेपालमा भएको हो,’ मिदास टेक्नोलोजिजका प्रबन्ध निर्देशक छत्रहरि कार्की भन्छन्, ‘बिजनेश प्राेसेस गर्ने, वेब र मोबाइल एप्स बनाउने र थ्रिडी एनिमेशनका काम नेपाली युवाले गर्न सक्छन् । तर, बिजनेश सफ्टवेयरको कुरा गर्नुहुन्छ भने त्यही देशको लोकल बिजनेश बुझ्ने र विश्वस्तरीय प्रडक्ट बनाउने एक्सपर्टिज नेपालीहरुमा कमै छ ।’ बरु नेपालकै लेभल मिल्ने सिक्किम, दार्जिलिङ, बंगलादेश, अफगानिस्तान वा अफ्रिकी देशका लागि प्रडक्ट बनाउने प्रयास गर्नुपर्ने उनी बताउँछन् ।

नेपालमै सर्भिस दिन बसेका कम्पनीहरुले कस्ता क्लाइन्टका लागि काम गरिरहेका छन् त ? अभिजित गुप्ता भन्छन् । सबै राम्रा देखिएका कम्पनीले साच्चिक्कै रिभेन्यु कमाउने हिसाबमा भने उस्तै राम्राे गरेको देखिँदैन । बाहिरका लागि गर्ने सफ्टवेयरमा राम्रै छ । इमेलबाटै दोहोरो कुराकानी गरी विदेशीका सामान्य प्रोजेक्ट लिन सकिन्छ । तर, सरकारी प्राेजेक्टमा काम गर्न भने टेन्डरिङको प्रक्रियामा जानुपर्छ । सरकारीमा २० देखि ५० प्रतिशतसम्म बिड गरेर प्राेजेक्ट लिन्छन् । डेभलपरको सन्तुष्टिको हिसाबमा हेर्ने हो भने उच्च नै देखिन्छ ।

स्वास्थ्य क्षेत्रमा अधिकांश भारतीय कम्पनीहरुका सफ्टवेयर प्रचलनमा रहेका छन् । तर, केही वर्षयता हेल्थ केयर फिल्डका लागि एकै प्रकारको सोलुसन प्रदान गर्ने सफ्टवेयर पनि नेपाली बजारमा आइरहेका छन् । जस्तो क्रसओभर हसिप्टल म्यानेजर एउटा हस्पिटल म्यानेजमेन्ट सिष्टम हो ।

अन्य चर्चित र उपयोगी सफ्टवेयर
सफ्टवेयर कम्पनी मण्डला सिष्टमले एयरलाइन्सका लागि सफ्टवेयर बनाउने गर्छ । कम्पनीले एयरलान्स म्यानेजमेन्ट एन्ड इन्फर्मेशन सिष्टम, एयरलाइन्स वेब रिजर्भेसन सिष्टमलगायत गरी एक दर्जनभन्दा बढी मोडलमा एयरलाइन्सका सफ्टवेयर बनाइसकेको कम्पनीका प्रबन्ध निर्देशक विप्लवमान सिंहले जानकारी दिए । मण्डलाले पाइलट एन्ड इन्जिनियर्स डाटा बैंक, एकाउन्ट एन्ड बजेट कन्ट्रोल सिष्टम, एसेट म्यानेजमेन्ट सिष्टम, कार्पेट म्यानेजमेन्ट सिष्टम, होटल म्यानेजमेन्ट सिष्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिष्टम, सेयर म्यानेजमेन्ट सिष्टम, स्टक ब्रोकर म्यानेजमेन्ट सिष्टमलगायत २ दर्जन सफ्टवेयर बनाएको छ ।

सेयर क्षेत्रको सफ्टवेयर निर्माण गर्ने क्रममा प्रोफेसनल कम्प्युटर सिष्टम (पिसिएस)ले ठूलो क्षेत्र ओगटेको छ । हाइटेक सोलुसन एन्ड सर्भिस प्रालिले बनाएको हाइटेक बिजनेश एकाउन्टिङ सफ्टवेयर ‘हाइटेक‘ इन्भोइस, इन्भेन्ट्री, बिजनेश एनालाइसिसका लागि उपयोगी छ । आइटी कम्पनी ब्रेनडिजिटले नेपाल सरकार र कर्पोरेट सेक्टरका लागि पनि सफ्टवेयर सोलुसन्स प्रदान गर्दै आएको छ । सफ्टेक फाउन्डेशनले स्कुल, कलेज, बैंक, फाइनान्स, हस्पिटललगायत कम्पनीलाई उपयुक्त हुने फरक–फरक सफ्टवेयर निर्माण गरिरहेको छ । ज्याम टेक्नोलोजिजले सेयर लगानीकर्तालाई लक्षित गरी ल्याएको अनलाइन सफटवेयर ज्याम्ब पोर्टफोलियो ट्याकर पनि प्रचलनमा छ ।

स्वास्थ्य क्षेत्रमा अधिकांश भारतीय कम्पनीहरुका सफ्टवेयर प्रचलनमा रहेका छन् । तर, केही वर्षयता हेल्थ केयर फिल्डका लागि एकै प्रकारको सोलुसन प्रदान गर्ने सफ्टवेयर पनि नेपाली बजारमा आइरहेका छन् । जस्तो क्रसओभर हसिप्टल म्यानेजर एउटा हस्पिटल म्यानेजमेन्ट सिष्टम हो । वान स्टप सोलुसन दिने यसले पेसेन्ट रजिस्ट्रेशन, सर्भिस (ओपिडी, इमर्जेन्सी, आइपिडी, टेस्ट आदि) रजिस्ट्रेशन, ल्याब, एकाउन्ट र इन्भेन्ट्री म्यानेजमेन्ट, सेटिङ आदिको फिचर रहेको छ ।

हार्डवेयर क्षेत्रको तथ्यांक क्यान महासंघले राखे पनि सफ्टवेयरमा तथ्यांक ल्याउन निकै गाह्रो छ । हामीले केही महिनाअघि आउटसोर्सिङ कम्पनीको डाटा ल्याए पनि आफैलाई चित्त बुझेको छैन । कम्पनीहरुले फ्याक्ट डाटा दिनै मान्दैनन् ।

त्यस्तै आइटी नेपालले नेपाली बजारमा ल्याएका नियो इआरपी, नियो एचआरआइएस, नियो फाइन प्लस, नियो आरटिएस, साप बिजनेश नामक सफ्टवेयरहरु व्यापारिक, बैकिङ र मानवसंशाधनको क्षेत्रमा काम लाग्ने बताइएको छ । त्यस्तै उपयोगी सफ्टवेयर बनाउने अन्य कम्पनीमा नेपारिका, कम्प्युटर इन्टरफ्रेस, सांग्रिला सफ्टवेयर कम्पनी, उडान सफ्टवेयर, बारकोड नेपाल, इरासफ्ट सोलुसन्सलगायत रहेका छन् ।

उपभोक्ता सबै लाभान्वित हुन थालेका छन् । अहिले आउटसोर्सिङबाट मनग्गे कमाउन सकिने भए पनि त्यो क्षणिक हुने र त्यसले नेपालको सफ्टवेयर उद्योग नबन्ने तर्क विज्ञहरुको छ । उनीहरुका अनुसार नेपालमा प्याकेजभन्दा पनि कस्टुमाइज्ड सफ्टवेयर बढी छन्, जुन उपभोक्ताले आवश्यक तथा मागअनुसार बनाइन्छ । साथमा कम्पनीहरुले स्पेसिफिक मार्केटका लागि प्रडक्ट ल्याउने गरेका छन् ।

सरकारले कम्पनी दर्ता प्रक्रियामा सफ्टवेयर कम्पनीका लागि छुट्टै व्यवस्था नल्याएकाले नेपालमा कस्ता सफ्टवेयर कम्पनी छन्, कति सफ्टवेयर छन्, कति मानिस कार्यरत छन्, निर्यात र आयात कति हुन्छ भन्ने कुरा गुमनाम छ । ‘हार्डवेयर क्षेत्रको तथ्यांक क्यान महासंघले राखे पनि सफ्टवेयरमा तथ्यांक ल्याउन निकै गाह्रो छ । हामीले केही महिनाअघि आउटसोर्सिङ कम्पनीको डाटा ल्याए पनि आफैलाई चित्त बुझेको छैन । कम्पनीहरुले फ्याक्ट डाटा दिनै मान्दैनन्,’ क्यान महासंघका महासचिव बलामीले भने । उनका अनुसार कतिपय आउटिसोर्सिङ व्यवसाय गैरकानूनी रुपमा भइरहेकाले पनि तथ्याकंमा आउन नसकेको हो । यसअन्तर्गत कुल ४ अर्ब रुपैयाँबराबरको कारोबार हुने र २ अर्ब रुपैयाँ आउटसोर्सिङबाट हुने उनको अनुमान छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *