Home / Featured / नयाँ बर्षमा मोबाइल किन्दा एप्पल वर्ल्डले छुट र उपहार अफर दिदै

नयाँ बर्षमा मोबाइल किन्दा एप्पल वर्ल्डले छुट र उपहार अफर दिदै

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड (मोबाइल वर्ल्ड) प्रालिले नयाँ बर्षको अबसर पारी मोबाइल खरिदकर्ताले उपहार नै उपहार पाउने योजना ल्याएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार सबै ब्राण्डका मोबाइल सबै भन्दा सस्तोमा बिक्री गर्दै नयाँ मोबाइल हबको रुपमा ख्याती कमाएको एप्प्ल वल्र्डमा सामसुङ मोबाइलमा मोडल हेरी ६० प्रतिशत सम्म छुट, युएमआइ र एलजी मोबाइलको खरिद गर्दा अर्को सित्तैमा पाइने छ ।

यसैगरी, हरेक मोबाइल खरिदमा हात खाली नजाने उपहार, मोबाइल एक्सचेन्ज अफर लगायतका कम्प्लिट मोबाइलको सोलुसन लिएर आएको एप्पल वर्ल्ड न्यु मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

एप्पल वल्र्डलाई कम्प्लीट मोबाइल सोलुसन गर्ने हबको रुपमा अगाडी बढाइरहेको बताउँदै निर्देशक ग्लाइडरले ६० प्रतिशत सम्म छुट पाइने यो योजनाबाट भरपुर फाइदा लिन ग्राहकहरुलाई अनुरोध गरेका छन् ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले नयाँ प्रबिधी मार्फत फुटेको डिस्प्ले बनाउने र ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने ब्यबस्था गरेको छ । नयाँ बर्षमा उपहार आदान प्रदान गर्न र एसइइ परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई यो उपहार योजनाले फाइदा पुग्ने निर्देशक संगम राइको बिश्वास छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्श लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एशोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।

नयाँ बर्षको पहिलो दिन देखि १५ दिन सम्म मोबाइल खरीद गर्ने मध्येबाट लक्कीड्र मार्फत २ जनालाई आइफोन सेभेन र सेभेन प्लस बितरण गरिने निर्देशक संगम राइले जानकारी दिए ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *