Home / Featured / नेपालमा आइपी टिभी

नेपालमा आइपी टिभी

नेपाल सरकारले २ वर्षअघि ‘इन्टरनेट प्रोटोकल टेलिभिजन प्लाटफर्म’ सेवाको इजाजत दिने व्यवस्था गरेको छ । एनआइटिभी स्ट्रिम्स प्रालि, ब्रोडलिंक, सुबिसु केबल नेटलगायतले सेवा सञ्चालनको इजाजत लिएका छन् ।
यसअन्तर्गत तोकिएका क्राइटेरियाहरु डेटा सेन्टर बनाउने, कन्टेन्टहरु ल्याउने, मेसिनहरु स्थापना गर्ने, सफ्टवेयर बनाउनेलगायतका पूर्वाधार पुरा भएको हुनुपर्ने नियम सरकारले ल्याएको छ । हाल एनआइटिभी स्ट्रिम्सले नेटटिभी र ब्रोडलिंकले ब्रोडटिभीको नाममा आइपी टिभी सुरु गरेका छन् भने सुबिसुले पनि चाडै नै सुरु गर्ने जानकारी दिएको छ ।

नेटटिभीका साढे ३ लाख ग्राहक मोबाइल प्लाटफर्मबाट बनेका छन् भने ब्रोडटिभीले पनि हजारको हारहारीमा यो सेवा लिएका छन् ।

 

नेटटिभी
कास्कीमा जन्मेर हाल जापानमा बसोबास गर्ने कमल अधिकारीले केही साथीहरुसग मिलेर जापानमा पहिलोपटक आइपी टिभीको परीक्षण सन् २००३ मा गरेका थिए भने सन् २००४ मा न्यू आइटी भेन्चर्सको नाममा पहिलो आइपी टिभीको माध्यमबाट लाइभ कमर्सियल टिभी वितरण सेवा सुरु गरे ।

सो कम्पनीमार्फत् विदेशमा नेपाली, इन्डियन, पाकिस्तानी, बंगाली, श्रीलकंनलगायत राष्टिय अन्तराष्टिय च्यानल प्रसारण सुरु गरेको कम्पनीले हाल १५० भन्दा बढी टिभी च्यानलहरुसहित सेवा सञ्चालन गरेको छ, जुन OTT IPTV (Over the top, internet protocol television) को सर्भिस World on demand को नाममा विश्वभरी सञ्चालित छ ।

unnamed
सोही कम्पनीमार्फत् जापानमा टेलिकम र सञ्चार क्ष्ँेत्रमा विगत १० वर्षदेखि सेवा दिदै आएको कम्पनीले खासगरी मिडियाहरुको लागि आइपिटिभीको टेक्नोलोजी प्लाटफर्म र एप्सको निर्माण तथा विक्री वितरणमा लोकप्रियता कमाउदै आएको छ । यही कम्पनीले सन् २०१४ मा नेपालमा एनआइटिभी स्ट्रिम्स प्रालिको स्थापना गरी नेट टिभी नेपाल ब्राण्डमा सेवा सञ्चालन गर्न नेपाल सरकारबाट इन्टरनेट प्रोटोकल टेलिभिजन प्लाटफर्म सेवाको लाइसेन्स लिई सेवा सञ्चालन गरेको हो ।

 

नेटटिभीका साढे ३ लाख युजर, वितरकमा २ आइएसपी
नेटटिभीले सुरुको चरणमा मोबाइल बेस्ड आइपी टिभी सेवा सुरु गर्यो भने अहिले सेटअप बक्समा जादै छ । ‘कन्टेन्ट र च्यानल किन्न मिल्ने सुविधा नेपालमै पहिलो पटक नेटटिभीले ल्यायो,’ एनआइटिभी स्ट्रिम्सका जनरल म्यानेजर कृष्ण अधिकारी भन्टछन्, ‘यसका लागि लोकल पेमेन्ट गेटवे ई सेवा, आइपे लगायतसग सहकार्य गरेका छौं ।

’ हाल नेटटिभीमा प्रिमियम च्यानलको रुपमा विभिन्न च्यानल राखी किन्न मिल्ने सुविधा राखिएको उनले बताए । असोजसम्म ३५ प्लस एचडी र ८५ प्लस इन्हान्स गरिएका एसडी च्यानल रहने उनले जानकारी दिए । च्यानल र नेपालमा मात्रै चल्ने नेटटिभी सेवा सबैभन्दा बढी एन्ड्रोइडको प्ले स्टोरबाट डाउनलोड भएको छ ।
एन्ड्रोइडका ३ लाख र आइओएसमा ५० हजार डाउनलोड भएको कम्पनीका सिओओ कुशल खड्काले जानकारी दिए । साथै आइफोन, क्रोमकास्ट, एप्पल टिभी, गुगल टिभीलगायत अन्य मल्टिस्किृनमा समेत नेटटिभी उपलब्ध छ । त्यसैगरी भदौको अन्तिम हप्तादेखि बलियो इन्टरनेट पूर्वाधार भएका दुई आइएसपी वल्र्डलिंक र भायनेटले सेटअप बक्समार्फत् यो सेवा आरम्भ गरेका छन् ।
‘अब हामीले वल्र्डलिंक र भायनेटको ‘हाइवे’बाट नेटटिभी सेवा दिदैछौं,’ खड्काले भने । यी आइएसपीले फाइबर प्रविधि भित्र्याई तत्कालै घरघरमा आइपि टिभी पुर्याउने योजना ल्याएका छन् । उनका अनुसार क्लासिकटेक लगायतका ८÷१० ओटा अन्य आइएसपीहरु पनि आउन चाहेका छन् । उनी भन्छन्, ‘नेटटिभी प्लाटफर्म प्रोभाइडर हो र आइएसपी नेटवर्क प्रोभाइडर हो । यसको फल सबैले सेयर गरौं ।’

वल्र्डलिंक नेटटिभी
वल्र्डलिंकले ३० भन्दा बढी एचडी च्यानल र ८० भन्दा बढी एसडी च्यानलसहित आइपी टिभी ल्याएको छ । ५ एमबिपिएस अनलिमिटेड र ५ एमबिपिएस भोलुमबेस्ड प्लान ल्याएको वल्र्डलिंकले टिभी प्लस इन्टरनेट समावेश गरेर कोम्बो अफर ल्याएको छ । हालै आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आकर्षक अफर ल्याएको छ ।

विजय जलानले भने ‘वल्र्डलिंकको इन्टरनेटका पुराना ग्राहकलाई निःशुल्क सेटअप दिएका छौं भने ३ महिनाको प्याकेज (इन्टरनेट÷आइपी टिभी)मा एक महिना निःशुल्क दिएका छौं । त्यस्तै नया वार्षिक ग्राहकका लागि ३ महिनाको निःशुल्क सेवा प्रदान गर्नेछौं भने चौथो महिनादेखि मासिक ४ सय ५० रुपिया शुल्क लिनेछौं ।

21yrs_950x500px
भायनेट नेटटिभी
भायनेटले पनि नेटटिभीसँग सहकार्य गर्दै आइपिटिभी सार्वजनिक गरेको छ । यसलाई भायनेट नेटटिभी नामले ब्राण्डिगं गरिएको छ । ‘अब ग्राहकहरुले एउटै फाइबर लाइनबाट इन्टरनेको साथै नेटटिभिको पनि मज्जा लिन सक्नुहुनेछ,’ भायनेटकी बिजनेश डेभलपमेन्ट अफिसर सृजना श्रेष्ठले बताइन् । नेटटिभीमा पनि धेरै प्याकेजहरु ल्याइएको छ । अहिले भायनेटसँग ८२ ओटा एसडी च्यानल र ३४ ओटा एचडी च्यानल गरि ११६ ओटा च्यानलहरु रहेका छन् ।
ब्रोडलिंकको ब्रोडटिभी
यससगै ब्रोडलिंकले पनि आइपी टिभीको लाइसेन्स लिई फाइबर र सेटअपबक्समार्फत आइपी टिभी दिने पहिलो कम्पनी बनेको छ । ३ सेवा गजबको दाम, एउटै फाइबरमा सबै काम मूल नारासहित ब्रोडलिंकले ब्रोड टिभी, ब्रोड फाइबर (इन्टरनेट) र ब्रोड टेल (भ्वइस कल) सेवा ल्याएको छ । ब्रोडलिंकको हाल एसडी र एचडी गरी १३० ओटा च्यानल रहेका छन् ।

उपत्यकाका सबै ठाउमा सेवा दिन सक्षम रहेको बताएको कम्पनीले उपत्यकाबाहिरका प्रमुख शहरहरुमा पनि सेवा पुर्याउने योजना ल्याएको छ । उसले वार्षिक शुल्क २२ हजार २ सय २२ रुपियामा दिने १ एमबिपिएस इन्टरनेटले एचडीयुक्त च्यानलहरु हेर्न मिल्ने जानकारी दिएको छ भने अन्य आइएसपीको इन्टरनेट भएका ग्राहकका लागि कम्तिमा ५ एमबिपिएसको इन्टरनेट आवश्यक हुने ब्रोडलिंका बिजनेश हेड विनोद ह्योजुले बताए ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *