Home / Featured / के हो स्मार्ट सहर ?

के हो स्मार्ट सहर ?

शिब बस्नेत


अहिले सहर विकासको चर्चा गर्ने बित्तिकै धेरैले ‘स्मार्ट सहर’ नाम लिइहाल्छन् । तर, स्मार्ट सिटीको ठ्याक्कै साझा परिभाषा कतै भेटिदैन । संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद्ले समेत स्मार्ट सहरको कुनै सर्वस्वीकार्य परिभाषा नरहेको स्पष्ट पारेको छ ।

उसले विकासको तह र सामाजिक आर्थिक आधारमा विभिन्न राष्ट्रहरूले र आफ्ना सहरका लागि स्मार्ट सहरको परिभाषा भिन्न हुन सक्दछ भन्ने ठम्याएको छ । विकसित राष्ट्रहरूले इन्टरनेट सुविधा र प्राविधिक प्रगतिको प्रभावलाई आधार बनाएर नागरिकको सेवामा पहुँच, रोजगारी, किफायती आवास र स्वस्थ वातावरण पक्षहरूलाई प्राथमिकता दिँदै स्मार्ट सहरहरूको विकासमा जोड दिएका छन् ।

साधारणतया सूचना प्रविधिको कुशल प्रयोगमार्फत सार्वजनिक सेवा सुविधामा जनताको सहभागितासहित पहँुच र दिगो वातावरणीय अवस्थाका साथ सहरबासीको जीवनको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट सहर भन्न सकिन्छ ।

नेपालका लागि के हो स्मार्ट सहर ?

विज्ञहरुले नेपालको सन्दर्भमा स्मार्ट सिटीको परिभाषा र विषय नै पहिले निक्र्योल हुनुपर्ने बताउँछन् । यसर्थ स्मार्ट सिटीको परिभाषा देश र सहरअनुसार फरक हुने भएकाले हामीले स्मार्ट सिटीका आधारभूत मापदण्ड र सूचक के–के हुन् पहिला टुंगो लगाउन आवश्यक रहेको उनीहरु औल्याउँछन् ।

तैपनि विश्व परिवेश हेर्दा शहरीकरणमा भएका सूचना प्रविधिको प्रयोग गर्ने नै स्मार्ट सिटीको मुख्य वशेषता हो ।

जनता, सरकार, आवागमन, आर्थिक अवस्था, बसोबासको अवस्था, वातावरणको अवस्था हेरेर त्यसमा सूचना प्रविधि कसरी प्रयोगमा ल्याउन सकिन्छ र प्रभावकारी बनाउन सकिन्छ र त्यसलाई सूचना प्रविधिमैत्री बनाउन नै हाम्रो परिवेशमा काम हुन सक्छ,’ कण्ठले भने ।

यसपछि मात्रै नेपालका लागि सुहाउँदो परिभाषा तयार गर्न सकिने उनको भनाई छ । ‘नेपालको परिपे्रक्ष्यमा स्मार्ट सहर भन्नाले इन्टरनेट लगायत आधुनिक सूचना प्रविधिको प्रयोग भई ई (विद्युतीय) सुशासन स्थापित भएको, व्यवस्थित सार्वजनिक यातायात र पूर्वाधारहरू मार्फत खानेपानी, बिजुली, ढल र टेलिफोन आदि जस्ता सहरी सेवा सुविधाहरू भरपर्दो भएको हुनुपर्छ ।

हरित प्रविधिमा आधारित आवास, इन्धन र फोहरमैला एवं सरसफाइको व्यस्थापन भएको र सहरी योजना तर्जुमा, व्यवस्थापन र कार्यान्वयनमा नागरिक सहभागिता सुनिश्चित भई सुरक्षित वातावरणको साथ सहरबासीहरूको जीवनको गुणस्तर उन्नत भएको सहर भन्ने बुझ्न सकिन्छ,’ उनले भने ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *