Home / Featured / पोखरामा बिहिबारदेखि ‘क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’, सम्पूर्ण तयारी पुरा

पोखरामा बिहिबारदेखि ‘क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’, सम्पूर्ण तयारी पुरा

can-kaski2कम्प्युटर एशोसिएशन नेपाल महासंघ, कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह-आयोजनामा भाेलीदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘आठौं जेरोक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ सुरु हुँदैछ । सूचना, प्रविधि तथा सञ्चार क्षेत्रमा नेपालमा भित्रिएका नवीनतम प्रविधिहरूका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पुर्याउने लक्ष्यले क्यान कास्कीले २०६५ सालदेखि निरन्तर इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।

मेलाको उद्घाटन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गर्नेछन् । सो अवसरमा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, क्षेत्रीय सिचाईं निर्देशनालयका निर्देशक शिशिर कोइराला, क्यान महासंघका अध्यक्ष ई. विनोद ढकाललगायतका विशिष्ट अतिथिहरुको उपस्थिति हुने जानकारी उद्घाटन व्यवस्थापन उपसमितिका संयोजक चण्डीप्रसाद अर्यालले दिए ।

इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फेरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण आदिको प्रदर्शनी गरिँदै छ । यसपटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ र मोबाइल डिलर एशोसिएशनसँग सहकार्य गरी मोबाइल एक्स्पो समेत गरिएकाले यो मेला भव्य र विशेष हुने क्यान कास्कीका महासचिव रुक्माङ्गद भण्डारीले बताए ।

मेलामा सूचना प्रविधि तथा सञ्चारसम्बन्धी विभिन्न कम्पनीका १ सय २६ वटा स्टल रहेका छन् । जेरोक्स कम्पनीको मुख्य प्रायोजन रहेको मेलामा डायमन्ड स्पोन्सर रिको, गोल्ड स्पोन्सर पोखरा इन्टरनेट, सिल्भर स्पोन्सर नेटिस र हिटाची, टिकेट स्पोन्सर एक्सेस वल्र्ड र बैंकिङ पार्टनर नेपाल बैंक रहेका छन् । त्यस्तै इन्सुरेन्स पार्टनर युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनर चिठ्ठा डटकम, आइटी पार्टनर आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल र प्रिन्टिङ स्पोन्सर क्यानोन रहेका छन् । यसैबीच, क्यान इन्फोटेक २०१७ मा नेपालमा विस्तार भएका २५ भन्दा बढी चर्चित मोबाइल ब्राण्डहरूले नयाँ एवं पछिल्ला मोबाइल प्रदर्शनीमा राखेका छन् ।

मेलामा प्रदर्शनीकर्ताले आफ्ना वस्तु र सेवामा विशेष छुट र अफर दिएका छन् । सूचना तथा प्रविधिमा भइरहेको नवीनतम गतिविधिहरूलाई एउटै छाना मुनिबाट प्रस्तुत गर्नुका साथै प्रतिस्पर्धात्मक बजारको सृजना गरी सुपथ मूल्यमा गुणस्तरीय आइटी प्रोडक्टहरूको विक्री तथा वितरण गर्न इन्फोटेक आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए । उनका अनुसार ४ दिनसम्म चल्ने मेलामा करिब १ लाख दर्शक आउने अनुमान गरिएको छ ।

यसैबीच मेला सफन पार्न अाज साइकल र्याली निकालिएकाे छ ।

 

Check Also

निर्वाचन अायाेगले ल्यायाे माेबाइल एप र कल सेन्टर

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । …

सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

के तपाईँ विदेश जाने सोचिरहनु भएको छ तर जानकारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन ? …

Leave a Reply

Your email address will not be published. Required fields are marked *