Home / क्यान इन्फोटेक २०१५

क्यान इन्फोटेक २०१५

साइबर सेक्युरिटीमा आइसिटी कन्फ्रेन्स आयोजना हुदै

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना हुदै आएको क्यान आइसीटी कन्फेरेन्स यस वर्ष २०७२ माघ १८ र १९ गते होटल याक एण्ड यति, दरबार मार्गमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी …

Read More »

पोखरामा अफैर अफरको सूचना प्रविधि मेला सुरु, रोबोर्टद्धारा उध्घाटन, पोखरालाई साइबर सिटी बनाउन सामुहिक प्रतिबद्दता

पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि छैटौं बृहत् सूचना प्रविधि मेला ‘पोखरा क्यान इन्फोटेक २०१५’ सुरु भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीले वर्षेनी आयोजना गर्दै आइरहेको इन्फोटेकको यस संस्करण फागुन ११ गतेसम्म पोखराको नयाबजारस्थित प्रदर्शनीकेन्द्रमा सञ्चालन हुनेछ । शनिबार एक विशेष समारोहका बीच मेलाको उद्घाटन गरियो । लम्जुङ इशानेश्वोरका २४ वर्षका रदि वोल्ला मियाँले बनाएको नेपाली बाबु नामको रोबोर्टले …

Read More »

२१ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजारले गरे अवलोकन

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एशोसिएसन महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा माघ १४ गतेदेखि सञ्चालन भइरहेको २१औं “सुबिसु क्यान इन्फोटेक २०१५ इन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल” प्रदर्शनी सम्पन्न भएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्धघाटन गरी सुरु भएको यसपटकको मेलालाई ३ लाख ३१ हजार १ जनाले अवलोकन गरेका छन् । मेलाको …

Read More »

१५ औं आइसिटी सम्मेलन सम्पन्न

हिजोदेखि राजधानीमा सुरु भएको सूचना प्रविधि सम्वन्धी दुई दिने आइसिटी सम्मेलन सम्पन्न भएको छ । ‘विकासका लागि सूचना प्रविधि र सामाजिक रुपान्तरण’ भन्ने नारासहित कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा संचालन भएको १५ औं सम्मेलनमा IIM अहमदाबादका प्रा.डा.सुभाष भट्नाकर प्रमुखवक्ताको रुपमा रहनुभएको थियो । चार सत्रमा संचालन भएको सम्मेलनमा ‘इमर्जिङ टेक्नोलोजी फर आइसिटी फोर डी’ र ‘ज्ञानमा आधारित उद्योग र रोजगारी’ …

Read More »

काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय आइसिटी सम्मेलन सुरु

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा काठमाडौंमा दुईदिने अन्तराष्ट्रिटय आइसिटी सम्मेलन सुरु भएको छ । सम्मेलनको यस १५औं संस्करणको मूल नारा ‘विकास र सामाजिक रूपान्तरणका लागि आइसिटी’ रहेको छ सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले सम्मेलन उद्घाटन गर्दै सामाजिक रूपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी)को उपयोग महत्त्वपूर्ण हुने भनाइ राखे । सरकारले विद्युतीय सुशासनअन्तर्गत आइसिटीको प्रयोग गर्दै सार्वजनिक …

Read More »

वोर्ल्ड लिंकले ल्यायो १०० एमबिपिएस गतिको इन्टरनेट

नेपालको पहिलो निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वोर्ल्ड लिंकले १०० एमबिपिएस गतिको इन्टरनेट सार्वजनिक गरेको छ । ५ हजार रुपैयाँमा ४० जिबी भोल्युमको इन्टरनेट दिनुका साथै प्याकेज सकिएको खण्डमा १ एमबिपिएसको अनलमिटेड डाटा दिने वोर्ल्ड  लिंकले जनाएको छ । यसै सन्दर्भमा लिभिङ विथ आइसिटीका उप–सम्पादक शिव बस्नेतले वोर्ल्ड लिंकका बजार व्यवस्थापक प्रवीण श्रेष्ठसँग कुराकानी गर्नुभएको छ : क्यान इन्फोटेकमा वोर्ल्ड  लिंकको …

Read More »

इन्फोटेकको चौथो दिनसम्म साढे २ लाख अवलोकनकर्ता, आइतबार ‘बिजनेस डे’

‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ को चौथो दिन अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकले मेला अवलोकन गरेका छन् । क्यान सचिवालयले दिएको जानकारीअनुसार शनिबार ८१ हजार ३ सय २२ दर्शकले मेला अवलोकन गरेका छन् । महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका थिए । यस्तै दोस्रो दिन र तेस्रो दिन क्रमश ५१ …

Read More »

वेबसर्फरद्धारा केबल इन्टरेनेट सेवा सार्वजनिक

इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरले काठमाडौंमा जारी क्यान इन्फोटेकको अवसरमा पहिलो पटक केबल इन्टरनेट सेवा सार्वजनिक गरेको छ । उपत्यका र यस नजिकका शहरहरुमा सीधै र सजिलै इन्टरनेट सेवा दिने योजनाअन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो । अफरअन्तर्गत वार्षिक ग्राहकका लागि १० प्रतिशत छुट, जडानमा २ हजार छुट, २ महिनाको थप बोनस सेवा र १ हजार मूल्य बराबरको उपहार दिएको …

Read More »

भायनेट सेवामा भारी छुट र ग्राहक अफर

मुख्यतया घरेलु प्रयोजनका लागि भायनेटको फाइभर होम इन्टरनेट सेवामा आकर्षक छुट र ग्राहक अफर रहेका छन् । क्यान इन्फोटेकको अवसरमा भायनेटले १ वर्षका लागि ५ एमबिपिएसका दरले १ दशमलव ३ टेराबाइट डाटा इन्टरनेटको सेवा लिने सेवाग्राहीलाई यस्तो अफर ल्याएको हो । १ वर्षको डाटा खरिद गर्दा सेवाग्राहीलाई प्रतिमहिना रु. १ हजार ६ सय १९ पर्न आउ“छ । साथै, यो सेवाको खरिदमा …

Read More »

नेटिसका राउटरमा विशेष ग्राहक अफर

फल्कन इन्टरनेशले क्यान इन्फोटेकको अवसरमा नेटिसका विभिन्न मोडलका राउटरमा आकर्षक क्यान अफर ल्याएको छ ।उसले विशेष छुटसहित डिएल४३११मोडेलको राउटरलाई रु. २ हजार २ सय ५०, डिएल४३२२ मोडेलको राउटरलाई रु. २ हजार ५ सय ५०, डब्ल्यूएफ२४११ मोडेलको राउटरलाई रु. १ हजार ५ सय र डब्ल्युएफ२४०९ मोडेलको राउटरलाई रु. २ हजार ५ सय ५० मै उपलब्ध गराएको छ । त्यसैगरी फल्कनले डब्ल्युएफ२३२२ …

Read More »