Home / CAN Infotech 2016

CAN Infotech 2016

झापामा फागुन २१ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र

झापामा पहिलो पटक हुन लागेको सूचना प्रविधिको मेला ‘सुबिसु क्यान इन्फोटेक २०१६’ को तयारी तीव्र पारिएको छ । ८० प्रतिशत तयारी पूरा भएको जानकारी क्यान महासंघका केन्द्रीय सदस्य दीपेश पाठकले दिएका छन् । क्यान महासंघले काठमाडौंबाहेक देशका दुई सहरमा क्यान इन्फोटेकको आयोजना गर्ने कार्यक्रम ल्याएको थियो । यसअन्तर्गत फागुन २१ गतेदेखि झापामा र साेही मितिदेखि पाेखरामा इन्फोटेकको आयोजना हुँदैछ । …

Read More »

कम मूल्यमा कार्बनको उत्कृष्ट स्मार्टफोन ‘टिटेनियम म्याच फाइब’

एलाइड ट्रेडलिकं इन्टरनेशनल प्रालिले पानासोनिक तथा काबर्न ब्रान्डका विभिन्न फिचरहरु समावेश गरिएका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । यसमध्ये कार्बन टिटानियम म्याच फाइब (Titanium Mach Five) एक आकर्षक फोन हो, जुन कम मूल्यमा बजारमा उपलब्ध छ । यस स्मार्टफोमा ५ इन्चको डिस्प्ले रहेको छ भने जसमा ७२० ह १२८० पिक्सेल रेजोलुशन छ । स्मार्टफोनमा १६ जिबीको इन्टरनल स्टोरेज (एसडि कार्डमार्फत …

Read More »

२२औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ६५ हजारले गरे अवलोकन

भूकम्प र देशको पछिल्लो संक्रमणकालीन परिस्थितिका बाबजुद पनि यस वर्षको क्यान इन्फोटेक विगतमा भन्दा भब्यताका साथ सम्पन्न भएको छ । आम सर्वसाधारणको दैनिक जनजीवन नै प्रभावित भइरहेको बेला इन्फोटेकमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिताले सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो र जिज्ञासा बढेको क्यानले जनाएको छ । सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित ‘सुबिसु क्यान …

Read More »

इन्फोटेकको आज अन्तिम दिन, कम्पनीहरुले ल्याए विशेष अफर र छुट योजना

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले वर्षेनी गर्दै आएको क्यान इन्फोटेको २२ औं संस्करण ‘सुबिसु क्यान इन्फोटेक २०१६ विथ एशोसिएसन हुवावे’ आज समापन हुदैछ । इन्फोटेकको उद्घाटन माघ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । नाकाबन्दी र देशको जटिल परिस्थितिका बाबजुद पनि उल्लेख्य मात्रामा एक्जिबिटर र भिजिटरको उपस्थिति देखिएकाले यसले आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने हौसला र …

Read More »

माघ २० गतेसम्म हुने क्यान इन्फाेटेक भव्य रुपमा सञ्चालन भइरहेको छ : काेषाध्यक्ष पाेदार

रञ्जित पाेदार कोषाध्यक्ष, क्यान महासंघ २२औं संस्करणको क्यान इन्फोटेक आज पाँचाैं दिनसम्म आउँदा कसरी सञ्चालन भइरहेको छ ? देशको जटिल परिस्थितिका बाबजुद क्यानले गरेको इन्फोटेक सोचेभन्दा भव्य रुपमा सञ्चालन भइरहेको छ । नाकाबन्दी र इन्धन संकटको मारमा कम्पनीहरुले इन्फोटेकमा नया प्रविधि ल्याउन नसक्ने हुन् कि भन्ने चिन्ता थियो । तर, विश्वबजारमा उपलब्ध नया एवं अपडेटेड भर्जनका प्रविधि र सेवा इन्फोटेकमा …

Read More »

फागुन २१ देखि ११ दिनसम्म पाेखरामा क्यान मेला आयोजना हुने

चण्डीप्रसाद अर्याल पूर्व अध्यक्ष, क्यान कास्की मोफसलमा लगातार इन्फोटेक गर्ने जिल्ला कास्की हो र, हामीले आइसिटी क्षेत्रमा गरेको कामको मूल्याकंन गरेर महासंघले क्यान कास्कीलाई अवार्ड दिएको हो । यसपटक पनि हामीले फागुन २१ देखि चैत्र १ गतेसम्म ११ दिनसम्म पोखरामा क्यान मेला गर्दैछौं । हामीले विगतमा ४ दिनमात्र गरेका थियौं । तर मेलामा अवलोकनकर्ताको संख्या केही कम भएको महसुस भएकाले …

Read More »

३ जिबी र्याम भएकाे माइक्रोम्याक्स क्यानभास ५ नेपाली बजारमा, मूल्य २१ हजार ५ सय रुपैयाँ

माइक्रोम्याक्सको नेपालस्थित आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले इन्फोटेकमा आफ्नो विशेष उपस्थिति जनाएको छ । उसले ल्याएको माइक्रोम्याक्स क्यानभास ५ मा अवलोकनकर्ताको प्रदर्शनीमा राखेको छ । १.३ गेगाहर्ज अक्टाकोर मेडियाटेक MT6753 प्रोसेसरबाट चल्ने यसको महत्वपूर्ण फिचर भनेको ३ जिबी र्‍याम र ८ जिबी रोम रहेको हो जसमा इन्टर्नल स्टोरेज १६ जिबी रहेको छ र ३२ जिबीसम्म माइक्रो एसडी कार्डले बढाउन सकिन्छ । माइक्रोम्याक्स …

Read More »

साइबर सेक्युरिटीमा केन्द्रित १६ औ आइसिटी सम्मेलन सुरु, अन्तरास्ट्रिय बिज्ञहरुको उल्लेख्य सहभागिता

कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षा: आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गरेका हुन । सम्मेलनको उद्घाटन गर्दै मन्त्री राईले प्रविधिको विकाससागै विकृती पनि मौलाएकाले यसको समाधानका लागि …

Read More »

इन्फोटेकमा सेलिब्रेटीहरुको आगमन बढ्दो

प्रधानमन्त्री केपि शर्मा ओलीले समुद्घाटन गरेको ईन्फोटेकमा बिशिष्ट व्यक्ति र सेलिब्रटीहरुको पनि उल्लेख्य उपस्थित रहिरहेको छ । आइतबार मेलामा उपप्रधान तथा रक्षामन्त्री भिम रावल, एमाले सांसद पशुपति चौलागाई, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्की लगायतले अवलोकन गरेका छन् । मेला अवलोकन गर्नु हुदै मन्त्री रावलले समृद्ध मुलुक निर्माणका लागि प्रविधिको विकास प्राथमिक पूर्वाधार भएको बताए । त्यस्तै नेकपा एमाले सांसद …

Read More »

२ दिनमा १ लाख २५ हजारले अबलोकन गरे इन्फोटेक, आइतबार ‘बिजनेश डे’

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको क्यान सचिवालयले जनाएको छ । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ८५ हजार २ सय ५ जनाले अवलोकन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । दुइ दिनमा १ लाख २४ हजार ३ सय ८२ जनाले मेलाको …

Read More »