Home / ग्याजेट्स अपडेट (page 31)

ग्याजेट्स अपडेट

एप्पलले आईवाच वनाउने

– एप्पलले अत्याधुनिक घडी आई वाच समेत बनाउने भएको छ । निकै अत्याधुनिक हुने भनिएको सो घडी एप्पलको आइफोन अपरेटिङ सिस्टमबाट सञ्चालित हुनेछ । एप्पलको घडी अरु घडीजस्तो हुने छैन । यसको पछाडिपट्टी एक सिम स्लट हुनेछ, जसको मद्दतबाट घडीवालाले आफ्नै घडीमा इन्टरनेट समेत चलाउन सक्नेछ । साथै यो घडीमा एउटा क्यामेरा पनि हुनेछ, जसबाट केवल फोटो खिच्ने मात्र होइन …

Read More »

स्पाईसको नयाँ स्मार्टफोन बजारमा

– भारतको प्रमुख मोबाइल इन्टरनेट कम्पनी स्पाईस मोबिलिटी लिमिटेडले आफ्नो स्टेलर सीरिजको नयाँ रेन्जं बजारमा ल्याएको छ । स्टेलर सीरिज अन्र्तगत कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ड्युल सिम लाग्ने स्मार्टफोन स्टेलर वच्र्यूसो एमआइ ४९५ तथा स्टेलर पेड एमआई १०१० टैबलेट बजारमा ल्याएको हो । स्पाइसको स्टेलर वच्यूसो स्मार्टफोन ९ दशमलव ४ एमएम मोटाइको रहेको छ भने यो भारतीय बजारमै सवैभन्दा …

Read More »

लेनोभोको टिभी जत्रो ट्याब्लेट पिसी

चिनिया कम्प्युटर निर्माता कम्पनी लेनोभोले २७ इन्चको ट्याब्लेट बजारमा ल्याउने भएको छ । ट्याब्लेटको दुनियामा नयाँ आयाम थप्दै लेनोभोले ४ जनाले एकैचोटी चलाउन मिल्ने विशाल ट्याब्लेट कम्प्युटर ग्याजेटप्रेमी माझ पस्किन लागेको हो । लेनोभोले यो ट्याब्लेटको नाम आइडिया सेन्टर होरिजन टेबल पिसी राखेको छ | विश्वको सबैभन्दा ठूलो कम्प्युटर निर्माता मध्येको एक लेनोभोले ल्याउन लागेको यस ट्याब्लेटको आकार झण्डै टेबुल …

Read More »

सोनीको ‘वाटरप्रुफ’ मोबाइल बजारमा

मोबाइल फोन उत्पादक कम्पनी सोनीले एक यस्तो स्मार्टफोन बजारमा ल्याएको छ । जसलाई पानीको कुनै खतरा छैन । उक्त फोनलाई मज्जाले धुन सकिन्छ भने नुहाउँदाको समयमा पनि मज्जाले प्रयोग गर्न सकिन्छ । यसलाई, मोबाइल इन्सोरेन्स कम्पनि बाहेक अरु सबैलाई यो खुसिको खबर भनेर कति वेबसाइटले समाचार दिएका छन् | सोनीले उत्पादन गरेको यस्तो फोनअघि पनि जापानमा भने पानीबाट सुरक्षित हुने …

Read More »

गुगलले सस्तो ट्याबलेट ल्याउने

– ट्याब्लेटप्रति देखिएको आकर्षणलाई हेरेर गुगलले सस्तो दामको ट्याब्लेट ल्याउने भएको छ । त्यसका लागि गुगलले कम्प्युटर हार्डवेयर उत्पादक असुससँग सहकार्य गर्न लागेको छ । नेक्सस–७ का रुपमा आउने नयाँ ट्याब्लेट सन् २०१३ को पहिलो त्रैमासमा नै बजारमा उपलब्ध हुन थाल्नेछ । ट्याब्लेटलाई सस्तो बनाउन गुगलले चिनियाँ प्रविधि उत्पादक ओ फिल्मसँग ट्याब्लेटका लागि स्क्रिन उपलब्ध गराउन भनेको छ । चिनियाँ …

Read More »

यस्तो हुनेछ आइफोन – ६

एप्पलको आइफोन, यो फोनको मोडलसँग अधिकांश मानिसहरु आफ्नो शान र सौकतलाई जोडेर हेर्छन्। आइफोन बोक्ने मान्छे हुँ, यो फोटो आइफोनबाट खिचेको वा अपलोड गरेको भनेर फेसबुकमा स्टाटस लेख्ने कारण पनि त्यही आइफोनसँग जोडिएर आफूलाई अरु भन्दा उँचो देखाउँ भन्ने मानसिकताले हो। नेपालका केही मात्र होइन विश्वका धेरै मुलुकका युवा तथा ग्याजेट प्रेमीहरु आइफोनसँग आफूलाई जोड्नमा गर्व मान्छन्। त्यसैले त आइफोनको …

Read More »

गुगलले मोटोरोला एक्स–फोन र ट्याबलेट ल्याउने

एप्पल र सामसुङले लिएको बजार लिने मनसायका साथ गुगल मोटोरोलाको ‘एक्स फोन’ का साथ बजारमा आउने वाल स्ट्रिट जर्नलले जानकारी दिएको छ । एप्पल र सामसुङको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धामा आउनका लागि सन् २०१२ को मे महिनामा गुगलले १२.५ बिलियन डलरबापत् मोटोरोला कम्पनी किनेको छ । मोटोरोलाले तयार पारेको जर्नलका अनुसार, उत्पादित वस्तुहरु भेराइजन वायरलेसमार्फत बिक्रि गर्ने बताइएको छ …

Read More »

बन्द भयो ‘प्ले स्टेशन टू’ !

सोनीले आफ्नो सबैभन्दा बढी बिक्री हुने उत्पादन ‘प्ले स्टेशन टू’ (पीएसटू) बन्द गरेको छ । पीएसटू एक प्रकारको ग्याजेट हो र बच्चाहरुमा एकदमै लोकपि्रय छ । यसमा विभिन्न प्रकारका खेल खेल्न सकिन्छ ।   सन् २००० मा सबैभन्दा पहिला जापानमा पीएसटू लन्च गरिएको थियो । त्यसपछि अहिलेसम्म करिब १५ करोड सेट बिक्री भइसकेकेको छ । पीएसटू यति लोकपि्रय भयो कि …

Read More »

सोनीले १२ मेगापिक्सलको स्मार्टफोन ल्याउदै

– सोनीको ७२० पिक्सल सपोर्ट एचडी स्मार्टफोन बजारमा आइसकेको छ । फेरीपनी सन् २०१३ मा सोनीले १०८० पिक्सलको एक्सपीरिया जेड स्मार्टफोन लञ्च गर्ने भएको छ ।  सोनीले उच्च क्षमताको फिचर भएको स्मार्ट फोन बजारमा ल्याउन लागेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त स्मार्टफोनमा २ जिवी र्याम,१२ मेगापिक्सल रियल क्यामरा,१ दशमलव ५ गीगाहर्ज ओएसको साथ एन्ड्रोइड ४ दशमलव १ जेली वीन …

Read More »

सामसुङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ग्राण्ड’

मोबाइल उत्पादनमा अग्रणी कम्पनी सामसुङले एन्ड्रोइड 4.1 (जेलीबीन) अपरेटिङ सिस्टममा चल्ने नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ग्राण्ड’ बजारमा ल्याउने घोषणा गरेको छ । यद्दपी कम्पनीले अहिले यसको मूल्यका बारेमा भने केही बताएको छैन । सामसुङको यो नयाँ स्मार्टफोनमा ५ इन्चको डिस्पले साइजको तुलनामा रिज्योलूशन क्वालिटी भने केही कम रहेको छ । रिज्योलूशन क्वालिटी कम भएका कारण यसको मूल्य ग्यालेक्सी नोटको तुलनामा निकै …

Read More »