Home / आइसिटी समाचार (page 20)

आइसिटी समाचार

एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी थालेको हो । व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो समयदेखि एनसेलको फोरजी अनुमति रोकिएको थियो । संसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताको …

Read More »

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फी ट्रेण्डलाई बढावा दिने 

क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोन …

Read More »

‘वर्डप्रेस र साइबर सेक्युरिटी’ विषयक वर्कशप सम्पन्न

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी–नेपाल) ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा वर्डप्रेस र साइबर सेक्युरिटी विषायक वर्कशप सञ्चालन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमा किशोरीहरुलाई सशक्तिकरण गर्ने मूल उद्देश्यले काभ्रेको बनेपास्थित आइटी पार्कमा वर्कशप सञ्चालन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथ्यि सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र कुमार मिश्रले ग्रहण गरेका थिए भने कार्यक्रमको अध्यक्षता एसाआइसिटीका अध्यक्ष बालकृष्ण अधिकारीले …

Read More »

आइसिटीमा माहिला सशक्तिकरणका लागि ‘गिट’ र ‘गिटहब’ वर्कशप आयोजना हुँदै

महिला सशक्तिकरणका लागि नयाँ बानेश्वरस्थित सफ्टवेर कम्पनी बिट्सइन्नोभेसन प्रा.लि.ले नेपाल दूरसञ्चार प्राधिकरणसँगकाे सहकार्यमा ‘गिट’ र ‘गिटहब’ वर्कसप आयोजना गर्ने भएको छ । वर्कसप वैशाख २३ र २४ गते बबरमहलस्थित किङ्ग्स कलेजमा आयोजना हुनेछ । यसअघि जाङ्गो ह्याकथन र जाङ्गो गर्ल वर्कशप सफलतापूर्वक आयोजना गरिसकको बिट्सइन्नोभेसनले छात्रा विद्यार्थीहरुलाई सिपमूलक ट्रेनिङ प्रदान गर्न ‘गिट’ र ‘गिटहब’ वर्कसपको आयोजना गर्न लागिएको कुरा कम्पनीका सिओओ …

Read More »

टेलिकमले भूकम्प प्रभावित जिल्लाहरुमा  द्रुत गतिको इन्टरनेट सेवा पुर्याउने

भूकम्पबाट अति प्रभावित जिल्ला मध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच बैशाख २१ गते सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले एक …

Read More »

क्यान महासङ्घको रजत महोत्सव र अाइसिटी डे : ३ विधामा अाइसिटी अवार्ड प्रदान

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आफ्नो वार्षिकोत्सव रजत महोत्सवको रूपमा मनाएको छ । स्थापना भएको २५ वर्ष पूरा गरी २६औं वर्षमा प्रवेश गरेको अवसरमा महासङ्घले मङ्गलवार विभिन्न कार्यक्रम गर्दै रजत महोत्सव मनाएको हो । रजत वर्षको अवसरमा महासङ्घले सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न ३ विधामा पुरस्कारसमेत प्रदान गरेको छ, जसअनुसार सूचना तथा प्रविधिविज्ञ मनोहरप्रसाद भट्टराई यस वर्षको आईसीटी …

Read More »

नयाँ शक्तिको घोषणापत्र : स्मार्ट गाउँपालिका निर्माणदेखि भू–उपग्रह सञ्चालन गर्ने प्रतिबद्धता

आर्थिक समृद्धिको नारा लिएर गठन गरिएको नयाँ शक्ति पार्टीले आसम्म स्थानीय निकायको चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले प्रविधिलाई उच्च प्राथमिकता दिदै घोषणापत्र ल्याएको दाबी गरेको छ । उसले स्मार्ट गाउँपालिका निर्माणदेखि देशकाे सुरक्षाका लागि भू–उपग्रह सञ्चालन गर्ने सम्मकाे याेजना ल्याएकाे छ । नयाँ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे लक्ष्यहरू तय …

Read More »

कल बाइपासमा संलग्न दुईजना भारतीय नागरिक झापामा पक्राउ

दमक : कल बाइपासमा संलग्न दुईजना भारतीय नागरिकलाई झापाको दमकबाट उपकरणसहित पक्राउ गरेको छ।आइतबार राति करिब ११ बजे दमकको साविक वडा नं १० स्थित डिल्ली लिम्बूको घरमा डेरा लिएर बसेका भारतको कोलकाताका २५ वर्षीय अमन सिंह र राजा देवेन्द्रनारायण देव रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनीहरुको साथबाट कुल १ सय ८८ वटा नेपाल र भारतका मोबाइल सीम, राउटर, …

Read More »

विकास समितिले भन्यो, ‘एनसेलको फोरजी सेवा नरोक’

‘आम उपभोक्ताको अधिकार हनन् हुने गरी’ एनसेलको थ्रिजी र फोरजी सेवा विस्तार नरोक्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले लामो समय हुँदासम्म निर्धारण गर्न नसक्न तर त्यसैका नाममा खुला अर्थतन्त्रको मर्मविपरीत कुनै एक कम्पनीलाई सेवामा वञ्चित गर्न नहुने भन्दै विकास समितिले एनसेलसँग कर उठाउने प्रक्रिया अघि बढाउँदै सेवा विस्तारलाई पनि अनुमति दिन सरकारलाई निर्देशन दिएको हो । …

Read More »

अब अनलाइनबाटै नक्सामा हस्ताक्षर

वैशाख १८ । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए …

Read More »