Home / आइसिटी समाचार (page 3)

आइसिटी समाचार

७ महिना बितिसक्यो, किन आएन चिनियाँ इन्टरनेट ?

नेपाल टेलिकमले ल्याउने भनको चनियिाँ इन्टरनेट अझै अनिश्चित बनेको छ । कहिले हिउँ परेको समस्या र कहिले कामदारको मृत्युलाई कारण देखाउँदै चिनियाँ इन्टरनेट नेपाल भित्रिन सकेको छैन । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा मंसिर २१ गते व्यावसायिक सम्झौता भएको थियो । टेलिकमले केही हप्ताअघि जेठ १८ अर्थात् जुन १ देखि रसुवा नाका …

Read More »

एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो । वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उसको भविष्य निर्माण गर्दछ । तर अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा +२ गर्ने हुन्, विद्यार्थीलगायत अभिभावकका लागि …

Read More »

एनपिएनओजीले असार १ देखि काठमाडौँमा आइटी कन्फरेन्स र वर्कसप गर्दै

इन्टरनेट  सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नटवर्कअपरेटर्स ग्रुप (एनपिएनओज)ले आउँदो असार १ देखि ४ गते सम्म एनपिएनओजी–२ नामक ४ दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिकोक्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरु बिच यसक्षेत्रमा विश्वमा भइरहेका उत्कष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ताप्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् । काठमाडौँमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो तीन दिन प्राविधिक विषयवस्तुहरुसमावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ भने चौथो तथा अन्तिम दिन सम्मेलन आयोजना गरिने छ। कार्यशाला गोष्ठि होटल यल्लो प्यागोडामा आयोजना हुनेछ भने सम्मेलन मल्ल होटलमा आयोजनागरिने छ । तीन दिने कार्यशाला गोष्ठिमा विभिन्न तीन विषयमा छलफल एवं कार्यपत्र प्रस्तुत गरिनेछन् । पहिलो विषयमा IPv4/IPv6 मा नेटवर्क डिजाईन, दोश्रो विषयमा नेटवर्क अनुगमन एवंव्यवस्थापन तथा तेश्रो विषयमा अप्टिकल फाइबर नेटवर्क डिजाईन रहेको छ । कार्यशाला गोष्ठिमा एनपिएनओजीका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुलेसहभागीलाई ज्ञान एवं सीप आदानप्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहको अन्तिम वर्षमाअध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायकहुनेछ । गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटकोव्यवस्था गरिएको छ । यसैगरी कार्यक्रममा सहभागीताकोलागि छात्रवृत्ती समेत दिइने छ जसमा ४०प्रतिशत महीला सहभागी शुनिश्चित गरिएको छ । कार्यक्रमको अन्तिम दिनमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचारप्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्यमुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवंसरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् । सम्मेलनको मुख्य वक्ताका रुपमा फेसबुककाप्रतिनिधी म्याट जान्सेन रहेनछन् । एनपिएनओजीका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिकोविश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ। कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाईदुरसंचार प्राधिकरण, कम्प्युटर महासंघ, इन्टरनेट सेवा प्रदायक संघ, एनआरइएन रआईएसओसीले साथ दिएका छन् ।

Read More »

६० प्रतिशत जनसंख्यामा एनसेलको हाइ स्पिड मोबाइल इन्टरनेट आउँदै

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउन आफु तयार भएको जनाएको छ । कम्पनीले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गर्ने तयारीमा रहेको जनाएको छ । प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा …

Read More »

५ महिनामा टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ७४ हजार

नेपाल टेलिकमले फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ७४ हजार पुगेका जनाएको छ । टेलिकमले फोरजी सेवा शुरु गरेको ५ महिनामा फोरजी प्रयोगकर्ता ५ लाख ७४ हजार पुगेका हुन् । टेलिकमको प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी रहेको जनाएको छ । टेलिकमले पोष्टपेडमा सेवा शुरु गरेको १ महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएको थियो । प्रिपेडबाट फोरजी चलाउनेको …

Read More »

लैंगिक समनाताका लागि ५ मिनेट भिडियो सार्वजनिक (भिडियो)

एन्टेना फाउन्डेसन नेपालले लैंगिक समानता अभिबृद्धीका लागि पाँच मिनेट नामक भिडियो सार्वजनिक गरेको छ । ललितपुरमा सोमबार एक समारोहका बीच लैंगिक विभेदको अन्त्य गर्ने उद्देश्यका साथ निर्माण गरिएको चेतनामुलक भिडियो सार्वजनिक गरिएको हो । पाँच मिनेटको चेतनामुलक भिडियोका प्रत्येक भागहरु प्रत्येक हप्ता संस्थाको युट्युव च्यानल तथा फेसबुक पेजबाट प्रशारण गरिने लक्ष्य लिइएको छ । घरका महिला सदस्यले गर्ने कामलाई विभिन्न …

Read More »

एनसेल लाभकर प्रकरण : के अब अन्त्य भएकै हो ?

बहुचर्चित एनसेल लाभकर प्रकरण पछिल्लो समय झनै चर्चामा छ । पुँजीगत लाभकर कुनै हालतमा नतिर्ने बताउँदै आएको एनसेल अन्ततः आफ्नो अडानबाट पछि हट्यो । ठूला करदाता कार्यलयको निर्देशनबमोजिम आइतवार विक्रेताका तर्फबाट थप अग्रिम करबापत १३ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेसँगै अब करको विषय टुङ्गिएको निष्कर्ष एनसेलको छ । एनसेल नेपालकै ठूलो करदाता हो । पूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल …

Read More »

प्यारालाइसिसका बिरामीका लागि मोबाइल एप बनाउदै महावीर, यस्ता हुनेछन् विशेषता

सूचना प्रविधि अभियन्ता महावीर पुनले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रले प्यारालाइसिसका बिरामीका लागि उपयोगी मोवाइल एप बनाउने निर्माण गर्ने भएको छ । यस्ता बिरामीले दिमागले सोचेर एपमार्फत् सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने छन् । ओछ्यानमा थलिएका बिरामीले दिमागले सोचको कुरा मोवाइल एपमा आउने सफट्वेयर निर्माणको काम अगाडि बढाइसकेको जानकारी महावीरले दिएका छन् । उनका अनुसार एप निर्माणका लागि केन्द्र र …

Read More »

एलजी टीभीको खरिदमा दुई वर्ष वारेन्टी

एलजी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इेलेक्ट्रोनिक्सले एलजी एलईडी टीभीको खरिदमा दुई वर्ष वारेन्टी प्रदान गर्ने भएको छ । कम्पनीले अहिले चलिरहेको आईसीसी च्याम्पियन ट्रफ्री २०१७ को अवसर पारेर उक्त योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले २४ इन्चभन्दा माथिका नर्मल र स्मार्ट टीभीको खरिदमा दुई वर्ष वारेन्टी पाउने भएका छन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागिमात्र …

Read More »

मे २ लाइ राष्ट्रिय आइसिटी दिवसको रुपमा मनाइने सरकारी निर्णय

विगत ७ वर्षदेखि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले मे २ लाइ आइसिटी दिवसका रुपमा मनाउदै आइरहेको छ । उक्त दिनलाइ सरकारले पनि आधारिक मान्यता दिदै अब हरेक वर्ष मे २ राष्ट्रिय स्तरबाट आइसिटी दिवसको रुपमा मनाइने भएको छ। क्यानले आफ्नो स्थापना दिवसको दिनलाइ आइसिटी दिवसमा मनाइरहेको सन्दर्भमा यहि शुक्रवार मन्त्रिपरिषदको बैठकले यसलाइ अनुमोदन गरेको हो । बिज्ञान तथा प्रविधि मन्त्री …

Read More »