Home / Featured / फिनटेक इन्डस्ट्रीका चेन्जमेकर : बालकृष्ण जोशी

फिनटेक इन्डस्ट्रीका चेन्जमेकर : बालकृष्ण जोशी

downloadज हामी यस्ता उद्यमीको कथा लेख्दै छौं, जो अमेरिकामा बिजनेश पढेर नेपालमा खसीबोका बेच्न थाले । विदेशमा पाएका प्रशस्त अवसरलाई लत्याउँदै आफ्नै देशलाई कर्मथलो बनाए र यहाँका समस्यामै अवसर देखे । अमेरिकाबाट आफ्ना परिवार र आफन्तलाई खसीबोका उपहार पठाउने सुविधा दिएका उनी नेपालमा पहिलोपटक ग्लोबल कन्सेप्टको ई–कमर्स भित्र्याउन सफल भए । आजकल डिजिटल रेमिट्यान्स सिष्टम निर्माणको अन्तिम चरणमा रहेका उनी आइटी र बिजनेश क्षेत्रका लागि उदाहरणीय बनिरहेका छन् । प्रविधिमैत्री बिजनेशमा नयाँ र साहसिक कार्य गरिरहन रूचाउने उनै संघर्षशील र जुझारू युवा हुन्, ठमेल डटकम (ठमेल रेमिट) र माकनेट टेक्नोलोजिजका सहसंस्थापक बालकृष्ण जोशी । लिभिङ विथ आइसिटीका लागि जोशीको व्यावसायिक जीवनलाई यसरी प्रस्तुत गरेका छन् ः

बुबा कृष्णमान र आमा सीताको सन्तानका रूपमा काठमाडौंमा बालकृष्ण जोशीको जन्म भएको हो । व्यापारिक पृष्ठभूमिको परिवारमा हुर्किएका जोशी सानैदेखि चञ्चल स्वभावका थिए । बुढानीलकण्ठ स्कुलबाट एसएलसी (१९९८) र ओ लेभल (१९९०) सम्म अध्ययन गरेका उनी भन्छन्, ‘पढाइमा औसत थिएँ, तर स्कुलका अतिरिक्त क्रियाकलापहरूमा निकै सक्रिय हुन्थें ।’ ओ लेभलपछि उनी अमेरिकास्थित लेविस एन्ड क्लार्क कलेजमा छात्रवृत्तिमा बिबिए पढ्न गए ।

अमेरिकामा ग्राजुएसन गरिरहँदा उनी त्यहाँको फुड सर्भिस कम्पनी सिस्कोमा जागिर गर्थे । काम थियो प्याज छोड्याउने । ‘दिनको १६ देखि १८ घन्टासम्म प्याज छोड्याउनुपथ्र्यो । आँखाबाट यति आँसु आउँथ्यो कि आँसु आउँदाआउँदा आँखाबाटै आसु नै सुक्थ्यो । त्यतिबेलै रियलाइज गरें अनि आफैलाई सोधें म कहाँ छु के गर्दै छु ? १८ घन्टासम्मको अर्काको जागिरले मलाई पोल्यो अनि काम छोडें ।’img_0861

उनले ग्राजुएसनपछि कर्पोरेट वल्र्ड, मोर्गन स्ट्यान्लीजस्ता कम्पनीमा आकर्षक तलबमा पनि काम गरे । ‘तर, मन लोभिएन । त्यहाँको लाइफस्टाइल मैले चाहेजस्तो थिएन । अनि सोचेँ, मेरो कामको बोस मै बन्नुपर्छ, भाग्य आफ्नै मुठ्ठीमा राख्नुपर्छ,’ उनले भने । नेपाल फर्किए । आफ्नै बुबाको व्यापारलाई पछ्याउने सोच थिएन वा उनले यसो गर्नुलाई ‘ब्याक क्लास’ महसुस गरे । ‘आफैले केमा बिजनेश स्टार्ट गर्ने निधो भइसकेको थिएन । त्यो बेला चौधरी ग्रुपका लागि घरघरमा बियर सेल्स गर्ने जागिर गरेँ । यसको मतलब मैले नेपालमा गरेको जागिर भिक्टिमाइज हुन होइन केही सिक्ने प्लाटफर्म होस् भन्ने सोचेको थिएँ । अमेरिका पढेर आएको ३५ सय रुपैयाँमा रोड रोडमा बियर बेच्दै हिँडेको छ भन्ने पनि सुनेँ । केही समय कुखुरा फार्ममा पनि काम गरें र केही सोसल वर्क पनि गरें,’ उनले भने । यसपछि पुनः अमेरिका गएका उनले नेपाली पस्मिनाको व्यापार गर्न थाले । सुरूमा राम्रै भए पनि त्यो दिगो हुन सकेन । ‘भौतारिँदै सानप्रान्स्किो पुगे, जहाँ इन्टरनेट (डटकम) बुम हुँदै थियो । त्यहाँको ई–कमर्सको ट्रेन्डलाई मलाई पनि यसैमा लाग्न प्रेरित ग¥यो,’ उनले सुनाए ।

संघर्ष त भनिसाध्य छैन । ठमेल डटकम सुरू गर्दा न अहिलेजस्तो इन्टरनेट ब्यान्डविथ थियो, न त सोसल नेटवर्किङ टुल्स नै । विस्तारै हरेक कस्टुमरको निडलाई परा गर्यौं । वर्ड अफ माउथबाट नै यहाँसम्म टिक्यौं ।

परिवारसँगको सेन्टिमेन्टमा जोडिन ठमेल डटकम
logoत्यतिबेला उनी मात्रै होइन, धेरै युवाहरू काम वा अध्ययनका लागि विभिन्न देश जाने ‘ट्रेन्ड’ नै बसेको थियो । घरदेखि टाढा अरूको देशमा पुगेका जोशीलाई परिवारसँगको सेन्टिमेन्टमा जोडिन मुस्किल पथ्र्यो । ‘नेपालमा भर्खरै इमेल सेवा भित्रिएको थियो । फोन कल निकै मह“गो थियो,’ अमेरिकी बसाइ सम्झिँदै उनी भन्छन्, ‘त्यतिबेलै मैले नेपालसँग अट्याच हुने सेन्टिमेन्टको आवश्यकता महसुस गरेँ ।’ लाखौं नेपालीहरू कुनै न कुनै बहानामा नेपालबाहिर छन् । आफन्तसँग गफ गर्ने सहज माध्यमसमेत नभएको त्यो बेला अझ विदेशबाट उपहार पठाउनको लागि आफ्नो परिवारसँगै रहन कसलाई पो रहर नहोला ! भन्छन्, ‘टाढा हुनुको पीडा एकदमै नमज्जा हुँदो रहेछ । यही पीडामा मैले अवसर देखेँ, परिवार र परदेशीको सेन्टिमेन्ट जोड्नुपर्ने आवश्यकता देखें ।’ र, जन्मियो ठमेल डटकम । यो कुरा सन् १९९९ को हो । तर, औपचारिक रूपमा ठमेल डटकम त्यसको २ वर्षपछि सुरू भयो । ‘पहिला त आफ्नै आवश्यकता पूरा गर्ने आशयले यो अनलाइन कमर्स सुरू गरें । यो कामको ग्राहक म स्वयम् थिएँ । समय परिवर्तनसगै यसैलाई आफ्नो व्यवसाय बनाउन पुगेँ,’ उनले भने ।

सुरूवाती कथाimg_0865
धेरै सोच र योजनाका साथ उनले ठमेल डटकम सुरू गरेका होइनन् । सुरूवाती संघर्ष सम्झिँदै उनी भन्छन्, ‘संघर्ष त भनिसाध्य छैन । ठमेल डटकम सुरू गर्दा न अहिलेजस्तो इन्टरनेट ब्यान्डविथ थियो, न त सोसल नेटवर्किङ टुल्स नै । विस्तारै हरेक कस्टुमरको निडलाई परा गर्यौं । वर्ड अफ माउथबाट नै यहाँसम्म टिक्यौं ।’ उनको ठमेल डटकमले सुरूमा कुशेऔंशी, आमा अाैंशी,  जन्मदिनजस्ता विशेष दिनमा अमेरिकाबाट आफन्तलाई सिडी, केक, फलफूललगायतका गिफ्टहरू पठाउने व्यवस्था ल्यायो । ‘भ्याउनै नसक्ने गरी अर्डर आउन थाल्यो । तर, हिसाब गर्दा त्यति नाफा भने हुुँदैनथ्यो,’ उनी सम्झन्छन्, ‘रेगुलर ट्रान्जेक्सन भए पनि प्रफिट खासै नहुने ।’ तर, बालकृष्णको बिजनेश त्यतिबेला मोडियो जब अमेरिबाट गिफ्ट मात्रै होइन पैसा पनि पठाउने सुविधा दिए । ‘नेपालीले गिफ्टसँगै पैसा पनि पठाउन चाहेका रहेछन् । पैसा पठाउन सजिलो हुने, लजिस्टिक पनि कम तर मार्जिन बढी हुने भएकाले बिजनेश अपेक्षा गरेभन्दा राम्रो हुन थाल्यो,’ उनले सुनाए ।

बिजनेश फेल र कमब्याक
ठमेल डटकम ११ वर्ष पार गर्नै लाग्दा फुल फेजमा सञ्चालन भइरहेको थियो । कम्पनीले राम्रै टर्नओभर दिइरहेको थियो । तर, सन् २०१२ मा अमेरिकाको रेगुलेटरी फ्रेमवर्क परिवर्तन भयो । यसको सीधै धक्का ठमेल डटकमलाई पनि पुग्यो । अमेरिकाबाट नेपालमा क्यास पठाउने सुविधा दिएको कम्पनीले राम्रै नाफा कमाएको थियो । ‘तर, डिजिटल पैसाको मात्रै कारोबार हुनुपर्ने नियम आएपछि हाम्रो व्यवसाय धरापमा पर्यो,’ उनले भने । नयाँ नियम आधुनिक भए पनि बालकृष्णको टिम त्यसमा रूपान्तरण हुन सोचेजस्तो सरल थिएन । ‘यो बिजनेश निश्चित समयका लागि बन्द गर्यौं । जुन हाम्रो सफलता थियो र जहाँबाट हामी बिजनेशमा असफल भयौं, यसैबाट मैले एउटा फर्मुला बनाएँ, ह्वाट अ सोलुसन,’ आफ्नो बिजनेश मोडल परिवर्तन हुँदाखेरिको अवस्था सम्झँदै उनले भन्छन्, ‘अमेरिकामा भर्खरै सुरू भएको डिजिटल इकोनोमीको सिष्टम अन्य देशमा पनि विस्तार हुन्छ । अब म इन्टरनेश्नल्ली काम गर्न चाहन्छु । यसको लागि इन्टरनेशनल टिम नै चाहिन्छ । यसर्थ हाम्रो अर्को कम्पनी लिपफ्रग टेक्नोलोजिजका सिइओ हिमाल कर्माचार्यसँगको सहकार्यमा डिजिटल पेमेन्टको सफ्टवेयर बनाउन लाग्यौं । धेरै लगानी चाहिने भएकाले आउटसोर्सिङ र गोजीको पैसा राखेर प्रडक्टमा इन्भेस्ट गर्यौं । त्यही प्रडक्ट जुन अमेरिकाबाट दोस्रो मुलुकमा पैसा लाने सफ्टवेयर थियों । परिणामस्वरूप त्यही इनकमले हामी फेरि ब्युतियौं र रेमिट व्यवसायमा अग्रसर भयौं ।’ उनको ठमेल रेमिट डटकमबाट शुन्य लागतमा विदेशबाट नेपालमा पैसा पठाउन सकिन्छ ।capture

फिनटेकका चेन्जमेकर : ठमेल डटकमदेखि माकनेटसम्म
ई–कमर्सबाट सुरू भएको उनको व्यवसाय अहिले अनलाइन रेमिट्यान्स कम्पनी माकनेटसम्म आएको छ । उनी फाइनान्स र टेक्नोलोजी इन्डष्ट्रीलाई नेपालमा चिनाउन लागिपरेका छन् । युएसबेस्ड कम्पनीका रूपमा उनको टिमले अनलाइन रेमिट्यान्समा काम गर्न माकनेट टेक्नोलोजिज स्थापना गरेको हो । यसले कुनै पनि लिगल फाइनान्सियल इन्ष्टिच्युसन होस् या कुनै पनि नेटवर्कसँग एसोसिएटेड भएको होस्, उसलाई सहयोग पुर्याउने उद्देश्य ल्याएको छ । ‘अब रेमिट्यान्सका लागि वेस्टर्न युनियन, मनिग्रामजस्ता कम्पनीहरूको ढोका ढकढक्याउनुपर्दैन, तपाईंले खाता खोल्नुभएको बैंकबाटै रेमिट्यान्स सेवा मिल्ने गरी सिष्टम तयार पारेका छौं,’ उनले भने, ‘यसको यात्रा २०१० बाटै सुरू भएको हो । मलाई थाहा थियो कि सन् २०१२ मा अमेरिकाको रेगुलेटरी फ्रेमवर्कमा परिवर्तन आएपछि आफ्नो बिजनेश बन्द हुन्छ, यसर्थ उनले सन् २०१० मै यसको प्लान गरिसकेको थिएँ । खासमा २०१३ को मार्चमा लाइभ हुनुपर्ने हो, तर सम्पूर्ण तयारी सकी हालसालै मात्र सुरू गरेका छौं ।’ यसका लागि उनी इन्टरनेशनल रुपमा फन्ड संकलन गर्न लागिपरेका छन् । ‘अब २/४ लाखले मात्रै पुग्दैन, यसर्थ मेरो मुख्य काम नै लगानी जुटाउनुमा केन्द्रित भइरहेको छ ।’

आन्ट्रप्रेनरका लागि काम जागिर होइन, तपस्या हो । यो तपस्या भंग हुन नदिन आफै चनाखो हुनुपर्छ ।

२०१७ सम्ममा सबै स्टाफ शेयर होल्डर
अर्को वर्षको अन्त्यसम्म ठमेल डटकम, लिपफ्रग र माकनेट गरी डेढ सयजना कर्मचारीलाई नै बिजनेश पार्टनर बनाउने महत्त्वाकांक्षी योजना उनले अगाडि सारेका छन् । ‘सबैले मिलेर काम गर्नुपर्छ । मैले कुनै कम्पनी सुरू गरें, फन्ड गरेँ र साहू भएर बस्छु भन्ने दिन अब गए । आइटी वा ननआइटी कुनै पनि कामका लागि इन्स्टिच्युसनाइज अबको मुख्य आवश्यकता हो,’ उनले भने ।

‘आन्ट्रप्रेनरका लागि काम तपस्या’
हार्डवर्क र डेडिकेशनले नै मानिसलाई सफलता दिलाउने उनी बताउँछन् । आइडिया मात्रै होइन, तन, मन र धन दिन सक्नुपर्छ । ‘आन्ट्रप्रेनरका लागि काम जागिर होइन, तपस्या हो,’ उनी भन्छन्, ‘यो तपस्या भंग हुन नदिन आफै चनाखो हुनुपर्छ ।’ परिवार, साथीभा वा अफिसमा आफ्नो फरक फरक भूमिका हुने भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्ने खुबी आन्ट्रप्रेनरमा हुनुपर्ने उनको भनाइ छ । उनले आफ्नो जीवनका सूत्र ‘प्यासन’लाई मान्छन् । ‘त्यो प्यासन आइडेन्टिफाई गर्नुअघि आफ्नो आइडेन्टिटी खोज्नुपर्छ । म को हुँ, मेरा गोल के हो भन्ने प्रश्न तपाईंले लिएर हिँड्न सक्नुभएन भने करोडौं कमाउनुहोस्, जीवनमा सन्तुष्ट हुन सकिँदैन ।’ आइटी व्यवसयामा लाग्न भिजन ठूलो हुनुपर्ने मान्यता उनको छ । नेपाली क्लाइन्टका लागि मात्रै काम गर्छु भन्यो भने सफल बन्न नसकिने बताउँदै ग्लोबल कन्सेप्टमा काम गर्नुपर्नेमा उनको जोड छ । ‘म नेपालमै बसेर ग्लोबल कम्पनी लागिपरेको छु, यस्तै सपना ममुनिका भाइबहिनीलाई पनि देख्न प्रेरित गरिरहेको छु,’ उनले भने ।

प्रस्तुति : शिव बस्नेत

usa

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *