Home / Featured / सूचना प्रविधिबिनाको जीवन अँध्यारोमा बसेर लेख्नु जस्तै हो : झमक घिमिरे

सूचना प्रविधिबिनाको जीवन अँध्यारोमा बसेर लेख्नु जस्तै हो : झमक घिमिरे

लिभिङ विथ आइसिटीको ‘च्याटिङ विथ सेलिब्रेटी’मा मदन पुरस्कार प्राप्त चर्चित आत्मकथा ‘जीवन काँडा कि फूल’ की लेखिका झमक कुमारी घिमिरेसँग कुरा गरेका छौं । जन्मँदै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने झमक कुमारीको २ खुट्टाको ३ औंलामात्र चल्छ । औपचारिक शिक्षा पाउन नसकेकी उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छन । प्रति-मष्तिस्क रोगद्धारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान् साहित्यकारमध्य एक हुन् । एक कार्यक्रमको सिलसिलामा काठमाडौं आउँदा झमकसँग लिभिङ विथ आइसिटीकर्मी शिव बस्नेतले सोधेका प्रश्नको उत्तर उनले यसरी लेखिन् :

 

तपाईको जीवनमा सूचना प्रविधिको महत्व के छ ?
मेरा लागि सूचना प्रविधिविनाको जीवन अँध्यारो बसेर लेख्नु जस्तै हो ।

तपाइले पहिलोपटक कुन मोबाइल चलाउनु भयो ?
थाहा छैन मलाई । किनभने मैले १/१ वर्ष वा ६/६ महिनामा मोबाइल फेरिरहेँ ।jhamak kumari ghimire

अहिले कुन मोबाइल चलाउनुहुन्छ ?
साथीले उपहारस्वरुप दिएको हुवावे मोबाइल चलाएकी छु ।

मोबाइलका लागि दिनमा औसत खर्च कति गर्नुहुन्छ ?
मेरो खर्च बढी छ । तर मैले आफैले कमाएकी छु । बाउआमासँग माग्दिनँ । मोबाइलमा महिनाको त्यस्तै १५ सयदेखि २ हजारसम्म खर्च हुन्छ ।

दिनको कति समय इन्टरनेटलाई छुट्याउनु भएको छ ?
मेरो घर अल्लि कोल्टो ठाउँमा छ । यता इन्टरनेटको नेटर्वक छैन । त्यसैले राम्ररी चलाउन पाएकी छैन ।

तपाइको आफ्नै फेसबुक एकाउन्ट छ ?
मैले खोलेको ४ महिना भयो । जसमा ५ हजार साथीमात्रै बनाउन मिल्दो रहेछ । त्यो पुगिसक्यो । अब पेज खोल्नुपर्नेछ ।

तपाईको जीवनमा आधारित चलचित्र बन्ने खबर आएको छ नि ?
हो । मैले ४/५ पटक चलचित्रको कथावस्तु हेरेँ । नपुगेको थपेँ र बढी भएको हटाइदिएँ अनि चलचित्र बनाउन स्विकृति दिएँ । आशा छ, राम्रै बन्ला ।jhamak ghimire 2

असामान्य शारीरिक अवस्था भएर पनि यसरी लोकप्रिय हुन्छु होला भनेर कहिल्यै सोच्नु भएको थियो ?
कलम बोकेर यसको दुरुपयोग गर्दिन र समाजलाई अलिकति चेतना दिन्छु भनेर सोचेकी थिएँ । तर, ठूलो साहित्यकार हुन्छु र पुरस्कार पाउँछु भन्ने आकांक्षा कहिल्यै राखिनँ र राख्दिनँ पनि ।

आगामी योजना के छ ?
भाई, म योजनाविहिन मान्छे ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *