Home / Featured / नेपालमा नेट न्युट्रालिटी, सुरू भयाे बहस

नेपालमा नेट न्युट्रालिटी, सुरू भयाे बहस

16809893_1229774940405561_2107836256_nएनसेलले फागुन पहिलो साता आफ्ना ग्राहकका लागि निःशुल्क फेसबुक चलाउने सुविधा अर्थात् ‘फ्रि फेसबुक’ ल्यायो । २ वर्षदेखि उसले ट्वीटर र विकिपेडिया पनि ‘फ्रि’ गरिरहेको छ । एनसेलको पछिल्लो घोषणापछि सूचना प्रविधिका विद्यार्थी अनुप न्यौपानेले फेसबुकमा स्टेटस पोस्ट गरे, ‘नेट न्युट्रालिटी’ (नेटवर्क तटस्थता)को खुलेआम धज्जी उडाइएको छ । खै कता हराए हाम्रा सचेत साइबर पुस्ता र सूचना प्रविधि अभियन्ताहरु ?’

नेट न्युट्रालिटकै प्रसंगमा अर्का विद्यार्थी मिलन बास्तोलाले कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने कुराको जोड दिँदै हेल्लो सरकारलाई मेन्सन गरेर ‘एनसेलले नेट न्युट्रालिटी हनन गरेको छैन ? छ भने कारबाही खोई ? कि सरकारको पनि मिलेमतो छ ?’ भनेर ट्वीट गरे । उनको ट्वीटमा जवाफ दिँदै हेल्लो सरकारले प्रचलित कानूनअनुसार कारबाही गरी निवेदकलाई जानकारी दिने भनी सञ्चार मन्त्रालयमा सो निवेदन दर्ता गरायो ।

तर, हेल्लो सरकारमा दर्ता भएका सयौं उजुरीमाथि कारबाही सुरु नै नगरिएकाले मिलन आफू विश्वस्त हुन सकेनन् । अनि मिलन, अनुपजस्ता युवाले फेसबुक, ट्वीटर र ब्लगमा ‘नेट न्युट्रालिटी’को अभियान नै चलाए । कतिले समर्थन गरे, कतिले विरोध गरे । तर, याे प्रकरणाले नेपालमा पनि नेट न्युट्रालिटीकाे बहस जन्माएकाे छ ।

यसै सन्दर्भमा लिभिङ विथ अाइसिटीले नेपालमा नेट न्युट्रालिटीकाे नालिबेलीसहित फागुन अंकमा विशेष रिपाेर्ट गर्दैछ । प्रतिक्षा गर्नुहाेला ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *