Home / Featured / भूकम्पको तथ्यांक र सम्पर्क स्थापना गराउन बिराटनगरमा र्यापिड रेसपोन्स समुह सक्रिय

भूकम्पको तथ्यांक र सम्पर्क स्थापना गराउन बिराटनगरमा र्यापिड रेसपोन्स समुह सक्रिय

नेपालमा गएको महाभुकम्पले देश नै शोकमा डुबिरहेको छ । राहत र उद्धारका कामहरु पनि भइरहेका छन तरपनि समयमा नै उद्धार र राहत नपुगेको स्थानबाट आक्रोसहरु पनि आइरहेको छ । यसैक्रममा भुकम्पबाट कम प्रभावित भएको पूर्वी तराइ क्षेत्र बिराटनगरबाट एक समुह उद्धार र राहतको लागि तथ्यांक उलब्ध गराउने, सम्पर्क गराइदिने र प्राविधिक सहयोग गर्ने काममा एक समुह दिनरात जुटेको छ ।

बिराटनगरकको कृष्ण पार्टीह प्यालेसको १ कोठामा आपतकालिन सूचना केन्द्र स्थापना गरि यस समुहले विगत १ हप्तादेखि निरन्तर २४ औ घन्टा काम गरिरहेको छ । हरेकसग ल्यापटप, मोवाइल, ट्याब्लेटको प्रयोग गरि इन्टरनेट, फोन, इमेल, ट्विटर, स्काइप लगायतको मार्फतबाट यस समुहले हराइरहेका व्यत्तिहरुको सम्पर्क स्थापना गरिदिने, राहत नपुगेको स्थानमा राहतको लागि सम्वन्धित निकाय र राहत वितरण समहुलाइ खबर गर्ने लगायतका काम गरिरहेको र्यापिड रेसपोन्स समहुको संयोजक निर्मल तामाङले बताए ।

rapid2

यो समुहले तातोपानी क्षेत्रमा हराइरहेको व्यत्तिहरु सम्पर्क स्थापना गराउने, त्यसैगरी देशका अन्य क्षेत्रका व्यत्तिहरुको पनि सम्पर्क स्थापना गराउन सहयोग गरिरहेको युथ फर ब्लड तथा यस समुहका सरोज कार्कीले बताए । ट्विटरमा https://twitter.com/rrtnepal योएकाउन्ट, वेबसाइट http://www.tremornepal.com मार्फत र फेसबुकबाट पनि यस समुहले निरन्तर सम्पर्क स्थापना गराउने र राहत  उद्धार नभएको स्थानमा राहत पुर्याउन तल्लिन देखिएको छ । त्यसैगरी सामाजिक संजाल मार्फत नै सचेतना फैलाउने र सम्बन्धित निकाय र डाक्टरहरुको भिडियो बनाएर सेयर गर्ने काम पनि गरिरहेको छ |

rapid3

सामाजिक सञ्चालनमा आएका धेरै सुचनाहरुलाइ सोसियल मिडियाका टुल्सहरु प्रयोग गरि सूचनाको आधिकारिकता, आवश्यक्ता र उपलब्ध सूचनाको ठेगाना पत्ता लगाएर राहत र सेस्क्यु गरिरहेको राष्ट्रिय र अन्तराष्ट्रिय सस्थाहरुलाइ सूचना, जानकारी र तथ्यांक उपलब्ध गराएको निमर्ल तामाङले बताए । स्याङ्जा निवासी दिनेशराज ढकाल, जो तातोपानीमा फसेका थिए, उनको परिवारले फेसबुकमा सम्पर्क गरेपछि ट्रेस गर्दैजादा एउटा चाइनिज नम्बरमा उपलब्ध स्काइपको सेवा मार्फत सम्पर्क गरि उनको अवस्था पत्ता लागेको तामाङले बताए । उनको परिवार र चाइनिज नम्बर रहेका स्थानीय मितेरी क्लबका हेम गुरुङ संग  निरन्तर सम्पर्कमा रहि, नेपाल आर्मीसगको सहकार्यमा उनको सम्पर्क परिवारसग गराइएको उनले बताए । चाइनिज नम्बर +8818208090340   रहेको र सोहि नम्बर मार्फत केहिको अवस्था सम्पर्कमा ल्याएको उनले बताए ।

rapid4

त्यसैगरी यस समुहको अकिांश व्यत्तिहरु युथ फर ब्लड समुहमा सक्रिय रहेको र आवश्यक व्लड उपलब्ध गराउने र रगत अभाव हटाउने काम गरिरहेको छ । युथ फर ब्लडका सरोज कार्कीको अनुसार आवश्यक परे अनुसार १ सय ५० भन्दा बढि समुह ब्लड प्रदान गर्न तयार रहेका छन । त्यसैगरी विदेशबाट पनि यसको लागि समुहहरु तयार रहेको उनले जानकारी दिए । १५ जनाबढिको यस समुहले निरन्तर यस काममा सक्रिय रहेको छ, यसको लागि बिराटनगरको कृष्ण पार्टी प्यालेसले खान, बस्न सहयोग गरिरहेको छ भने लुम्बिनी नेटले इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

rapid6

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *