Home / Featured / फेसबुकले ब्रेन–कम्प्युटर इन्टरफेस बनाउँदै, दिमागमा भएको कुरा सीधै शब्दमा देखिने

फेसबुकले ब्रेन–कम्प्युटर इन्टरफेस बनाउँदै, दिमागमा भएको कुरा सीधै शब्दमा देखिने

फेसबुकले टाइपिङ तथा स्किन हियरिङका लागि ब्रेन–कम्प्युटर इन्टरफेस विकास गर्ने भएको छ । यसका लागि उसले ६० जना इन्जिनियरहरुलाई परिचालन गरेको छ ।

ब्रेन–कम्प्युटर इन्टरफेसले तपाइलाई आफ्नो दिमागमा भएको कुरा टाइप गर्न दिन्छ त्यो पनि केही पनि इम्प्लान्ट नगरिकन । यसका लागि दिमाग स्क्यान गर्न अप्टिकल इमेजिङ प्रयोग गर्नेछ ।

यसले हामीले सोचेका र भन्न खोजेका कुरा थाहा पाउन हाम्रो दिमागलार्ई प्रति सेकेन्ड एक सय पटक स्क्यान गर्दछ र त्यसलाई शब्दमा रुपान्तरण गर्दछ । यो प्रविधिले तपाइले दिमागमा सोचेका कुरा सिधै इन्टफेसमा टाइप गरेर देखाउ दिन्छ ।

फेसबुककी आरएन्डी विभागकी प्रमुख रेगिना डुगानले यस प्रोजेक्टको मुख्य उद्देश्य भनेको दिमागको स्क्यानबाट मात्रै प्रति मिनेट १ सय शब्दसम्म मानिसलाई टाइप गर्न सक्ने बनाउनु हो । यसबाट बोल्न नसक्ने मानिसले पनि आफ्नो मस्तिस्कमा रहेको कुरालाई यस इन्टरफेसमा देखाउन सक्ने छ ।

ब्रेन–कम्प्युटर इन्टरफेसले अग्मेन्टेड रियालिटी र भर्चुअल रियालिटीलाई स्क्रिन तथा कन्ट्रोलरको प्रयोग नगरी सोझै दिमागले नै कन्ट्रोल गर्न सक्दछ । यस प्रविधिले सञ्चारको माध्यमलाई अद्भुत उचाईमा पुर्याउने विश्वास जानकारहरुले गरेका छन् ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *