Home / Featured / फेसबुकले पूर्व प्रेमी–प्रेमिकाको लागि ब्रेकअप प्रोटेक्सन फिचर ल्याउँदै

फेसबुकले पूर्व प्रेमी–प्रेमिकाको लागि ब्रेकअप प्रोटेक्सन फिचर ल्याउँदै

फेसबुुकले पूर्व पे्रमी/प्रेमिका तथा पती/पत्नीको बिछोड वा सम्बन्धविच्छेद भइसकेपछि उनीहरुमा थप भावनात्कम पिडा नहोस् भन्ने हेतुले  बे्रकअप प्रोटेक्सन फिचर ल्याएको छ । फेसबलकले गरेकाे हालैको घोषणाअनुसार, यस्ता भूपू जोडीहरुले आफ्ना प्रेमी–प्रमीको फेसबुक पोस्ट तथा तस्विर देखेर भावुक र पिडा महसुस गर्नुनपरोस् भन्नका लागि यस्तो फिचर ल्याइएको हो ।

फेसबुकले विश्वभरी रहेका उसका डेढ अर्ब बढी प्रयोगकर्तालाई एकैपटक ब्रकअप प्रोटेक्सन फिचर उपलब्ध गराउनुअघि पहिले अमेरीकामा उक्त फिचर परिक्षण गर्दैछ ।

फेसबुले यस्तो विकल्प विशेषत त्यस्ता प्रयोगकर्ताहरुलाई लक्षित गरेको हो जसले आफ्ना पूर्व पति/पत्नि वा प्रेमी/प्रेमीकालाई अफ्ना फेसबुक नेटवर्कबाट हटाएर वा ब्लक गरी उनीहरूलार्इ अझ तिरस्कार गर्ने तथा चाेट पुर्याउने जोखिम उठाउन चाहदैनन् । यस्तोमा, फेसबुकमा रिलेसनशिप स्टेटस परिवर्तन गरिसकेपछि यो फिचरले संबन्धित प्रयोगकर्ताहरुलाई उनीहरुका पूर्व जोडीहरुसँग नाम जोडिएका विगतका पौस्ट लिंकहरु हटाउन अनुमति प्रदान गर्दछ ।Facebook-new-feature-let-people-move-on-after-break-up

यस सन्दभएमा फेसबुका प्रोडक्ट म्यानेजर केली विन्टर्सले आफ्नो ब्लगमा लेखेका छन्, “हाम्रो यो प्रयास भनेको जीवनमा अफ्ठ्यारा क्षणहरुबाट गुज्रिरहेका मानिसका सहजताका लागि स्रोतहरुको विकास गर्नु हो ।”

यो बे्रकअप प्रोटेक्सनले फेसबुक समाजमा कति धेरै जोडिएको छ भन्ने अर्को आयाम थपेको छ । यसअघि पनि फेसबुकले प्रयोगकर्ताका स्वास्थ्यलगायतका विषयमा पनि विभिन्न फिचरहरु ल्याइसकेको छ । अहिलेको समयसम्म आइपुग्दा फेसबुका कम्तिमा १ अर्व प्रयोगकर्ताहरुले दिनमा एकपटक फेसबुक लगइन गरेकै हुन्छ ।

यद्यपि, यो फिचर पश्चिमी देशका लागि धेरै सान्दर्भिक र महत्वपूर्ण सावित हुनसक्छ किनभने पश्चिमा देशहरुमा सम्बन्धविच्छेदका श्रृंखलाहरु ठूलो समस्यको रुपमा खडा भइसकेको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *