Home / Featured / युवाको लागि लक्षित- युमी आइरन प्रो (UMI Iron Pro)

युवाको लागि लक्षित- युमी आइरन प्रो (UMI Iron Pro)

नेपाली बजारमा नया ब्राण्डका स्मार्टफोनहरु भित्रने क्रम अझ बढेर गएको छ । आइटीका अन्य बिजनेशमा काम गरिरहेका र नया कम्पनीहरु पनि मोवाइल बजारमा आकर्षित भइरहेका छन । यस्तै बिराटनगरको कम्युटर हार्डवेयरको क्षेत्रमा राम्रो उपस्थिती जनाएको कम्प्युटर प्लानेटको सिस्टर कम्पनी मोवाइल प्लानेटलले अर्को  चर्चित चिनिया स्मार्टफोन सेरिज नेपाली बजारमा भित्राएको छ ।
युमिका ३ वटा नया मोडलहरु अहिले नेपाली बजारमा उपलब्ध छन । यसै क्रममा युमिको उत्कृष्ट स्मार्टफोनको रुपमा आइरन प्रो रहेको छ । यो ५.५ इन्चको पुर्ण एचडी आइपिएस स्क्रिन रहेको यो स्मार्टफोनको डिजाइन राम्रै देखिन्छ ।

f7744731103ae9ec
मिडियाटेकको १.३ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको यसमा १६ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसलाइ ६४ जिबीसम्म स्टोरेज बढाउन सकिन्छ । ३ जिबीको र्यामले मोवाइलको पर्फमेन्स बढाएको छ । एन्ड्रोइड ५.१ ल्लिपप भर्सनमा सञ्चालन हुने यो स्मार्टफोन १४८ ग्राम तौलको रहेको छ ।
यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सलको रहेको छ । सेल्फीको लागि राम्रो क्यामरा मान्न सकिन्छ यसलाइ । ड्युल फ्लास रहेको यसमा रियर क्यामराको रुपमा १३ मेगापिक्सलको सोनी क्यामरा रहेको जनाएको छ । ब्याट्री ब्याकअप पनि राम्रै रहेको यसमा ३१०० एमएएचको क्षमता छ ।

UMi-Iron-Pro_1

ड्युल फोर जी सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा बायोमेट्रिक सेन्सर सुविधा पनि रहेको छ । यसको मुल्य ३१ हजार २ सय रहेपनि सुरुवाती अवसरमा २८ हजारमा यो सेट उपलब्ध छ ।

मुल्य :  २८ हजार

Check Also

सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

के तपाईँ विदेश जाने सोचिरहनु भएको छ तर जानकारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन ? …

साओमी रेडमी ४ एक्स नेपाली बजारमा

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले रेडमी सिरिज अन्तर्गतको रेडमी ४ एक्स (Red Mi …

Leave a Reply

Your email address will not be published. Required fields are marked *