Home / Featured / नेपाली टेम्पल रन –  पोलिट्रिक्स

नेपाली टेम्पल रन –  पोलिट्रिक्स

नेपालको राजनितीको ब्यङ्ग्य स्वरूप अब तपाइले आफ्नो एन्ड्रोइड मोबाइलमा नेपाली गेम खेल्न सक्नुहुनेछ, यो पनि  चर्चित गेम टेम्पल रनको झल्को आउने गरि । यस गेमलाई आरक्यूब गेम्स एण्ड एनिमेसनले विकास गरेको हो । नेपाली बिकासकर्ताले विकास गरेको गेममा नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक एवम् राजनितीक पक्षलाई जोडिएको छ ।
आकर्षक ग्राफिक्स रहेको यस गेममा दौरा–सुरवाल लगाएको नेता जस्तो पात्र नेपालको समाज जस्तो पृष्टभूमि देखिएको सडकमा नेपाली सिक्का(कोइन) र भोटका लागी कुद्ने गदर्छ ।

गेम खेल्ने क्रममा बाटोमा रहेको ढुङ्गा, खाडल, टायर आदिलाई बचाउँदै, उफ्रदैँ कुद्नु पर्ने हुन्छ । खेल्दै गएसँगै लेभल बढने गर्दछ भने खेलका दौरान चेयर(कुर्सी) भेटाएर प्लेयरलाई बुस्ट गर्न सकिनेछ ।
यस गेम विश्वविख्यात गेम टेम्पल रनसँग मिल्दो जुल्दो रहेको छ । प्ले स्टोरमा ५ हजार बढि डाउनलोड भएको उक्त गेमको एभ्रेज रेटिङ ४.४ रहेको छ । यो गेम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस  ।

Check Also

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको …

‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा अवलाेकनकर्ताकाे उल्लेख्य उपस्थिति

  राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *