Home / Featured / ‘स्प्यारो एसएमएस’ जिबिजी ग्लोबल फाइनलिस्टमा

‘स्प्यारो एसएमएस’ जिबिजी ग्लोबल फाइनलिस्टमा

एसएमएस मार्फत लाखौ मानिस र हजारौ संस्थाहरुलाइ सेवा दिइरहेको स्प्यारो एसएमएस सन् २०१६ को गुगल बिजनेश ग्रुप (जिबिजी)को अन्तिम प्रतिस्प्रधामा पुग्न सफल भएको छ । जानकी टेक्नोलोजी अन्तर्गत रहेको स्प्यारो एसएमएसले सन् २०१६ को जिबिजीको ग्लोबल प्रतिस्प्रधामा ४७० कम्पनी तथा प्रडक्टहरुसग प्रतिस्प्रधा गर्दै अन्तिम ९ मा पुग्न सफल भएको हो ।

गुगल गन्तर्गतको गुगल बिजनेश ग्रुपले केहि वर्षदेखि विश्वभरका उत्कृष्ट प्रडक्टहरुलाइ जिबिजी स्टोरीको रुपमा प्रतिप्रधा गराएर सम्मान गर्न थालेको हो । नेपालको तर्फबाट समावेश भएको स्प्यारो एसएमएसले यो प्रतिस्प्रधाको अन्तिम ९ मा आउन सफल हुन गौरबको विषय भएको कम्पनीका एमडी अरविन्द शाहले बताए ।

पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययन गर्ने अरबिन्द, मनिष, ध्रुब र अमित लगायतको संलग्नतामा सुरु भएको स्प्यारो एसएमएसले अहिले सबभन्दा ठुलो नेटवर्कको रुपमा भ्यास सर्भिस प्रदान गरिरहेको छ । एक वर्षअघि स्प्यारो एसएमएसको मोवाइल एप्लिकेशन पनि सार्वजनिक भएको थियो । भुकम्प र अन्य आपतकालिन क्षणमा पनि स्प्यारोले राम्रो सेवा प्रदान गरेको जिबिजीको भिडियो स्टोरीमा उल्लेख गरिएको छ ।

अन्तिम ९ मा समाबेश भएका प्रडक्टलाइ गुगलले बिशेष सम्मान गर्नेछ । यसअघि नेपालको एल्लो एपले यो सम्मान प्राप्त गरिसकेको छ । स्प्यारोले यस अघि एम बिलियंनथ अवार्ड लगायतमा समेत सम्मान प्राप्त गरिसकेको छ । जानकीले अहिले स्प्यारो पछि पिकोभिको र खल्ती एपहरु संचालनमा ल्याएको छ ।

कम्पनीका सिइयो अमित अग्रवालले यो सफलताले नेपालमा इनोभेटिभ रुपमा काम गर्न अझ हौसला मिलेको बताए । अन्तिम ९ मा समावेश भएको स्प्यारोलाइ अझ अघि बढाउन मार्च २३ सम्म अनलाइन मार्र्फत भोटिङ गर्न सकिनेछ । भोटिङको लागि यस भिडियो हेरेर तलको लिंकमा क्लिक गरि भोट गर्न सकिने कम्पनीले जनाएको छ ।

Click here to vote by 23 March 2017: https://goo.gl/8k7gGx

भोट प्रदान गर्न माथि उल्लेख लिंकमा क्लिक गर्नुहोस ।

Check Also

एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने

नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध …

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *