Home / Featured / ‘ग्लोबल इभेन्ट फर डिजिटल बिजनेश’ मेलामा हारति सहभागि हुँदै

‘ग्लोबल इभेन्ट फर डिजिटल बिजनेश’ मेलामा हारति सहभागि हुँदै

नेपालको सूचना प्रविधिको क्षेत्रका काम गरिरहेको हारति कम्प्युटर सर्भिस प्रा.लि.ले जर्मनीमा अयोजना हुन लागेको ‘ग्लोबल इभेन्ट फर डिजिटल बिजनेश (CEBIT)’ नामक सूचना तथा डिजिटल प्रविधि सम्बन्धि मेलामा प्रदर्शकको रुपमा सहभागि हुने भएको छ । मेला मार्च २० देखि २४ सम्म जर्मनिको ह्यानोभरमा सञ्चालन हुनेछ ।

ग्लोबल इभेन्ट फर डिजिटल बिजनेश मेला सूचना तथा प्रविधि सम्वन्धि हुने मेलाहरुमा पहिलो श्रेणीमा आउने मेला हो । यस सम्वन्धि काम गर्ने विश्व विख्यात कम्पनीहरु आफ्ना नयाँ बस्तु, सेवा तथा प्रविधिहरु प्रदर्शनी गर्ने गर्दछन । माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा भागलिने गर्छन् । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा सेमिनारहरु पनि हुने गर्छन् ।

कम्पनीले दिएको जानकारी अनुसार नेपालबाट हारती नै पहिलो पटक यस महामेलामा भागलिन गईरहेको छ भने सेवा तथा विकास भएका सफ्वेयरहरुलाई उक्त मेलामा प्रदर्शन गर्नेछ । हारतीका प्रवन्ध निर्देशक न्युटन सुवालले भने– ‘योर न्यु आइटी आउटसोर्सिङ डस्टिनेशनः नेपाल को नारासहित सम्वन्धित बस्तु तथा सेवाहरुको लागि छिमेकी देश भारत, चीन र फिलिपिन्सको भर पर्नुपर्ने बाध्यता जुन थियो र छ पनि अब हामी नेपाल यसमा सशक्तरुपमा आउदैछ भन्ने सन्देश दिने जमर्को गर्नेछौ र नेपाल अब आइटी आउटसोर्सको लागि एउटा नयाँ गन्तब्य हो भन्ने शन्देश दिने नै यसको मुख्य उद्देश्य रहेको पनि छ ।’

हारतीले विभिन्न नयाँ प्रविधिलाई अंगाली सफ्टवेयर विकास तथा सूचना प्रविधिसंग सम्वन्धित हार्डवेयर, जिआईएस डिजिटल सेक्युरिटी सम्वन्धि विभिन्न प्रविधिहरुसंग सम्वन्धित कामहरु गरिरहेको छ । उसले आफ्ना विविध सेवाहरु नेपालबाट विस्तार गरी अमेरिका र स्पेनसम्म पुयाउन पनि सफल भईसकेको छ । र यी दुवै देशमा आफ्नो कार्यालहरु विस्तार भईसकेको छ ।

अब आइटीको लागि नेपालमा नै किन भन्ने प्रश्नकोरुपमा यहाँ यथेष्ट आइटी एक्स्पर्टहरु रहेको, कम खर्चिलो हुने र नेपालीहरु मिहेनती र इमानदार भई काम गर्ने जस्ता कुराको चित्रण गर्न खोजिने कुरा पनि सुवालले प्रकाश पारे । विशेष गरी सफ्टवेयर विकास, विपिओ र डिजिटल प्रविधिहरुमा काम गर्न र उद्योग खोल्न अरु कम्पनीहरुसंग टाईअप गर्न अथवा नेपालमा आई उद्योग खोल्न अभिप्रेरित गरिने भनाइ उनको छ ।

उक्त मेलामा यस कम्पनीले आफ्ना सेवा सुविधा लगायत नेपालको पर्याटन क्षेत्रलाई पनि केही टेवा पुग्ने हिसावले आफ्नो स्टललाई पूर्णरुपमा नेपालीपन झल्कीने गरी सजाईने र भिजिटरहरुलाई नेपालको बारेमा जानकारी गराईने छ । जसले गर्दा नेपाललाई आझ बढी चिनाउन मद्दत गर्ने कम्पनीले विश्वास छ ।

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *