Home / Featured / हुवावेको बैद्धिक सम्पत्ति चोरीकाे मुद्दामा सामसुङलाई १२ करोड जरिवानाकाे फैसला

हुवावेको बैद्धिक सम्पत्ति चोरीकाे मुद्दामा सामसुङलाई १२ करोड जरिवानाकाे फैसला

चीनको अदालतले समसुङ इलेक्ट्रोनिक्सलाई चीनियाँ मोबाइल कम्पनी हुवावेको बद्धिक सम्पत्ति (पेटेन्ट राइट) चोरेको ठहर गर्दै ८ करोड चीनियाँ युआन (लगभग रु १२ करोड) रकम जरिवाना तिर्न आदेश दिएको छ ।

बिबिसीले जनाएअनुसार सामसुङले २० भन्दा बढी मोडेलका स्मार्टफोन तथा ट्याब्लेटमा अनुमति बिना आफ्नो प्रविधि नक्कल गरेको भन्दै हुवावेले सामसुङबिरुद्ध मुद्दा दायर गरेको थियो । चीनको क्वान्झाउस्थित एक अदालतले हुवावेको बौद्धिक सम्पत्तिको चोरि गरेको ठहर गर्दै सामसुङले हुवावेलाई ८ करोड चीनियाँ युआन जरिवान तिर्नुपर्ने फैसला गरेको हो ।

सामसुङले कम्तिमा आफ्ना १० ओटा पेटेन्ट राइट हनन् गरेको भन्दै चीनको सेन्झेन र अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा मुद्दा दायर गरेको थियो ।

आइफोनसँग सामसुङको पेटेन्ट अधिकारको बिवादको चर्चा यस अघि आइरेको थियो भने पछिल्लो समय हुवावेसँग पनि पेटेन्ट अधिकारलाई लिएर विवाद बढ्न थालेको छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *