Home / Featured / कनेक्टीभिटीका संवाहक – सुधिर पराजुली

कनेक्टीभिटीका संवाहक – सुधिर पराजुली

सुधिर पराजुली केबल टेलिभिजन एवं इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिका फाउन्डर मेम्बर एवं हालका प्रेसिडेन्ट हुन् । यसअघि सुधिर सन् २००० देखि १३ वर्षसम्म सुबिसुको सिइओ भएर काम गरेका थिए । साथै उनी केबल टिभी महासंघका अध्यक्ष पनि हुन् भने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) मा केन्द्रीय समिति सदस्य छन् । लिभिङ विथ आइसिटीले उनको व्यवसायिक जीवनको कथा प्रस्तुत गरेको छ :

बाल्यकाल र शिक्षा

सुधिरको जन्म २०२९ साल असार २१ गते काठमाडौंमा (बुबा–रामजीप्रसाद उपाध्याय र आमा– सुभद्रा पराजुली) भएको हो । सरकारी जागिरे बुवा रामजीप्रसादको चितवनमा सरुवा भएपछि ५ वर्षको उमेरसम्म सुधिर भरतपुरमै परिवारसँगै रहे । ‘त्यसपछि भरतपुरमा राम्रो स्कुल नभएका कारण मलाई बुबा ममीले काठमाडौंमा होस्टेलमा २ वर्ष राखिदिनु भयो,’ सुधिर आफ्नो प्राथमिक शिक्षा सम्झदै भन्छन्, ‘६ कक्षासम्म ज्ञानोदय बालबाटिकामा पढेँ ।


त्यसपछि एसएलसीसम्म सेन्ट जेभियर्स स्कुल (२०४५ ब्याच) र आइएस्सी सेन्ट जेभियर्स कलेजबाट सके ।’ आइएस्सीपछि बैंगलोरमा इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा इन्जिनियरिगं (१९९२–१९९६) सकी काठमाडौं फर्किएका उनले १८ महिनासम्म केएमएस इन्टरप्राइज नामक निजी कम्पनीमा काम गरे ।

‘यही क्रममा स्कुलदेखि बैंगलोरमा सँगै इन्जिनियरिगं गरेका र केएमएसमा पनि सगै जागिर छोडेका साथी विनयमोहन साउद र सुरेन्द्र श्रेष्ठसँग मिली आफ्नो दक्षताअनुसार कसरी काम गर्न सकिन्छ भनेर छलफल गरेँ,’ उनी भन्छन्, ‘ट्रेडिङ कम्पनी खोल्ने निर्णय गऱ्यौं र हामी ३ जनाको नामको अगाडिको अक्षर समेटेर सुबिसु इन्टरन्यासनल नामको कम्पनी खोल्यौं ।
बिजनेश सही ट्रयाकमा नआउदासम्म विनय र उनले विद्युत प्राधिकरणमा करिब ६ महिना सम्म काम गरे ।

sudhir1

‘फुल टाइम प्राधिकरणमा काम गरे पनि सुबिसुको २/३ ओटा प्रोजेक्टका लागि कन्ट्रयाक्ट गरिसकेको थियो । विस्तारै कम्प्नी नाफामा गइरहेको थियो । यही क्रममा उनलाई भारतीय राजदुतुवासको स्कलरसिपमा भारतको आइआइयुटीमा एमबिए गर्न गएँ । यसपछि विनयले पनि विद्युत प्राधिकरणको जागिर छोडेर सुबिसुमा फुल टाइम दिए ।‘

सुबिसु केबलनेटको सुत्राधार

भारतमा एमबिए गर्दा युनिभर्सिटीले विद्यार्थीहरुलाई बिजनेश म्यागेजिन किन्नैपर्ने नियम बनाएको थियो । यहीक्रममा बैंगलोरको एउटा कम्पनीले एउटै तारबाट केबल टिभी र इन्टरनेट सेवा दिने पाइलट प्रोजेक्ट सुरु गरेको र यो टेक्नोलोजी युएसमा निकै सफल रहेको आर्टिकल पढे । ‘त्यो आर्किकललाई क्रप गरी स्क्यान गरेर उनले काठमाडौंमा विनय र सुरेन्द्रलाई पठाएँ, यो बिजनेशमा हात हाल्न सकिन्छ कि भन्ने आशयले । पछि म सेमेस्टरको एक्जाम दिएपछि नेपाल आएँ र २ ओटा आइएसपीमा काम गरेका साथीहरु अमित थापा क्षेत्री र दीपक श्रेष्ठलाई पनि हाम्रै टिममा ल्याई भविष्यमा एउटै तारबाट केबल टिभी र इन्टरनेट सेवा दिने उद्धेश्यका साथ सुबिसु इन्टरन्यासनलाई सुबिसु केबल नेट प्रालीमा रुपान्तरण गऱ्यौं ।’


केबलबाट इन्टरनेट चलाउनका लागि दूरसञ्चार प्राधिकरणमा निवेदन दिएपनि त्यतिबेला वायरलेस, भिस्याट र फिक्स ल्यान्डबाट मात्रै लाइसेन्स दिने व्यवस्था थियो । टेलिकमले केबल टिभीका लागि मात्रै लाइसेन्स दिन्थ्यो तर केबलबाटै इन्टरनेटको सुविधा दिने लाइसेन्स जारी गरेको थिएन । ‘विदेशमा सफल भइरहेको टेक्नोलोजी नेपालमा पनि एक न एक दिन स्विकारिन्छ भन्ने आशयका साथ सुबिसुले केबल टिभीको लागि एप्लाई गऱ्यो । तर त्यतिबेलै केबलबाट इन्टरनेटबाट चल्ने पूर्वाधार रेडी पारेर राखेको थियौं ।’

sudhir2

सुरुमा ४५ ओटा च्यानलबाट केबल टिभी सुरु गऱ्यो तर, त्यतिबेला जनयुद्ध चलेको र केबल टिभीमा ग्राहकको विश्वास नभएकाले २००४ सालसम्म यो व्यवसाय चलाउन निकै गार्हो भयो उनको टिमलाई ।

‘हाम्रो मुख्य जोड नै केबल टिभीसहितको इन्टरनेट भएकाले बारम्बार सरकारलाई दबाब दिइरहेका थियौं । अन्तत: २००४ सालमा एनटिएले एउटै तारबाट केबल टिभी र इन्टरनेट सेवा दिने प्रविधिको लाइसेन्स दियो । लाइसेन्स पाएको ४५ दिनमै हामीले सेवा सुरु गऱ्यौं ।

हाम्रो व्यवसाय विस्तारै कर्पोरेट क्षेत्र लक्षित हुन थाल्यो र त्यसयता सुबिसु नेपालको एक नम्बर आइएसपीको रुपमा देशैभर विस्तार भइरहेको छ’, उनले दाबी गरे । साथै २०१५ देखि डिजिटल टिभीसमेत सुरु गरेको सुबिसुले अबको २ वर्षमा एक नम्बर डिजिटल केबल टिभी सर्भिस प्रदायक बन्ने लक्ष्य राखेको उनले सुनाए ।

निजी आइएसपीलाई ‘हेला’

दूरसञ्चार प्राधिकरणको एमएसआई रिपोर्टअनुसार ग्राहक संख्याको आधारमा निजी आइएसपीमा सुबिसु पहिलो छ । डेटा र इन्टरनेटको कुरा गर्दा पनि रोयल्टीको हिसाबमा सुबिसु अगाडि छ । यो स्थानसम्म ल्याइपुऱ्याउन अन्य ४ संस्थापकसहित सुधिरको योगदान अतुलनीय भए पनि सुधिर अहिलेको कामबाट भने सन्तुष्ट छैनन् । ‘नेपालमा ब्रोडब्यान्ड इन्टरनेट मात्रै ३ देखि ५ प्रतिशत मात्रै छ ।


यस्तो अवस्थामा हामी नम्बर वान भयौं भन्नु मुर्खता हो । देशैभर ब्रोडब्यान्ड इन्टरनेट पुऱ्याउनका लागि राज्यले हामीलाई फेसिलेट गरिदिनु पर्ने हो, तर निजी आइएसपीलाई सधै सौताको रुपमा हेला गरिदै आइएको छ,’ उनले भने । सरकारले केही गर्छ र हामीले व्यवसायकि फाइदा लिउला भनेर केही आशा नै नरहेको उनी बताउछन् । ‘प्राइभेट आइएसपीलाई सौताको किसिमले व्यवहार गरिन्छ । टेलिकम अपरेटरलाई मात्रै फलिफाप हुने नीति आउछन्,’ उनी भन्छन्, ‘नीतिमै निजी आइएसपीलाई पनि फ्रिक्वेन्सी दिने भनेको बेलामा समेत अन्तिममा टेलिकम अपरेटरकै हातमा नयाँ प्रविधि पुग्छन् ।’

sudhir3
सरकारले पूर्वाधार नबनाउने हो भने निजी आइएसपीहरुलाई फ्रिक्वेन्सी दिन बारम्बार लबिङ गरे पनि केही नभएको अनुभव उनको छ । वाइम्याक्स जस्ता पछिल्लो टेक्नोलोजीमा ३० मेगाहर्जको फ्रिक्वेन्सी आइएसपीलाई दिने भनेर नीतिमै छुटयइएको तर, नदिएको उनी बताउछन् ।

ब्रोडब्यान्ड नीति कार्यान्वयनमा जटिल

ब्रोडब्यान्ड पोलिसी आएको एक वर्ष हुँदासम्म पनि केही काम नभएकोमा उनी असन्तुष्ट व्यक्त गर्छन् । आजका दिनसम्म नेपालमा ब्रोडब्यान्ड इन्टरनेट ३ देखि ५ प्रतिशतमात्रै छ । राष्टिय हितका लागि आएको भनिएको ब्रोडब्यान्ड नीति पनि कार्यान्वयनमा अल्झिदा यो क्षेत्र योजनाबद्ध रुपले विकास हुन नसकेको उनी बताउछन् ।

नीतिले राजमार्ग, जिल्ला सदरमुकाम, गाविस हुदै देशैभर अप्टिकल फाइबर पुऱ्याउने लक्ष्य राखे पनि कार्यान्वयनमा ढिलासुस्ती देखिएको उनी बताउछन् । सरकारले पूर्वाधार नबनाउने हो भने निजी आइएसपीहरुलाई फ्रिक्वेन्सी दिन बारम्बार लबिङ गरे पनि केही नभएको अनुभव उनको छ ।

sudhir4
एक हजार युवालाई देशमै रोजगारी दिएका उनले अवसर सिर्जना गर्न सके युवा विदेशिनु नपर्ने धारणा राख्छन् । दिनको अधिकांश समय कम्पनीकै लागि खर्चिने सुधिरका लागि परिवारलाई समय निकाल्न मुस्किल पर्छ ।

व्यवसायिक सन्तुष्टि

१६ वर्षदेखि केबल टिभी र इन्टरनेट सेवा विस्तारमा लागेका सुधिरले अहिले नै व्यवसायिक सफलता पाइसकेका छैनन । नेपालमा ब्रोडब्यान्ट इन्टरनेटको विकास हुने र त्यसले जिडिपीमा योगदान दिने अवस्था नआउदासम्म आइएसपी वा राज्यलाई प्रगति गर्न नसक्ने उनी बताउछन् । तैपनि अन्य आएसपीको तुलनामा ठूलो सञ्जाल र धेरै प्रयोगकर्ता भएको सुबिसुलाई विभिन्न नया टेक्नोलोजीसहित परिचित गराएका सुधिर हालसम्मको कामले ५०औं हजारलाई सेवा पुऱ्याएकोमा गौरवान्ति छन् ।


एक हजार युवालाई देशमै रोजगारी दिएका उनले अवसर सिर्जना गर्न सके युवा विदेशिनु नपर्ने धारणा राख्छन् । दिनको अधिकांश समय कम्पनीकै लागि खर्चिने सुधिरका लागि परिवारलाई समय निकाल्न मुस्किल पर्छ । तैपनि आफ्नो व्यवस्तालाई परिवारले बुझ्ने गरेकाले आफूलाई सहज भएको उनी बताउछन् । बुबाआमासगै बानेश्वरमा बस्दै आएका उनलाई श्रीमती विनिता पौडेल, छोरी खुसी र छोरा रुद्राक्ष पराजुलीले हरेक पाइलामा साथ दिएका छन् ।

प्रस्तुति – शिब बस्नेत

पराजुलीको प्रोफाइल असोज २०७३ अंकको लिभिंग विथ ्रआइसिटी म्यागजिनमा प्रकाशन भएको थियो, उक्त म्यागजिन डाउनलोड गरेर पढ्न यहाँ क्लिक गर्नुहोस  –http://shop.livingwithict.com/product/ict-asoj-2073/  

 

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *