Home / प्रडक्ट इन्फो / सामसुङ ग्यालेक्सी S5को नेपालमा आज सार्वजनिक गरिदै

सामसुङ ग्यालेक्सी S5को नेपालमा आज सार्वजनिक गरिदै

काठमाडौ। केही महिनाअघि मात्र विश्वबजारमा आएको सामसुङ ग्यालेक्सी S5 को नेपालमा आज(शुक्रबार) सार्वजनिक गरिदैछ। सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ्ग सर्भिसेज (आइएमएस)ले नेपाली उपभोक्तालाई लक्षित गरी आज सर्वजनिक गर्न लागिएको जानकारी दिएको छ।
samsungs5_smasrtphone2दक्षिण कोरियाली कम्पनीको ब्राण्डको स्मार्ट फोन सामसङ ग्यालेक्सी S5 शुक्रबारबाटै नेपाली बजारमा उपलब्ध हुने समेत आइएमएसले जनाएको छ। यसको बजार मुल्य झण्डै ७६ हजार रुपैयाँ तोकिएको छ। सामसङ S5 खरिद गर्न नेपाली उपभोक्ताले चैत २४ गतेसम्म कम्पनीको फेसबुक पेजबाट फारम डाउन्लोड गरेर त्यसलाई भरेर १० हजार रुपैयाँसहित सामसुङका बिक्री केन्द्र वा सामसुङ स्मार्टफोन क्याफेमा अग्रिम बुकिङ गराएका थिए।

crowd_samsung

यसरी अग्रिम बुकिङ्ग गर्ने ग्राहकले ३ हजार ८ सय पर्ने सामसुङकै ‘एस भ्यु’ नामक स्मार्ट उपकरण सित्तैमा पाउनेछन्। यसका साथै थप अग्रिम बुकिङ्ग गर्ने ग्राहकबीच गोला प्रथा गराएर विभिन्न पुरस्कार पनि दिइनेछ। कम्पनीका अनुसार गोला प्रथामा छ जना भाग्यशाली नेपाल टेलिकमको पाँच जिबीको डाटा प्याकेज, ५ जनाले पाँच महिनाको हेल्थ क्लबको सदस्यता, ५ जनाले म्यागजिनको लागि फोटोसुट, पाँच जनाले सामसुङ गिर फिट र ५ जनाले औपचारिक बिक्री सुरुवात कार्यक्रममा निमन्त्राको पुरस्कार पाउनेछन्।
samsung_galaxys5_nepal_telecome_finalयसका साथै सामसुङ S5भलाई आइएमएसले पहिलो पटक डाटा सेवाका लागि नेपाल टेलिकमलाई रोजेको छ। उसले टेलिकमसँग सहकार्य गरी सामसुङ S5 J डाटा सेवाको लागि बण्डलिङ गरर्नेछ । ग्यालेक्सी एस फाइभ किन्नेले ४ महिनासम्म मासिक १ जिबीका दरले टेलिकमको डाटा प्याकेज नि: शुल्क पाउनेछन्। तर यसअघि कम्पनीले एनसेलको डाटासँग बण्डलिङ गरेको थियो।samsunggalaxys5

सामसुङ ग्यालेक्सी S5 कस्तो छ?

सामसङ ग्यालेक्सी एस फाइभ स्मार्टफोनमा सबैभन्दा टप मोडल मानिएको छ। ५.१ इन्चको फुल एचडी स्क्रिन भएको एस फाइभमा एन्ड्रोइडको पछिल्लो भर्सन हालिएको छ। फ्रिंगरपिन्ट सेन्सर, मुटुको धडकन नाप्ने मनिटर, स्वास्थ्यमा केन्द्रिय एप्स र पानी तथा धुलो छेक्ने गरी मोवाइल बनाइएको छ। आईएमएसले पहिलो महिना ग्यालेक्सी एस फाइभका पाँच हजार मोवाइल सेट विक्री हुने अपेक्षा गरेको छ।

sasungs5_cafeयसका साथै दक्षिण कोरियाली कम्पनीले निकालेको सामसुङ एस फाइभको बिक्रीवितरण आजैबाट विश्व बजारमा सुरु भइसकेको प्रविधीसम्बन्धी अनलाइन न्युजपोर्ट द नेक्स्ट वेवमा उल्लेख छ। सार्वजनिक भएसँगै विक्रीवितरणमा पनि एस फाइभप्रति ठूलो क्रेज देखिएको छ, त्यो क्रेज नेपालमा पनि रहने आइएमएसको दाबी छ।

samsung_buying_cafeत्यसैले यो स्मार्टफोन अरुभन्दा अझ बढी विक्रि हुने अपेक्षा गरिएको छ। भारतमा भने यसको मुल्य  ५१ देखि ५३ हजार भारुको बीचमा पर्ने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

Check Also

एचपीका लार्ज फर्म्याट प्रिन्टर नेपाली बजारमा

विश्व विख्यात एचपी ब्राण्डका लार्ज फर्म्याट प्रिन्टरहरु नेपाली बजारमा उपलब्ध भएका छन् । एचपी ब्रान्डका …

माेबाइलबाटै आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने एप ‘बसाई’

घरमै बसेर आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने माेबाइल एप निर्माण भएकाे छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *