Home / Featured / सर्वाधिक विक्रि हुन सफल १० मोबाइल फोन

सर्वाधिक विक्रि हुन सफल १० मोबाइल फोन

अहिले अधिकांश मानिसका हात हातमा मोवाइल छन् । थरी थरीका मोवाइल, स्मार्टफोन, ट्याब्लेट र फ्याब्लेटहरुले हाम्रो जिवनशैली नै सहज बनाइरहेको छ । तर, हामिले इतिहास फर्केर हेर्दा यसमा धेरै रिसर्च, लगानी र उत्पादनहरु भएका छन् । मोटोरवालाको सेटदेखि अहिलेको वान प्लस थ्रिसम्मका मोवाइलहरु आउदा धेरै परिवर्तनहरु भए । 

आइफोनको ठुलो बजार र सामसुङको मोवाइल दबदवा अहिले चलिरहेकै छ । तर विश्वमा बिक्री भएका मोवाइल् सेटहरु हेर्ने हो भने कतिपय अपत्यारिला पनि लाग्न सक्छन् । नोकियाका सेटहरु अहिलेपनि विश्वबजारमा सबैभन्दा बढि बिक्री भएका सेटहरुमा पर्दछन् ।

अहिले पनि विश्वमा सबैभन्दा बढि बिक्री भएका मोवाइलमा उत्कृष्ट १० मध्ये ८ त नोकिया कै रहेका छन् । तपाइले पनि यि सेटहरु चलाउनुभएको होला । टेलिग्राफ एजेन्सीको सहयोगमा हामिले तयार पारेको जानकारी इन्फो प्लसमा प्रस्तुत गरेका छौ ।

१. नोकिया ११००

यो खासै चर्चित मोबाइल भने नहोला, तर, १० वर्ष अघि कसैले् मोवाइल चलाएको थियो भने प्राय घरघरमै यो सेट थियो । यो संसारको सर्वाधिक विक्रि हुन सफल मोबाइलको लिष्टमा अग्रपंक्तिमा पर्छ । २००३ बाट बजारमा बिक्री हुन थालेको यस मोबाइलको बिक्री पछि बन्द गरिएता पनि उक्त मोडलको २५ करोड बढि मोबाइल बक्री हुन सफल भएको थियो ।

top-selling-phones
२. लो–इन्ड नोकिया ११००

जुन २००५ मा सार्वजनिक गरिएको थियो । यो फोनमा प्रयोग गरिएको इन्भर्टेड स्क्रिन जसमा कालो ब्याग्राउण्डमा सेतो टेक्स्त लेखिने कारण पनि यो फोन लोकप्रिय बन्न पुग्यो । यस फोनलेपनि झण्डै २५ करोडको हाराहारीमा मोबाइल सेट बिक्रि गराउन सफल भएको थियो ।

३. नोकिया ३२१०

१९९९ मा नोकियाले ल्याएको आफ्नो क्लासिक मोडल नोकिया ३२१० सर्वाधिक विक्रि भएका मोबाइलको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । यो मोबाइल सेट १५ करोड बढि बिक्रि भएका छन । यो अधिकांश मानिसले प्रयोग गरेको पहिलो मोबाइल फोन पनि हो ।

४. नोकिया १२००

आफ्नो लामो समय सम्म टिक्ने ब्याट्रीका लागि चर्चित नोकियाको १२०० मोडलको स्मार्टफोन जसमा ३९० घण्टाको ब्याट्री लाइफ र हरियो ब्याकलाइटको प्रयोग गरिएको थियो । २००७ मा बजारमा आएयता यो मोडलको फोन १५ करोड भन्दा ज्यादा सेट बिक्रि हुन सफल भएको थियो ।

५. नोकिया ५२३०nokia-6600-extralarge

सिम्बीयन सिस्टममा आधारित नोकियाको ५२३० जस्ले बाइफाइ सपोर्ट नगरेतापनि १५ करोड भनदा बढिको सङ्ख्यामा यो फोन बिक्रि हुन सफल भएको थियो । यो फोनलाई नोकियाले २००९ मा बजारमा ल्याएको थियो ।

६. नोकिया ६६००

अण्डाको आकारमा रहेको नोकियाको ६६०० मोडलको मोबाइलको ४४० पाउण्डको महङ्गो प्राइस ट्यागका बावजुतपनि यो मोबाइल अत्यन्त लोकप्रिय बन्न पुगेको थियो । २००३ मा सार्वजनिक भएको यो मोबाइलको पनि १५ करोड बढि बिक्रि भएको छ ।

७.सामसुङको इ११००

१३ दिन सम्म स्ट्याण्ड बाइ ब्याट्री लाइफ रहेको सामसुङको इ११०० सर्बाधिक बिक्रि भएका मोबाइलको सूचिमा सातौ स्थानमा रहेको छ । २००९ मा सार्वजनिक भए यता यो मोबाइलले पनि १५ करोड बढि मोबाइल सेट बिक्रि गर्न सफल भएको थियो ।

hqdefault
८. नोकिया २६००

नोकियाको अर्को मोडल २६०० जसमा क्यामेरा र ब्लूटूथ नभएपनि सो मोबाइल १३ करोड ५० लाख भन्द बढि बिक्रि हुन सफल भएको थियो ।२००४ मा बजारमा आएको यो मोडल सर्वाधिक बिक्रि भएका मोबाइलको सूचिमा आठौँ नम्बरमा पर्न सफिल भएको छ ।

९.नोकीया १६००

नोकीयाको १६०० मोडल जुन भारत र चीनका प्रयोगकर्तालाई लक्षित गर्दै निर्माण गरिएको थियो , यस फोन २००६ मा बजारमा आए पश्चात १३ करोड बढि मोडलको सेट बिक्रि गर्न सफल भएको थियो ।41x1me5cwjl

१०. मोटोरोला आरएजेडआर भि३

मोटोरोलाको आरएजेडआर (RAZR V3) सर्वाधिक बिक्रि हुने मोबाइलको सूचिमा नम्बर १० मा पर्न सफल भएको छ । यो मोबाइल २००४ मा बजारमा आएयता १३ करोड बढि बिक्रि हुन सफल भएको छ । यसलाइ संसारकै सर्वाधिक विक्रि हुन सफल क्ल्यामसेटका रूपमा पनि चिन्ने गरिन्छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *