Home / Featured / ड्रोन डिस्प्ले टेक्नोलोजीबाट इन्टेलले बनायो नयाँ विश्व किर्तिमान्

ड्रोन डिस्प्ले टेक्नोलोजीबाट इन्टेलले बनायो नयाँ विश्व किर्तिमान्

अमेरिकाको लस भेगासमा आयोजना गरिएको सिइएस २०१६ को अवसरमा अमेरिकी इन्टेल कर्पाेरेसनले नयाँ विश्व किर्तिमान राख्ने क्रममा ड्रोन टेक्नोलोजीबाट हुने डिस्प्ले प्रदर्शन गरेको छ । यसको लागि इन्टेलले १ सय वटा साना एयरक्राफ्टहरुलाई आकाशतिर प्रक्षेपण गरेकापे थियो । यसबाट उसले सबैभन्दा बढी मानवरहित उड्ने एरियल साधनको उपाधी पनि हात पार्न सफल भएको हो ।intel

राति आकाशमा आगोका झिल्काबाट जस्तै बनेका आकृतिहरु बनाउन इन्टेलको इन्टेलको ड्रोन नियन्त्रण गर्ने एउटा टोली जमिनमा पिसीहरुमा इन्टेल सफ्टवेर प्रयोग गरिरहेका थिए । यस्तो लाइट सोलाई बिथोभेनको नोवौँ सिम्फाेनी म्युजिकसँगै लाइभ पर्फर्मेन्समार्फत देखाइएको थियो ।-Orchestra

सिइएसमा यस्तो रेकर्ड बनउने क्रममा इन्टेल कर्पोरेसनले आर्स इलेक्ट्रोनिका फ्युचरल्याबसँग सहकार्य गरेको थियो । गिनिज वर्ल्ड रेकर्डका एजुडिकेटर प्रविन पटेलले रेकर्डको जाँच गरी इन्टेल कर्पोरसनलाई प्रमाणपत्र तथा शुभकामना दिएका थिए ।intel 2

यसरी एकै पटक १ सय वटा ड्राेनलार्इ अाकाशमा उडाएर विभिन्न अाकृतिहरु प्रदर्शन गरेसँगै ड्राने प्रयाेगकाे सम्भाव्यतालार्इ नयाँ उचार्इमा पुर्याइदिएकाे छ ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *