Home / Featured / राेचक तथ्य : माेबाइलकाे पहिलाे पुस्तादेखि साताैं पुस्तासम्म

राेचक तथ्य : माेबाइलकाे पहिलाे पुस्तादेखि साताैं पुस्तासम्म

1g-to-5g

१.

मोबाइल नेटवर्कको पहिलो जेनेरेशन (1G) को कमर्सियल अटोमेटेड सेलुलार नेटवर्कको सुरुवात सन् १९७९ मा जापानमा एनटिटीले गरेको थियो । यो एमपिएस स्ट्यान्डर्डमा रहेको थियो । एनालग प्रविधिमा रहेको आवाजका लागि मात्र प्रयोग हुने यसको स्पिड १ केबिपिएसदेखि २.४ केपिपिएससम्म रहेको थियो ।

२.

सन् १९८० देखि १९९० को बीचमा जापान र अमेरिकाबाट सुरु भएको जिएसएम प्रविधिमा आधारित दोस्रो पुस्ताको मोबाइल नेटवर्क डिजिटल प्रविधि हो । यसको स्पिड १४ केबिपिएसदेखि ६४ केबिपिएससम्म रहेको हुन्छ ।

३.

सन् २००० देखि २००३ को बीचमा सुरु भएको २.५ मोबाइल पुस्तामा ११५ केबिपिएसमा जिपिआरएस र ३८४ केबिपिएसमा इड्ज सेवा चलाउन सकिन्छ । यसमा डेटा ट्रान्सफरका लागि प्याकेट स्वीचिङ प्रविधि प्रयोग गरिएको थियो ।

४.

आइटियुले सन् २००० मा नै तेस्रो पुस्ताको मोबाइल नेटवर्क डिफाइन गरेको हो । सन् २००० पछि युरोप, अमेरिका, कोरिया, जापानहरूमा यो सेवा सुरुवात भयो । यसमा WCDMA, CDMA, ST-SCDMA जस्ता स्ट्यान्डर्डहरू रहेका छन् । यसको स्पिड ३८४ केबिपिएसदेखि २ एमबिपिएससम्म रहेको छ ।

५.

सन् २०१० मा सुरुवात भएको चौथो पुस्ताको मोबाइल नेटवर्क आइपीमा आधारित नेटवर्क सिष्टम हो । यसमा LTE-TDD, LTE-FDD, WiMax  स्ट्यान्डर्डहरू रहेका छन् । यसको स्पिड १०० एमबिपिएसदेखि १ जिबिपिएससम्म रहेको छ ।

६.

सन् २०१५ मा दक्षिण कोरियाबाट इनिसिएसन भएको पाँचौं पुस्ता (5G)ओपन वायरलेस आर्किटेक्चर प्रविधिमा आधारित छ । यसको स्पिड १ देखि १० जिबिपिएससम्म रहेको छ ।

७.

छैटौं पुस्ताको मोबाइल नेटवर्क ग्लोबल कभरेजका लागि स्याटेलाइट नेटवर्कबाट हुन सक्ने जनाइएको छ । यस पुस्तामा अपत्यारिलो फास्ट र सस्तो इन्टरनेट हुनेछ । यसको डेटा रेट १० गिगाबाइट प्रतिसेकेण्डभन्दा बढी हुनेछ ।

८.

सातौं पुस्ताको मोबाइल नेटवर्कले केबल तथा अन्य प्रविधि पूण रूपमा विस्थापित गरी संसारभर सुपर हाई स्पिडको इन्टरनेट जहाँतहीँबाट एक्सेस गर्न सकिने अवस्था आउनेछ ।

Check Also

NMB-bank-donate-drone-to-ne

ट्राफिक व्यवस्थापन गर्न ड्रोनको प्रयोग गरिने

त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । …

300_0930

माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

क्यान महासंघको आयोजनामा २३औं संस्करणको बृहत् सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आगामी माघ १३ गतेदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *