Home / Featured / अमेरिकन ब्राण्ड भएकोले चाडै स्थापित हुने विश्वास छ

अमेरिकन ब्राण्ड भएकोले चाडै स्थापित हुने विश्वास छ

संगीता सिलवाल
मार्केटिङ म्यानेजर, प्रिज्म टेक्नोलोजिज


स्मार्टफोनको बजार आइटी उद्योगमा अहिले सबैभन्दा प्रतिस्प्रधी छ । नेपालमा पनि हरेक महिना कुनै न कुनै नया ब्राण्डहरु भित्रिरहेका छन । यसैक्रममा केहि महिना अगाडी अमेरिकी ब्राण्ड इनफोकसका स्मार्टफोनहरु बजारमा आएका छन् । स्मार्टफोनको बजार र इनफोकसका बारेमा प्रिज्म टेक्नोलोजिजका मार्केटिङ म्यानेजर संगीता सिलवालसग हामिले केहि कुराकानी गरेका छौ ।


मोवाइल बजारमा प्रिज्म पुरानो कम्पनी भएपनि नया ब्राण्ड नेपालमा ल्याउनु भएको छ, किन इनफोकस नै ?
हो प्रिज्मले यसअघि अरु पनि मोवाइल ब्राण्डको बिक्री बितरण गरिसकेको छ । यसकारण मोवाइल बजारमा राम्रो अनुभव संगालेको यस कम्पनीले अरु पनि ब्राण्ड भित्राउने प्रयास गरिरहेको हो । यसै क्रममा इनफोकस ब्राण्डका स्मार्टफोनहरु बजारमा ल्याइरहेका छौ । यो विश्वबजारमा पुरानो र स्थापित ब्राण्ड हो तर नेपालको लागि नया हो । अमेरिकन ब्राण्ड र फोक्सकन यसको निमार्ता भएको कारणले पनि यो ब्राण्ड नेपाली बजारमा सफल हुन्छ भन्ने उदेश्यले बजारमा आइरहेका छौ ।


बजारमा ५० बढि मोवाइल ब्राण्ड छन, बजारमा प्रतिस्प्रधा गर्न त गाह्रो होला नि हैन?
प्रतिस्प्रधा सजिलो त कहा हुन्छ र ? यहि प्रतिस्प्रधामा खरो उत्रिनको लागि पनि इनफोकस छानेका हौ । यो ब्राण्डसगै केहि समयमा अरु पनि ब्राण्डमा काम गर्नेछौ । तर नपाली बजारमा अझै पनि मोवाइलको बजार ठुलो छ ।

सुपथ मुल्यमा राम्रो मोवाइल खोज्नेहरुको लागि इनफोकस पनि एक हो । जुन अमेरिकन ब्राण्ड र चर्चित म्यनुफ्याक्चर कम्पनीको फोक्सनको प्रडक्ट हो । यसर्थ नेपाली बजारमा स्थापित हुन् गार्हो नहोला ।

अहिले बजारमा कुन कुन मोडलका स्मार्टफोन छन ? उपभोत्ताले कसरी किन्न सक्छन ?
अहिले इनफोकसका दुइवटा स्मार्टफोन मोडल र ३ वटा बारफोन बजारमा छन । एम ८०८ आइ र एम ३७० आइ दुइवटा मोडलहरु अहिले बजारमा उपलब्ध भएका छन भने अरु थप ४ वटा मोडलहरु बजारमा आउने क्रममा रहेका छन् । एम ८०८ आइ लगभग १९ हजारको हाराहारीमा रहनेछ भने ३७० आइ १४ हजारको मुल्यमा उपलब्ध छ । यी दुबै मोडलमा उपभोत्ताले तिरेको मुल्यबाट सन्तुष्ट हुनेछन भन्ने हामी पुर्ण विश्वस्त छौ । चाडै अझ उत्कृष्ट र आकर्षक स्मार्टफोनहरु बजारमा आउने तयारीमा छन् । राम्रो स्पेसिफिकेशन र सुपथ मुल्य र उत्कष्ट ब्राण्डको विशेषता छ स्मार्टफोनमा ।

sangeeta silwal_Living with ICT
अहिले इनफोकसका मोवाइल कुन वर्ष र क्षेत्रका उपभोत्ताहरुको लागि लक्षित गर्नुभएको छ ?
हाम्रा स्मार्टफोनहरु पहिलो चरणमा नेपालका प्रमुख शहरहरुमा लक्षित हुनेछन् । ग्रामिण क्षेत्रकका युवाहरुको लागि समेत यि मोवाइल लक्षित छन् । उपभोत्ताको रुची अनुसार नै हामिले स्मार्टफोनहरु बजारमा ल्याउने छौ ।

हामीले देशभरमा ८० प्रतिशतभन्दा बढि बढि डिलरहरु निर्धारण गरिसकेका छौ । नेपालका प्रमुख शहर स्थानहरुमा चाडै मोवाइल उपलब्ध गराउनेछौ । यो सगै काठमाण्डौ लगायतका प्रमुख स्थानहरुमा सर्भिस सेन्टरहरु पनि सुरु हुनेछन् । हामिले उपभोत्ताको सन्तुष्टी र सेवामा विशेष ध्यान दिनेछौ ।

प्रडक्टसगै उपभोत्ताहरु सर्भिसमा पनि ध्यान दिन्छन, सर्भिसको व्यवस्था कसरी गरिरहनुभएको छ ?
हामीले देशभरमा ८० प्रतिशतभन्दा बढि बढि डिलरहरु निर्धारण गरिसकेका छौ । नेपालका प्रमुख शहर स्थानहरुमा चाडै मोवाइल उपलब्ध गराउनेछौ । यो सगै काठमाण्डौ लगायतका प्रमुख स्थानहरुमा सर्भिस सेन्टरहरु पनि सुरु हुनेछन् । हामिले उपभोत्ताको सन्तुष्टी र सेवामा विशेष ध्यान दिनेछौ ।
एक वर्षमा इनफोकस ब्राण्ड नेपालमा कति नम्बरमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहनु भएको छ ?
हमिले फरक र उत्कष्ट मार्केटिङ स्ट्राटेजी अनुसार काम गरिरहेका छौ । प्रमोशन र ब्राण्डिङमा पनि फोकस हुनेछ । नेपालका सबै क्षेत्रमा यो स्मार्टफोन पुर्याउनको लागि काम गर्नेछौ । भारत लगायतका कतिपय देशमा अनलाइन मार्केटिङमा फोकस भएकाले विस्तारै यस तर्फपनि काम गर्नेछौ । आशा गरौ, एक वर्षमा औलामा गन्नसक्ने मोवाइल ब्राण्डमा हामि आउनेछौ ।

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *