Home / Featured / प्रविधिमा अबको ट्रेन्ड आर्टिफिसियल इन्टेलिजेन्सको हो

प्रविधिमा अबको ट्रेन्ड आर्टिफिसियल इन्टेलिजेन्सको हो

डा. समिर मास्के
संस्थापक एवं सिइओ, फ्युजमेसिन


सूचना प्रविधिको देश अमेरिकामा रही करियर चम्काउने केही नेपालीमध्य डा. समिर मास्के पनि एक हुन्, जो आर्टिफिसियल इन्टेलिजेन्समा निरन्तर ३ वर्षदेखि प्रोडक्ट बनाइरहेका छन् । एआई प्रोडक्ट बनाउने फ्युजमेसिनका संस्थापक एवं सिइओ हुन् उनी ।

कम्प्युटर साइन्सअन्तर्गत स्पिच प्रोसेसिगंमा कोलम्बिया युनिभर्सिटीबाट पिएचडी गरेका उनी सोही युनिभर्सिटीमा एडजक्न्ड एशोसिएट प्रोफेसर रुपमा कार्यरत छन् । डा. मास्केका मेसिन लर्निङ, स्पिच टु स्पिच ट्रान्स्लेसनसम्बन्धी २० भन्दा बढी पेपरहरु अन्तराष्टिय कन्फरेन्सहरु र जर्नलमा प्रकाशित भइसकेका छन् ।


sameer

एउटा सामान्य नेपाली युवा अमेरिकास्थित मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्ट बनाउनुका साथमा युनिभर्सिटीको प्रोफेसर बनेको छ । कसरी सम्झिनुहुन्छ काठमाडौंदेखि अमेरिकासम्मको यात्रा ?
मलाई पहिलेदेखि नै स्पिच टु स्पिच ट्रान्स्लेसनमा रुची थियो । सन् १९९८ मा आइएस्सी सकेपछि अमेरिकामा केही युनिभर्सिटीमा एप्लाई गरें र कोलम्बियाले मलाई फुल स्कलरसिप दियो । आइएस्सीमा बायोमेडिकल पढेकाले मेडिकल इन्ज्निियरिगं पढ्छु भन्ने सोच थियो तर, त्यहां कम्प्युटर साइन्स पढें । र, मैले रिसर्च ग्रँन्टमा एप्लाई गरे । मैले सेकेन्ड इयरको समरभित्र नेपालको पहिलो नेपाली टेक्स्ट टु स्पिच इन्थुसाइजर बनाएं जसले नेपालीमा टाइप गरेको मेसिनले बोल्न सक्थ्यो ।

पिएचडीको अवधिमा विभिन्न प्रोजेक्टमा काम गर्दा संसारको सबैभन्दा बेस्ट स्पिच टु स्पिच टान्स्लेसनको टिम आइबिएममा थियो । लक्किली मैले आइबिएमको त्यही ग्रुपमा जब पाएं ।

तत्कालीन रोनास्ट (नास्ट) मा पनि यो प्रेजेन्टेशन गरेको थिएं । त्यहा देखि नै ल्यागंवेज प्रोसेसिगं, मेसिन लर्निगंमा रुची बढ्यो । त्यसपछि यसैमा रिसर्च गरेर कोलम्बिया युनिभर्सिटीमा स्पिच समराइजेशनमा पिएचडी गरें । पिएचडीको अवधिमा विभिन्न प्रोजेक्टमा काम गर्दा संसारको सबैभन्दा बेस्ट स्पिच टु स्पिच टान्स्लेसनको टिम आइबिएममा थियो । लक्किली मैले आइबिएमको त्यही ग्रुपमा जब पाएं । त्यहां काम गर्दा नै कोलम्बिया युनिभर्सिटीमा पढाउन सुरु गरिसकेको थिएं । यसैक्रममा मैले ३ वर्षअघि फनमेसिन भनेर कम्पनी सुरु गरे ।

 

अमेरिकामा स्टार्टअप खोल्न, त्यो पनि एक जना नेपालीले, कत्तिको दुख र संघर्ष गर्नपर्यो ?
धेरै गारो छ । नेपालीलाई भन्नुभन्दा पनि सबै स्टार्टअपलाई बिजनेश सुरु गर्न धेरै पैसा चाहिन्छ । नेपालमा पो नेपाली रुपैंया, त्यहा त डलरमा कारोबार हुन्छ । हन्ड्रेड्स अफ थाउजेन्ड्स डलर इन्भेस्टमेन्ट चाहियो । त्यसरी इन्भेस्टमेन्ट चाहिदा मानिसहरुले पत्याउनु पर्यो भने स्टार्टअपलाई कोल्याट्रल बिना इन्भेस्टमेन्ट दिइन्न । आइडिया र टिमलाई हेरेर कसैले पैसा दिन धनीहरुसग नेटवर्क हुनुपथ्र्यो । अमेरिकामा म एउटा इम्मिग्रेन्ट भएकाले निकै गारो भयो । मुख्य गरी इम्मिग्रेटलाई भिसा सम्बन्धित बढी समस्या हुने भएकाले लगानीकर्ताले पुर्ण भरोसा राख्दैनन ।

img_0721 अमेरिकामा म एउटा इम्मिग्रेन्ट भएकाले निकै गार्हो भयो । मुख्य गरी इम्मिग्रेटलाई भिसा सम्बन्धित बढी समस्या हुने भएकाले लगानीकर्ताले पुर्ण भरोसा राख्दैनन ।

 

भनेपछि कसरी फन्ड रेइजिगं गर्नुभयो ?
मैले सुरुमा आफ्नै नेटवर्कबाट पैसा उठाउन खोजे । सुरुमा त्यति गारो भएन । एन्जेल नेटवर्कबाट फन्ड रेइजिगं गरेपछि चैं चानचुन एक वर्षमा मैले भेन्चर्स फन्डिगं उठाएं । यसपछि अहिलेसम्म मैले पटक पटक भेन्चर क्यापिटलकति उठाएं र हामी लगभग अहिले फुल फ्लेजमा रन भइरहेका छौं ।
कुन उद्धेश्यले फनमेसिन सुरु गर्नुभयो ?
अबको ट्ेन्ड भनेको आइटी र त्यसमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको हो । दैनिक फरक फरक कम्पोनेन्टहरु अटोमेट हुनेवाला छ भने मेरो एक्सपर्टिजअनुसार कुन चैं पार्टमा सबैभन्दा बेस्ट अटोमेट गर्न सक्छु भन्ने सोचेर त्यही अनुसारको भिजन बनाए । कस्टुमर सर्भिस र सेल्सको डिफरेन्ट फगंसनहरु कसरी अटोमेट गर्ने, र मसग भएको स्किल्स सेट युज गरेर कुन लेभलसम्म अटोमेट गर्न सकिन्छ भनेर फनमेसिनको कन्सेप्ट ल्याएको हु ।
नेपालका लागि आर्टिफिसियल इन्टेलिजेन्स अझै नया नै छ । यो के हो र कसरी काम हुन्छ ?
यसलाई फिजिकल अटोमेसनसग जोडेर हुर्नुपर्ने हुन्छ । एआइ भनेको सरल भाषामा सेल्फ डइभिगं कार हो । मान्छेले डइभ गर्नको सट्टा मेसिनले अझ राम्ररी डइभ गर्ने सिष्टम हो । कस्टुमर सर्भिसको कुरा गर्ने हो भने जसरी कल सेन्टरमा मानिसले फोन गर्दा फोन उठाउनेले जसरी तपाईको प्रश्न बुझेर जवाफ दिन सक्छ, त्यसरी नै मेसिनले मानिस जस्तै वा त्यो भन्दा पनि प्रभावकारी सेवा दिन सक्छ भने त्यो एआई सिष्टम हो । तर, त्यो क्यापासिटी सबै एआई सिष्टममा छैन । कार डाइभिगंमा छ तर ल्यागंवेजमा छैन । ल्यागंवेज रिलेटेड एआई सिष्टम पुरा रेडी हुन अझै धेरै वर्ष लाग्छ ।

डा. मास्केको नेपाल स्थित कम्पनि फयुजमेसिन(पारखी डट कम)
डा. मास्केको नेपाल स्थित कम्पनि फयुजमेसिन(पारखी डट कम)

अहिले कस्ता एआई प्रँेडक्टहरु ल्याइरहनु भएको छ कम्पनीमार्फत ?
हाम्रो २ ओटा कोर प्रोडक्ट छ । एउटा एआइ फर कस्टुमर सर्भिस र अर्को एआई फर सेल्स । पहिलो प्रोडक्ट हामीले कल सेन्टर वा धेरै कस्टुमर हुने कम्पनीहरुलाई बेच्छौं । कस्टुमरबेस्ड कम्पनीको फ्रन्ट डेस्क वा कल सेन्टरमा काम भनेको बोलिन्छ, एउटै प्रश्नका लागि बारम्बार मानिस बोल्नुपर्छ । रिपिटिटिभ टास्क हुन्छ । बोरिगं पनि हुन्छ । त्यो सामान्य कुरा किन मेसिनमार्फत नगराउने भनेर यो प्रोडक्ट सुरु गएिको हो । किनभने मेसिन थाक्दैन, रिसाउदै, छोडेर पनि जादैन र बेटर सर्भिस पनि दिन्छ । सबै सर्भिसलाई यनिफर्मिटी गर्ने र इम्प्रुभ गर्ने हो भने एआई सिष्टम अबको माग हो । अर्को भनेको एआई फर सेल्स हो ।
नेपालमा पनि फन मेसिनको अफिस खोल्नुभएको छ, यहा कस्ता काम हुन्छ ?
हो, हात्तिसारमा हाम्रो अफिस छ । यहा डाटा रिलेटेड काम हुन्छ । यहा सयभन्दा बढी कर्मचारी हुनुहुन्छ भने अमेरिकामा ५० जना हुनुहुन्छ । हामीले सर्भिस सपोर्ट चै हामी युएसबाटै दिन्छौं । र यसको एउटा युनिट नेपालमा पनि छ ।

img_0730अंग्रेजीमा गर्न सकिन्छ भने नेपालीमा गर्न त्यत्ति गार्हो हुदैन । मेसिन लर्निगं भनेको म्याथमेटिक्स मोडल मात्र हो । जुन भाषालाई म्याथको नम्बरमा कन्भर्ट गर्नुपर्छ ।

नेपालका लागि एआईको स्कोप कस्तो छ ?
स्कोप त छ । जति ग्लोबलाइज र इन्फर्मेशन फ्लो भयो, त्यति नै यसको माग बढ्छ । तर एआई सिष्टम सुरु हुन कति इन्फास्टक्चर रेडी हुनु आवश्यक छ । नेपालमा एनटिसी, एनसेल, वल्र्डलिंकको कल सेन्टर छ, तर बिजनेशलाई इम्प्याक्ट पुग्ने गरी एआई बेस्ड सिष्टम तयार भएको देखिदैन ।
नेपाली भाषामा सिष्टम अटोमेसन समस्या होला नि ?
अंग्रेजीमा गर्न सकिन्छ भने नेपालीमा गर्न त्यत्ति गारो हुदैन । मेसिन लर्निगं भनेको म्याथमेटिक्स मोडल मात्र हो । जुन भाषालाई म्याथको नम्बरमा कन्भर्ट गर्नुपर्छ । नेपाली शब्दलाई कसरी नम्बरमा कन्भर्ट गर्ने भन्ने कुरा मात्रै हो । हामीले नेपाली, चाइनिज, इटालियन सिष्टम पनि बनाएका छौं ।

img_0540स्टार्टअ गर्न सुरुमै पैसा चाहिन्छ । नेपालमा कोल्याटरल नराखिकन आइडिया र टिमको आधारमा इन्भेस्टमेन्ट आइसकेको छैन । एन्जेन्लस र भेन्चर्स इन्भेष्मेन्ट बढ्यो भने सम्भावना छ ।

नेपाली युथहरु अहिले एआईमा कत्तिको आकर्षण रहेको पाउनुभयो ?
पहिलेभन्दा धेरै छ । अहिले थुप्रै एप्लिकेन्टहरु एआई नै सिक्न भनेर आइरहनुभएको छ । कम्पनी ज्वइन भइसकेकालाई सिकाउछु । नेपालमा पनि केही कलेजमा एआइ पढाएको छ ।
नेपालको आइटी बजारमा हाल धेरै युवा इन्नोभेटिभ आइडियाका साथ आइरहेका छन्, तै पनि ग्लोबल प्रोडक्ट बनाउन चुके जस्तो देखिन्छ नि ?
यसबारे म त्यत्ति एक्स्पोज्ड त छैन । तर स्टार्टअपका लागि मुख्य कुरो ट्यालेन्ट हो । पढ्न त धेरै आइटी पढिरहेका छन् तर एकमदमै गहकिलो प्रोडक्ट बनाउने थोरै छन् । अर्को स्टार्टअ गर्न सुरुमै पैसा चाहिन्छ । नेपालमा कोल्याटरल नराखिकन आइडिया र टिमको आधारमा इन्भेस्टमेन्ट आइसकेको छैन । एन्जेन्लस र भेन्चर्स इन्भेष्मेन्ट बढ्यो भने सम्भावना छ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *