Home / Featured / एन्ड्रोइड फोनको ‘ब्याट्री लाइफ’ बढाउने तरिका

एन्ड्रोइड फोनको ‘ब्याट्री लाइफ’ बढाउने तरिका

android-battery-tips

एन्ड्रोइड स्मार्टफोन प्रयाेगकर्ताका लागि अाफ्नाे डिभाइसकाे ब्याट्री टिकाउन निकै मुस्किल पर्ने गर्छ । ब्याट्रीको लाइफ बढाउन विभिन्न उपाय नखोजिएका पनि होइनन् । र पनि यस्तो समाधान त्यति भएको पाइदैन । यहाँ हामीले यस्ता टिप्स फेला पारेका छौं, जसले तपार्इंको ब्याट्री लाइफ बढाउन सक्छन् । यो टिप्स फेला पार्न एन्ड्रोइड फोनका लागि मात्र लागू हुने ११ किसिमका टिप्स यसप्रकार छन् :

१.

जुसलाई कसले खाइरहेको छ त्यो जान्न आवश्यक हुन्छ । त्यसैले सर्वप्रथम तपार्इं मोबाइलको सेटिङमा गएर ब्याट्रीमा जानुहोस् र के कारणले ब्याट्री बढी सकिरहेको छ, त्यो हेर्नुहोस् । तपाईंले ब्याट्री हग्सको सूची अवतरण भइरहेको अवस्थामा एप्लिकेशन र फिचरहरू डिस्प्ले भएको देख्न सक्नुहुनेछ । यदि तपार्इंले बल्लतल्ल प्रयोग भइरहेका एप्लिकेशन र कहिल्यै प्रयोग नभएका फिचरहरू देख्नुभयो भने त्यसलाई अन–इन्स्टल गर्नुहोस् अथवा फिचरलाई टर्न–अफ गर्नुहोस् ।

२.

इमेल, ट्वीटर र फेसबुकको पोलिङका लागि फेसबुकबाट काम गर्नुहोस् । पोलिङ अथवा रिफ्रेस फ्रिक्वेन्सीका लागी परीक्षणका रूपमा मात्र भए पनि तपार्इंको विभिन्न म्यासेजिङ एप्सलाई ‘Manual’ मा सेट गर्नुहोस् । र, केही मात्रामा तपार्इंको ब्याट्री लाइफ बढ्नेछ । यति गरेपछि तपार्इंले केही भिन्नता अवश्य पाउनुहुनेछ । पोलिङ फ्रिक्वेन्सीलाई घटाएपछि अवश्य ब्याट्रीको मात्रा बढ्नेछ ।

३.

अनावश्यक हार्डवेयरका रेडियोहरूलाई टर्न–अफ गर्नुहोस् । अहिलेका फोनहरूमा LTE, NFC, GPS, Wi-Fi /Bluetooth हुनु हाम्रा लागि ठूलो कुरा हो । तर, के यी चिजहरू हामीलाई चौबीसै घण्टा आवश्यक पर्छन् त ? एन्ड्रोइडले लोकेशन–बेस्ड एप्सहरू ब्याकग्राउन्डमा राखेको छ र निरन्तर ड्रेनका कारण तपाईंको ब्याट्री बढी नोटिसेबल र छिटो हुन्छ । यदि तपाईंको फोनमा पावर कन्ट्रोल विजेट छ भने तपार्इंले तुरुन्तै GPS (Largest Power Drain) , NFC, Wi-Fi, Bluetooth र LTE लाई turn onn/off गर्न सक्नुहुनेछ । एन्ड्रोइडको स्टोकमा नोटिफिकेशन बारलाई माथि ल्याउन स्वाइप डाउन गर्नुहोस् र त्यसपछि टप राइट कर्नरमा आइकनलाई ट्याप गर्नुहोस् ।

४.

यदि तपाईसँग एक्स्ट्रा पावर सेभिङ मोड छ भने त्यसलाई प्रयोग गर्नुहोस् । पछिल्ला माेडलका स्मार्टफाेनमा याे सुविधा छ । यस्ता फाेनमा अल्ट्रा पावर सेभिङ र अत्यधिक पावर सेभिङ मोडहरू रहेका छन् । जसले टेक्स्टिङ, फोन कल, वेब ब्राउजिङ र फेसबुकमा फोनलाई लिमिट गर्छ । यसले केही मात्रामा ब्याट्रीको लाइफलाई बढावा दिन मद्दत गर्छ ।

५.

ब्याकग्राउन्डमा रन भइरहेका एप्सहरूलाई ट्रिम गर्नुहोस् । Setting>Apps बाट बायाँमा स्वाइप गर्नुहोस् अनि तपाईंले एप्सहरूको सूची देख्नुहुन्छ, जुन वर्तमान समयमा चलिरहेका हुन्छन् । तिनीहरू केका लागि हुन् भनेर जान्न प्रत्येकलाई ट्याप गर्नुहोस् । त्यहाँ रहेका कुनै एप्स तपार्इंलाई अनावश्यक भए बन्द गरिदिनुहोस् ।

६.

अनावश्यक होम स्क्रिन विजेट र लाइभ वालपेपरहरूलाई डम्प गरिदिनुहोस् । किनभने तिनीहरू निष्क्रिय रूपमा मात्र तपाईंको होमस्क्रिनमा बसेका हुन्छन् । यसको अर्थ यो होइन कि तिनीहरूले पावर खाएका छैनन् । तिनीहरूले धेरै ब्याट्री लाइफ घटाइरहेका हुन्छन् । त्यसैले तिनीहरूलाई डम्प गर्दा फाइदा हुन्छ ।

७.

तपाईंको मोबाइलको ब्राइटनेसलाई टन–डाउन गर्नुहोस र अटोमेटिक ब्राइटनेसलाई टर्न–अफ गर्नुहोस् । यो टिप्सदेखि तपार्इं अहिले छक्क पर्नुभयो होला । तर, हामी ढुक्क छौं कि तपाईंले त्यसो गरेपछि ब्याट्री लाइफ झन् बढ्छ र तपार्इं चकित पर्नुहुनेछ ।

८.

तपाईंका एप्सहरूलाई अपडेट गर्नुहोस् । एप्लिकेशनहरूलाई पनि अपडेट गर्नुहोस्, ता कि तपाईंलाई थोरै ब्याट्री पावर प्रयोग गर्न परोस् । यसका लागि तपार्इंले आफ्नो एप्स अप–टु–डेट छ कि छैन भन्ने कुरामा ढुक्क हुनुपर्छ । यदि तपार्इंले फोनलाई अटोमेटिक अपडेटका लागि कन्फिगर गर्नुभयो भने पनि केही एप्सहरू अझै म्यानुअल्ली इन्स्टल अपडेट हुन बाँकी रहन सक्छन् । त्यसैले माई एप्समा गएर Menu Key मा हिट गरेर गुगल प्लेमा एप अपडेट चेक गर्नुपर्छ ।

९.

सिग्नल बलमा एक नजर लाउनुहोस् । यदि तपाईं कमजोर सेलुलर कभरेज भएको एरियामा हुनुहुन्छ भने तपार्इंको फोनले बढी र पावरफुल सिग्नल नदिन सक्छ । यसले ब्याट्री लाइफमा प्रतिकुल प्रभाव पार्छ । त्यतिबेला तपाईंले त्यस्तो केही गर्न सक्नुहुन्न । तर, यदि तपाईसँग थोरै ब्याट्री छ र धेरै डाटा र भ्वाइस कल आवश्यक छैन भने मोबाइललाई एयरप्लेन मोडमा राख्न सक्नुहुनेछ ।

१०.

विभिन्न रिभ्युहरूलाई चेक गर्नुहोस् । एन्ड्रोइड फोनको रिभ्यु गरिँदा विभिन्न ब्याट्री लाइफका परीक्षणहरू गरिएका छन्, जसलाई तपार्इंले सामाजिक सञ्जालहरूमार्फत खोजेर पढ्न सक्नुहुनेछ । रिभ्युका प्रायः नतिजाहरूले लामो समय फोनमा बोल्नुका कारणले नै ब्याट्रीको लाइफ घटाएको पनि देखाउ“छन् । त्यसैले आफ्नो ब्याट्री लाइफको स्तरलाई बुझेर मात्र बोल्नु राम्रो होला कि !

११.

ब्याट्री केश अर्थात् ठूलो विस्तारित ब्याट्री खरिद गर्नुहोस् । ब्याट्री केशले हार्डवेयर इन्क्लोजरलाई कम्बाइन गर्छ, जसकारण फोन सुरक्षित हुन्छ र ब्याट्री लाइफ पनि बढाउन मद्दत गर्छ ।

यी माथिका केही तरिकाहरू तपार्इकाे लागि सहयाेगी मात्रै हुन् । अहिले भिन्न प्रविधिबाट उत्पादन भएका स्मार्टफाेनका फिचरअनुसार ब्याट्री लाइफ जाेगाउन वा बढाउन सकिन्छ ।

Check Also

NMB-bank-donate-drone-to-ne

ट्राफिक व्यवस्थापन गर्न ड्रोनको प्रयोग गरिने

त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । …

300_0930

माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

क्यान महासंघको आयोजनामा २३औं संस्करणको बृहत् सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आगामी माघ १३ गतेदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *